जावालाखेलमा दुर्घटना, २१ यात्रु घाइते


९ बैशाख, ललितपुर । ललितपुरको जावलाखेल बुधबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् । मिनिबस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा २१ यात्रु घाइते भएका हुन् ।
बिहान साढे सात बजे भैँसीपाटीबाट आइरहेको बा२ख ३५० नम्बरको मिनिबसले सडकमा गुडिरहेको साइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सोही दिशाबाट आइरहेको बा ४२ प ७१८३ नम्बरको मोटरसाइकलमा ठोक्किएर सो दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।
घाइतेको जावलाखेलस्थित अल्का अस्पताल र लगनखेलस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइते यात्रुमध्ये केहीको अवस्था गम्भीर रहेको परिसरका प्रवक्ता सिंहले बताए ।
तस्वीर साैजन्यः सुविन श्रेष्ठ

Source: onlinekhabar.com

0 comments

Write Down Your Responses