पुलिसले खाता खोल्यो, थ्रीस्टार पराजित

काठमाडौं, चैत्र २७ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई २–१ ले हराएको हो । पुलिसलाई जिताउन पहिलो मिनेटमै भरत शाहले तथा २४औं मिनेटमा विनोद कार्कीले गोल गरेका थिए ।

थ्रीस्टारका लागि ८१औं मिनेटमा निराजन खड्काले सान्त्वनागोल दिलाए । यो खेलसँगै अंकको खाता खोलेको पुलिस ४ खेलबाट ३ अंक बटुल्दै सातौं स्थानमा उक्लिएको छ ।

४ खेलबाट ९ अंकका साथ झापा–११ शीर्ष स्थानमा रहँदा ७ अंकको सशस्त्र प्रहरी पुनः दोस्रो स्थानमा उक्लिएको छ । पहिलो हार बेहोर्दै गोल अन्तरमा सशस्त्रभन्दा पछि परेको थ्रीस्टार भने तेस्रो स्थानमा झरेको छ । -

0 comments

Write Down Your Responses