परीक्षामा फेल भएपछि ४ किशोरी महाकालीमा हाम फाले पछि

३० चैत, कैलाली । दार्चुला जिल्लाको दत्तु गाविस ३ उरै सल्लेरी भन्ने स्थानबाट महाकाली नदीमा हाम फालेर ४ किशोरीहरु बेपत्ता भएका छन् ।
दत्तु गाविस ३ का १५ वर्षीया पूजा कोली, १४ वर्षीया ममता चुनारा, दत्तु गाविस २ की ममता चुनारा र १२ वर्षीया नितु लुहार महाकालीमा वेपत्ता भएका हुन् । उनीहरुले सोमबार विहान करिब १०ः४५ वजेतिर महाकाली नदीमा हाम फालेका थिए ।
उनीहरु दत्तु गाविसमा रहेको दत्तु उच्च माद्यमिक विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थी हुन् । परीक्षामा फेल भएकोले उनीहरुले नदीमा हाम फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक नैन सिंह साउदले अनलाइनखबरलाई जानकारी दिए ।
उनीहरुसँगै महाकाली नदी किनारमा गएकी १३ वर्षीया कमला डाँगा भने घर फर्केर आएकी छिन् । उनैले साथीहरु महाकालीमा हाम फालेको जानकारी दिएपछि घटना बाहिर आएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुला, सशस्त्र प्रहरी वेस क्याप्म दार्चुला र स्थानीय खोजीमा जुटेका छन् ।

0 comments

Write Down Your Responses