मलेसियाको जंगलमा एलियन !

alien-like-creature-bear21अर्कै ग्रहबाट आएको प्राणी अर्थात् एलियन पृथ्वीमा देखा परेको हल्ला तथा कथाहरु बेलाबेलामा सुनिने गर्छन् । तर यस्ता धेरै हल्लाहरु भने हल्ला नै हुन्छन् र सत्य हुँदैनन् । हालै मलेसियामा समेत काल्पनिक एलियनको रुप भएको प्राणी देखापरेपछि त्यसले ठूलै हंगामा मच्चायो । उक्त जनावरको भिडियो इन्टरनेटमा भाइरल नै बन्यो ।
मलेसियाको साराबाक वन कर्पोरेसनका अधिकारीले उक्त जनावरलाई जंगल क्षेत्रमै भेट्टाएका हुन् ।
गएको जनवरीमा पहिलो पटक बोर्नियोको सिबु जंगलमा वृक्षारोपणका क्रममा कर्मचारीहरुले यो अनौठो जनावर देखेका रहेछन् । राम्रोसँग हिँड्न समेत नसकेको उक्त जनावर जमिन तथा पानीको क्षेत्रमा घस्रिँदै खानेकुरा खोजिरहेको थियो । धेरैले त्यसबेला उक्त जनावरको बारेमा कुनै मतलब गरेनन् तर असामान्य रुपको जनावर देखेपछि कर्मचारीमध्ये कसैले उक्त जनावरको भिडियो खिचेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएपछि त्यसले ठूलै चर्चा कमायो र अहिलेसम्म ६० लाख भन्दा बढिले उक्त भिडियो हेरिसकेका छन् ।
मलेसियाको जंगलमा एलियन भेटिएको भन्ने हल्लाका साथ भिडियो निकै चर्चित भएपछि उक्त घटनाले वन अधिकारीहरुको ध्यान तान्यो । अन्ततः जंगलमा उक्त जनावरको खोजी सुरु गरियो । कर्मचारीहरुले त्यसलाई फेला पारेर समाउन पनि सफल भए ।
उक्त जनावरलाई समातेर वन कार्यालयमा ल्याई अनुसन्धान गर्दा पो बल्ल थाहा भयो, त्यो कुनै एलियन रहेनछ । त्यो त एक लोपोन्मुख भालुको प्रजाति रहेछ । रोगका कारण रौँ झरेपछि त्यसकेा जिउ त्यस्तो कुरुप भएको रहेछ ।
वन अधिकारीहरुले उक्त जनावरको उपचार गरेका छन् । एलियन भनिएको उक्त भालु हाल स्वस्थ भैसकेको बताइएको छ । भालुले खाना तथा पानी खान सुरु गरिसकेको र ऊ सुरक्षित अवस्थामा रहेको भन्दै वन अधिकारीले त्यस भालुको जिउमा रौँ भने नपलाएको बताए । सबै रौँ झर्नु र नयाँ रौँ पलाउनुको कारणबारे अनुसन्धान भैरहेको छ ।f

0 comments

Write Down Your Responses