नायिका सुष्मा कार्कीको रियल बेडरुम चर्तिकला (भिडियोसहित)

काठमाडौं,वैशाख १ – संसारका धनी र फुर्सदिला मान्छेहरु आफ्नो शयन कक्ष र सोफाका नितान्त निजी कुराहरु सार्वजनिक गरेर  चर्चा र सन्तुष्टि दुवै लिन्छन् ।  तर, यो प्रवृत्ति अरुको सिको गर्न खप्पिस गरिव र अविकसित देशहरुमा पनि बढ्दो छ ।
sushma karki
यस्तो सिको गर्ने क्रम पछिल्लो समय नेपालमा पनि  बढ्दै गएको छ । सामान्य मान्छे मात्रै होइन,चिनिएका र सामाजिक छवि बनाएकाहरु पनि यसरी चर्चा कमाउने काइदा पछ्याइरहेका छन्  ।  अनेक स्क्यान्डल रचेर चर्चा र विवादमा आउने नेपाली नायक र नायिकाहरुमा त यस्तो सिको गर्ने लत नै परेको देखिन्छ ।
पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमा बढी देखिन थालेकी नायिका सुष्मा कार्की यस्तै आफ्नो नितान्त व्यक्तिगत मामलाका कारण चर्चामा आएकी छन् । प्रेम सम्बन्ध टुटेपछि चर्चामा आएकी सुष्माको चर्चा अहिले उनको व्यक्तिगत एक भिडियो ले ह्वात्तै चुलिएको छ ।
फेसबुकमा सेक्सी फोटो पोष्ट गर्ने र लोकदोहोरीमा समेत सेक्सी भूमिकामा देखिने कार्कीले आफ्नो निजी कोठा भित्र एक गीतमा उत्तेजक रुपमा गरेको चर्तिकलाको सानो भिडियो फुटेजको अहिले सामाजिक सञ्जालमा निकै नै चर्चा छ ।‘किन बढ्दैछ ढुकढुकी मुटु’ बोलको गीतमा कार्कीले बेडमा बसेर निकै नै उत्तेजक हाउभाउसहित भिडियो खिचाएकी छन् । उनले उक्त भिडियो फुटेजमार्फत आफू एक्लो भएको सन्देश निस्फिक्री प्रवाह गरेकी छन् । आफ्नो बेडरुममा बसेर उनले गीतमा गरेको हाउभाउ सार्वजनिक गर्ने उद्देश्यले नै गरेको देखिन्छ । आफ्नो कोठामा क्यामेरा फिट गरेर उनले त्यस्तो भिडियो बनाइन् या कसैले खिचेर सार्वजनिक गरिदियो,त्यो भने खुल्न सकेको छैन । यसबारे जानकारी लिन सुष्मासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
यसअघि पनि कार्कीले एक हिन्दी गीतमा यस्तै उत्तेजक हाउभाउमा गरेको नृत्यको भिडियो सार्वजनिकगरेकी थिइन् ।

0 comments

Write Down Your Responses