जिया खानको आत्महत्यामा सलमान खानको हात !

नायीका जिया खानको आत्महत्याले बलिउड तातेका बेला उनको आत्महत्यामा आधारित रहेको फरक-फरक तथ्यहरू सार्वजनिक भइरहेका छन् ।नायीका जिया खानकी आमा राबिया खानले जियाको ६ पृष्ठ लामो सुसाइड नोट प्रहरीसामू प्रस्तुत गरेपछी आत्महत्याका सम्बन्धमा थप नयाँ कुराहरु सार्वजनिक भइरहेका छन् । जियाको आत्महत्या प्रकरणमा उनका प्रेमी भनिएका सुरज पञ्चोलीलाई समेत प्रहरीले पक्राउ गरी अदातलमा उपस्थित गराएको छ ।यसैबिच जिया खानको हत्यामा सलमान खानको नाम समेत जोडिएको छ । सलमान खानले सुरज पञ्चोलीका बाबु आदित्य पञ्चोलीसँग मिलेर जिया खानसँगको सम्बन्ध छोड्नका लागि सुरजलाई दवाव दिएको जियाकी आमाले खुलासा गरेकि छिन् ।

राबीया खानले सलमान खानले जिया खानसँगको प्रेम सम्बन्धबाट टाढा रहन सुरजलाई आग्रह गरेका थिए ।राबीयाले पहिले समाचारमा आएजस्तो जिया र सुरजको प्रेम सम्बन्धमा दुवै परिवार खुसी रहेको कुरा सत्य भएको समेत खुलाएकी छिन् । आदित्य पञ्चोली यस सम्बन्धबाट खुसी थिएनन् र उनले यसबारे सलमान खानलाई भनेका थिए । आदित्यको कुरा सुनेपछी सलमानले जियाबाट सुरजलाई छुट्टिन भनेपछि आफूले जियालाई प्रेम गर्ने बताएपछी सलमान पछि हटेको राबीयाले बताएकी छिन् ।

0 comments

Write Down Your Responses