बुहारीलाई जिउँदै जलाउने सासू र जेठानीलाई जन्मकैद

Girl-in-fire
काठमाडौं, सेतोपरेवा संवाददाता
राजविराज, ११ वैशाख ।
अन्तर्राष्ट्रिय महिला दिवसका दिन गर्भवती बुहारीलाई जिउँदै आगो लगाई हत्या गर्ने सासू र जेठानीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ ।
हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत सप्तरीले राजविराज नपा–७ की ४४ वर्षीया मनी विवी भनिने बानो खातुन र २० वर्षीया नुरजहाँ खातुनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले उनीहरुलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतले जनाएको छ ।
उनीहरुले १०४औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन ०७० फागुन २४ गते दिउँसो २ बजे कोठामा सुतिरहेकी गर्भवती नजरानालाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरेका थिए ।
घटनापछि भागिरहँदा पक्राउ परेका आरोपितहरु अदालतको आदेशले ०७० चैत २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
मृतकका पति र जेठाजू वैदेशिक रोजगारीमा साउदी अरबमा छन् । मृतककी दुई वर्षीया छोरी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।*
- See more at: http://setoparewa.com/2015/04/24/26541#sthash.d9XZvBup.dpuf

0 comments

Write Down Your Responses