दुर्घटनामा परेका युवकका १७ प्रेमिका अस्पताल पुगेपछि

एजेन्सी । कोही आफन्त विरामी परेर अस्पताल भर्ना भएको समयमा खबर सोध्ने र ढाडस दिने मान्छे आयो भने आफूलाई पनि कोही आफ्नो पनि रहेछ भन्ने अनुभूति हुन्छ ।

तर चीनका एक युवकलाई पछि अस्पताल भर्ना हुनु दुःखद भएको छ । कार दुर्घटनामा परेर अस्पताल पुगेका एक युवकलाई भने आफूलाई भेट्न सबै प्रेमिकाहरु आउलान भन्ने लागेको थिएन, तर भयो त्यस्तै ।

उनी अस्पताल भर्ना भएपछि एक पछि अर्को गर्दै प्रेमिकाहरु अस्पताल पुगे । उनका १७ जना प्रेमिकाहरु थिए जसबारे एकअर्कालाई थाहा थिएन ।
दुर्घटनामा परेका युवकले केहीलाई अस्पतालको बेडबाटै फोन गरेका थिए । डाक्टरहरुले परिवारका सदस्यहरुलाई फोन गरेको ठानेका थिए, तर उनलाई भेट्न अस्पतालमै १७ जना पुगे ।
सोध्दै जाँदा उनीहरु सबैजना उनका प्रेमिकाहरु थिए । सबै गर्लफ्रेण्डहरु एकपछि अर्को गरी अस्पताल पुगेपछि उनको बोली नै बन्द भएको थियो ।
जियाओ ली नामकी एक युवतीले भेट्न आएका सबै युवतीहरुलाई सोध्दा सबै प्रेमिका भएको खुलेको बताइन् । केही युवतीहरुले उनलाई पैसा समेत दिएर सहयोग गरिरहेका थिए । उनले आफ्नी पहिली श्रीमतीसँग ४ लाख डलरभन्दा बढी रकम धोकाधडी गरेको आरोप छ ।

0 comments

Write Down Your Responses