२०७१ का चर्चित काण्डहरु ! यस्तो छ एक पटक पढ्नुहोस ...

काठमाण्डौ । निर्धारीत मितिमा संविधान जारी गर्न नसक्नु, दलहरुबीच असमझदारी बढ्दै जानु र बढ्दो भ्रष्टाचार र महंगीका कारण यो बर्ष खासै उपलब्धीमुलक हुन सकेन । बाढी, पहिरो, आगजनी, दुर्घटना लगायतका प्राकृतिक र दैवी प्रकोपहरु पनि थुप्रै भए । बर्ष २०७१ मा घटेका केही चर्चित घटना र प्रसङ्गहरु:


प्राकृतीक प्रकोप
२०७१ सालमा देशभर बिभिन्न प्राकृति प्रकोपहरु भए । नव वर्षको शुरुवातसँगै हिमपहिरोमा परि सगरमाथा आरोहणमा खटिएका १२ जनाको मृत्यु भएको थियो । आधार शिविरबाट पहिलो क्याम्पमा जादाजादै अचानक हिम पहिरोमा परि दुखद निधन भएको थियो । यसै गरि असोज ७ गोरखास्थित मनास्लु हिमालको बेस क्याम्पमा गएको हिमपहिरोमा परी ९ जना पर्यटकको निधन भएको थियो भने १२ जना घाइते भएका थिए । असोज २८ गते मनाङ्ग र मुस्ताङ्ग जिल्लाका हिमाली क्षेत्रमा बंगालको खाडीमा देखा परेको हुदहुद आँधीको प्रभावले आधीवेहरी आई हिमआधीमा ४३ जना पर्यटकको मृत्यु भएको थियो । चार दिनसम्म चलेको हिमआँधीका कारण ५० जना बेपत्ता भएका थिए भने १ सय ७५ जना गम्भीर घाइते भएका थिए ।
कहालीलाग्दा सडक दुर्घटनाहरु
२०७१ सालमा देशभर बिभीन्न दुर्घटनाहरु भए । जसमध्ये मुख्यमा बैषाख १६ गते भएको थियो । त्यसै दिन नरपानीमै बस र ट्रक एक आपसमा ठोक्किदा १० जनाको घटना स्थलमै मृत्यु भएको थियो । बैषाख २० मै काभे्मा भएको बस दुर्घटनामा ६ यात्रुको निधन भएको थियो । मंसिर ७ गते जाजरकोटको भुर, ७ रावत गाउँस्थित भेरी नदीमा बस खस्दा ४७ जना यात्रुले ज्यान गुमाएका थिए । चैत्र, १ जुम्लाको कालीकोटमा बस दुर्घटना हुँदा १७ जना यात्रुको निधन भएको थियो । चैत्र, १० मा कैलाली, सहजपुरको खानीडाडामा महाकाली यातायातको ना ५ ख ५४२० नम्वरको बस दुर्घटना हुदा १२ जनाले ज्यान गुमाएका थिए । यसैगरी चैत्र ११ मै कैलालीको टिकापुरमा बस दुर्घटना हुदा १८ जना यात्रुको निधन भएको थियो । उक्त दुर्घटनामा ४८ जना घाइते भएका थिए । हेटौडा र चितवनमा भएको बस दुर्घटनामा पनि ठूलो जनधनको क्षति भएको थियो ।
सुनकोसीको बाढी पहिरो
२०७१ साउन १७ गते मध्यराती आएको पहिरो नेपालको सन्दर्भमा आजसम्मकै भीषण पहिरोको रुपमा मानिएको छ । उक्त पहिरोमा परेर झन्डै १५६ भन्दा बढिले ज्यान गुमाएका थिए । अकस्मात ताल फुटेका कारण सिन्धुपाल्चोकका राम्चे,मांखा,टेकनपुर र तौथली गावीस नराम्ररी प्रभावीत भएको थियो । उक्त पहिरोका कारण सुनकोसी थुनिएपछि करिब ५ सय मिटर चौडाइ र ९० मिटर गहिरो कृतिम ताल बनेको थियो । जुन कृतिम तालबाट ३५ दिनपछि मात्रै फुटेको थियो । उक्त समयमा भोटेकोसी लगायतका सातवटा विद्युत आयोजनाबाट उत्पादित ६७ मेगावाट विद्युत् आपूर्ति बन्द भयो ।
चरी मृत्यु प्रकरण
२०७१ सालका चर्चित घटना मध्ये साउन २१ गते चचिर्त दिनेश अधिकारी “चरी” भन्ने डन प्रहरीसँगको मुठभेडमा मारिएका थिए । प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको र सोही भिडन्तको जवाफी फायरिङ्गमा मारिएको प्रहरीले जनाएको थियो । चरीको मुठभेडमा नभई सुनियोजीत हत्या भएको भन्दै छानवीनको लागि संसदमा समेत आवाज उठाइएको थियो । चरीको मृत्युको खवर संगसंगै उनकी पे्रमीका खुश्वु ओली समेत चर्चामा आएकी थिइन ।
एसिड प्रकरण
२०७१ फागुन १० गते काठमाडौको बसन्तपुरमा एसएलसी परीक्षाको तयारिको शिलशिलामा ट्युशन पढ्न गएको समयमा किशोरीहरु संगिता मगर र सिता बस्नेतमाथि एसिड प्रहार भयो । जुन घटनाको महिनौ सम्म मिडियामा चर्चा हुदा पनि प्रहरीले अपराधी भने पत्ता लगाउन सकेको थिएन । एक महिना पश्चात मात्र प्रहरीले अपराधीलाई पक्रन सफल भएको थियो । जीवन बिकले एसीड प्रहार गरि भागेको यथार्थ सार्वजनिक भएपछि जताततै चर्चाको बिषय बनेको थियो ।
टर्कीको बिमान आकस्मिक अवतरण
२०७१ फागुन २० गते टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । बिमानका पाइलटको संयमता र साहशले गर्दा सबै यात्रु सुरक्षित भएका थिए । उक्त घटना घटेको ४ दिन सम्म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उडान अवरुद्व भएको थिए । नेपालको इतिहासमा यति लामो समय विमानस्थल बन्द भएको पहिलो रेकर्ड थियो । टर्कीबाट प्राविधीक र भारतबाट विमान हटाउने सामाग्री ल्याई धावनमार्गबाट बिमान हटाउन सफल भएको थियो ।
मोदी भ्रमण
२०७१ साउन १८ र १९ गते २ दिन नेपालमा १७ बर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्रमोदीको राजकीय भ्रमण भएको थियो । भ्रमणका क्रममा दुई देश बिच बिभिन्न सम्झौता भएको थियो । मोदीले नेपाललाई आर्थिक सहयोग पनि प्रदान गरेका थिए । त्यतिबेला नेपालको संसदमा मोदीले गरेको संवोधन बर्षभरी नै चर्चाको बिषय बन्न पुगेको थियो ।
अठारौं सार्क शिखर सम्मेलन
२०७१ मंसिर १० र ११ गते नेपालमा दक्षिण एशियाली सहयोग संगठन सार्कको अठारौ शिखर सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनका सजावत र भारतीय प्रधानमन्त्री मोदी निकै चर्चामा छाएका थिए । एक अर्कालाई आँखाले समेत नहेरेका मोदी र पाकिस्तानका प्रधानमन्त्रीबीच हात मिलाएको प्रसंगले भारतीय संचारमाध्यममा समेत ठूलो तहल्का मच्चिएको थियो ।
संबिधान सभामा हंगामा
२०७१ माघ ८ गते संविधान घोषणा गर्ने प्रतिबद्वता गरेका दलहरुबीच सहमति नभएपछि अन्तत माघ ८ मा नेपालले नया संविधान प्राप्त गर्न सकेन । बहुमतीय प्रक्रियाबाट संविधान बनाउन नपाउने माग राखी मध्यराती नेकपा एमाओवादी लगायत ३० दलले माघ ५ गते संविधान सभा भवनभित्र नारा जुलुस र तोडफोड गरेका थिए । जुन घटनाको सर्वत्र निन्दा भएपछि एक हप्ता पछि प्रचन्डले पत्रकार सम्मेलन नै गरेर गल्ती भएको स्विकारेका थिए । उक्त घटना पश्चात माघ ८ मा संविधान घोषणा नहुने अवस्था सृजना भएको थियो । त्यसपछि लगातार संविधान सभाको कार्यक्रम बहिष्कार गर्दै आन्दोलन र हड्तालमा उत्रेका थिए ।
बलात्कारका घटनाहरु
यो बर्षभरी नै बलात्कारका घटनाले नेपाली संचारमाध्यम रंगी रहे । जसमध्ये निर्मम बलात्कारको घटना बाराको थियो । फागुन ८ गते बारामा बलात्कारबाट ७ वर्षीया बालिकाको निधन भयो । कलैया नगरपालिका ८ बस्ने ७ वर्षीया उक्त बालिकाको उपचारको क्रममा कान्ति अस्पतालमा निधन भएको थियो । बाराको कलैया नगरपालिका ६ स्थित श्री ३ चन्द्र उच्च माध्यमीक विद्यालयको दक्षिणतर्फ एक सय मिटर टाढा ती बालिका अचेत अवस्थामा फागुन ९ गते शनिवार विहान फेला परेकी थिइन् । उनलाई १४ दिन कान्ती बाल अस्पतालको पिआइसियु कक्षमा उपचारमा राख्दा राख्दै निधन भएको थियो ।
डा.गोबीन्द केसीको अनसन
चैत्र ८ देखि आफ्ना बिभिन्न मागहरु राखी १० दिन अनशनमा बसेका गोवीन्द केसीको आन्दोलनले निकै चर्चा पायो । मेडिकल कलेजहरुको सम्वन्धन दिन नपाइने लगायत बिभिन्न मागहरु राखेर अनसनरत उनका मागको सम्वोधन भएपछि अनसन तोडेका थिए । गोबीन्द केसी र सरकार पक्षबीच ११ बुदे सम्झौता भएको थियो ।
भीषण आगलागी
२०७१ सालमा दशका बिभिन्न भागमा भिषण आगलागीका घटनाहरु भए । यसै क्रममा २६ चैत, सप्तरीको रामपुर मलहनियाँ ५ मा भिषण आगलागी भएको थियो । अगलागीमा परी बडा नम्बर पाँचका अधिंकाश घर जलेर नष्ट भएका थिए । स्थानीय दशरथ यादवको घरबाट सुरु भएको आगलागीबाट ६५ परिवारको एक सय ६५ घर टहरा जलेर नष्ट भएका थिए । ताप्लेजुङ्मा भएको आगलागीले ठूलो धनमालको क्षति भएको थियो ।
बिषाक्त रोटी
फागुन २५ गते बिषाक्त गहुँको रोटी खाँदा धादिङ पिडा गाविस वडा नम्बर ८ मा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । स्थानीय सन्जबहादुर तामाङका घरमा सोमबार बिहान खाजामा गहुँको रोटी खाँदा २० जना सिकिस्त बिरामी भएका थिए जसमध्ये ६ जनाको ज्यान गएको थियो ।
यी लगायत प्रहरी प्रशासन भित्र भएको भ्र्रष्टाचारको विरोध गर्दा एसपी रमेश खरेल सरुवाको घटना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही कदमहरु, बागमती सरसफाई अभियान र सामान्य प्रशासनमन्त्री लालबावु पण्डीतका केही क्रृयाकलापहरुका साथै गृहमन्त्री बामदेव गौतमको अभिव्यक्ति पनि चर्चित बन्यो । त्यसै गरि पारश शाह बेलाबेलामा लागु पदार्थ सहित थाइल्यान्डमा पक्रेका घटना पनि बर्षभरिका प्रमुख समाचारका बिषय बने । स्रोत अनलाइन पत्रिका\ जनार्जन पौडेल

0 comments

Write Down Your Responses