विमानस्थलमा यसरी लडे राष्ट्रपति, २७ बडीगार्डको जागिर चट् (भिडियोसहित)

MugabeFalls
विमानस्थलमा आफु लड्दा समेत नजोगाएको भन्दै जिम्बाबेका राष्ट्रपतिले आफ्ना २७ जना बडीगार्डलाई बर्खास्त गरेका छन् ।
गएको हप्ता राजधानी हरारेको विमानस्थलमा राष्ट्रपति रोबर्ट मुगाबे सिँढी ओर्लिने क्रममा लडेको घटना निकै चर्चित भएको थियो ।
बुढ्यौलीले गलेका ९० वर्षका राष्ट्रपती मुगाबेले विमानस्थलको रेडकार्पेटमा आफु बेइज्जत हुनेगरी लड्नबाट आफुलाई नजोगाएको झोँकमा उनले आफ्ना सबै बडीगार्डलाई बर्खास्त गरेका हुन् ।
मुगाबे विमानस्थलमा लडेको घटना अन्तराष्ट्रिय संचार माध्यममा निकै चर्चित मात्र बनेन सोसल मिडियाहरुमा समेत भाइरल बन्यो । #Mugabefalls ह्यासट्यागमा सोसल मिडियाहरुमा उनी निकै हाँसोको पात्र बने । सोसल मिडिया प्रयोगकर्ताहरुले मुगाबे लडेको तस्वीरलाई बदलेर विभिन्न रुपमा प्रस्तुत गर्न भ्याए ।
यो घटनापछि निकै गम्भीर बनेको जिम्बाबे सरकारले त्यसको छानविन गर्दै राष्ट्रपति लड्नुको दोषी उनका सुरक्षा गार्डहरु भएको ठहर गर्यो । त्यति ठूलो संख्यामा सुरक्षा गार्ड हुँदा समेत राष्ट्रपतिलाई सुरक्षित बनाउन नसकेको र लड्नबाट नबचाएको निष्कर्ष निकाल्दै सबैलाई निलम्बन गरियो ।
‘राष्ट्रपतिको सुरक्षा टोली दिउँसै निदाइरहेको थियो, त्यहीँ भएर घटना घट्यो । कारवाही स्वरुप उनीहरुलाई निलम्बन गरियो’ जिम्बाबेको सुरक्षा श्रोतलाई उधृत गर्दै मेट्रो अनलाइनले उल्लेख गरेको छ ।
राष्ट्रपतिका बडिगार्डहरु मात्र होइन हवाइ सैनिक, अगुवा सैन्य टोली र सुरक्षा विभाग समेत अनुसन्धानको घेरामा परेका छन् । त्यसैले राष्ट्रपतिलाई लडाएको आरोपमा अन्य सुरक्षा अधिकारीहरु समेत चिप्लिने सम्भावना देखिएको छ ।
पुराना बडीगार्ड बर्खास्त भएसँगै मुगाबेको सुरक्षामा नयाँ बडिगार्ड नियुक्त भएका छन् । मुगाबेले जाम्बियाका राष्ट्रपतिसँग गरेको भेटवार्तामा नयाँ बडीगार्ड देखा परेका थिए ।


0 comments

Write Down Your Responses