बसबाट खसेर दुई गम्भीर घाइते

गोरखा, चैत्र २७ - हर्मी आँपपिपल हुदैँ काठमाडौँ जादैं गरेको ना २ ख ५०३७ नम्बरको बसबाट खसेर  दुई युवक गम्भीर घाइते भएका छन् ।
बसको छतमा चढ्ने भर्‍याङबाट खस्दा मिरकोट-३ का १२ वर्षीय सुरज भारती र १६ वर्षीय मनोज भारती घायते भएका हुन् । खोप्लाङ-८ पाउरोटी भण्डार नजिकै गुढि रहेको बसबाट उनीहरु खसेको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी दुवैको ढाड र टाउकोमा चोट लागेको गोरखा जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनीहरुलाई काठमाडौं स्थित वि एण्ड वि अस्पतालमा रिफर गरिएको छ । चालक सहचाaलकलाई थाहा नै नदिई युवकहरु बसमा झुण्डिएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । 
दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक अर्जुन चन्दले जानकारी दिए । पालुङटार स्थित ठाँटीपोखरी मामाघरबाट र्फकदै गर्दा युवकहरु दुर्घटनामा परेका हुन् । जिल्लाका कच्ची सडकहरुमा सिमित सवारी साधन चल्ने र क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको छ ।  

प्रकाशित मिति: २०७१ चैत्र २७ ११:४२ 

0 comments

Write Down Your Responses