‘भर्जिन’ मा कल्पनाले के के देखाईन् ?

काठमाडौं । नेपाली समाजले ‘भर्जिन’ शब्दलाई दुई अर्थमा विश्लेषण गर्छ । एक कुनै रक्सीको व्रान्ड र अर्को सेक्स सम्वन्ध नराखेकी युवती । यही नाममा एक नेपाली सिनेमाको छायांकन भईरहेको छ । नाम ले नै अड्कल लगाउन सकिन्छ कि चलचित्रले सेक्स को बिषयलाई उठान गरेको छ ।

कथा नै सेक्स मा आधारित भएपछि खुलेरै अंगप्रदर्शन गर्न कलाकारलाइ पनि कसले रोक्ने ? चलचित्रको एक दृश्यमा कल्पना शाहीले खुलेरै अंगप्रदर्शन गरेको देख्न सकिन्छ । अनलाइनखबरलाई प्राप्त भएको चलचित्रका केही दृश्यमा कल्पना धेरै नै उदार भएकी छिन् ।

दिपक रमणको निर्माणमा छायांकन भईरहेको चलचित्रमा मुकेश आचार्य र कल्पना शाही मुख्य भुमिकामा छन् । कलेजको एक दृश्यमा कल्पना छोटो स्कर्ट लगाउनमा उदार देखिएकी हुन् । दिपक रमणकै निर्माणमा बनेको चलचित्र ‘मन परेपछि’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शाही खासै चर्चामा आउन सकेकी छैनन् ।

उनले अभिनय गरेको सेक्समा आधारित चलचित्र ‘नाईट क्विन’ असफल भएको थियो । चलचित्रमा कल्पनाले लगाएको स्कर्ट निक्कै छोटो छ तर पनि उनी खुलेरै तस्विर खिच्न आतुर भएको देख्न सकिन्छ । प्रस्तुत अल्लेखित समाचार यस ब्लकमा हाम्रो संदेश डट कम बाट साभार गरिएको हो । 

0 comments

Write Down Your Responses