अष्ट्रेलियाले पाँचौ पटक विश्वकप क्रिकेट जित्यो (फोटो फिचर)

काठमाडौं, चैत १५ - (अपडेट) विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि अष्ट्रेलियाले जितेको छ । पाँचौ पटक विश्वकप जित्ने क्रममा अष्ट्रेलियाले आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराएकू छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, ​१९९९, २००३ र २००७ मा विश्वकप जितेको थियो । जितका लागि पाएको १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएकू हो ।
Australia v India: Semi Final - 2015 ICC Cricket World Cupअष्ट्रेलियाका लागि अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेका कप्तान माइकल क्लार्क ७४ रनमा आउट भए भने डेबिड वार्नरले ४५ रन बनाउन सफल भए । ओपन आरोन फिञ्च खाता नै नखोली आउट भएका थिए । यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली न्युजिल्याण्ड ४५ ओभरमा मात्र १ सय ८३ रनमा अल आउट भयो । अष्ट्रेलियन तिब्र गतिका बलर सामु निरिह देखिएका न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले केहि राम्रो प्रर्दशन गरेपनि सुरुवाती र पुछारका ब्याट्सम्यान चल्न सकेनन ।

0 comments

Write Down Your Responses