आपँको रुखमा फुल्यो अनौठो फूल : हेर्ने मान्छेको भिड

राजविराज: फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर आँपको रुखमा फूल फूलेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो ।
सिराहाको सिसवनी गाउँ विकास समितिमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल सलहेस फूलबारीमा झै सप्तरीको कञ्चनरुप नगरपालिकाको दुई स्थानमा यस वर्षको पहिलो दिन माला आकारको सेतो फूल फूलेको देखेर स्थानीयवासीले अनौठो मानेका छन् ।mangotree
कञ्चनरुप ५ स्थित उमेश थापा मगरको घरआँगनमा रहेको आपँको रुखमा र कञ्चनरुप ७ स्थित नवराज पोखरेलको घरपछाडि रहेको फुलबारीमा सुनाखरीको झै माला आकारको सेतो फूल फुलेको छ ।
अनौठो फूल फूलेका कारण हेर्नका लागि यहाँका दुबै स्थानमा भक्तजनको घुइँचो लागेको स्थानीय उत्तम आचार्यले बताए । सो ठाउँमा सलहेशको मन्दिर बनाउने भन्दै विहानदेखि स्थानियवासीले पुजापाठ र भजनकिर्तन गरेका छन् ।
सिरहाको सलहेस फूलबारीमा फूल पूmल्ने हारामको रुखनजिकै सलहेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) भएझै यहाँ पनि सलहेशको मन्दिर बनाउनुपर्नेमा स्थानीयवासीको जोड रहेको नेपाल पत्रकार महासंघका सदस्य राजकुमार पासवानले बताए ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एंवम् राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष रामप्रित पासवान सो सुनाखरी फुल फुल्ने रुखलाई संरक्षण र सम्बद्र्घन गर्न जरुरी रहेको बताउँछन् ।
उक्त ठाउँमा सलहेसको मन्दिर निर्माण गर्न जग्गाधनीसँग पासवानले अनुरोध गर्दै आफूले मान्दै आएको इष्टदेवता सलहेशको मन्दिर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
जग्गाधनी पोखरेलले सो फुलबारी रहेको आँपको रुखमा सुनाखरीको फूल फुलेकोमा आश्चर्य र खुशी ब्यक्त गरेका छन् । उनले सिरहाको फूलबारी झै एक÷दुई दिनमा फूल ओइलाएर गएमा रुखको संरक्षण, सम्बद्र्घन गरिने बताएका छन् ।

0 comments

Write Down Your Responses