पाँच मिनेटमा नै स्मार्टफोन फुलचार्ज गर्ने तरिका

स्मार्टफोन चलाउनेहरुका लागि सबैभन्दा समस्या भनेको यसको ब्याट्रि नै हुने गर्दछ । स्मार्टफोनभित्रै चलिरहने विभिन्न एप्लिकेसन, वाइफाईजस्ता कारणले स्मार्टफोनको ब्याट्रि धेरै समयसम्म टिक्ने गर्दैन । अझ नेपालजस्तो लोडसेडिङले आक्रान्त भएको देशमा स्मार्टफोन बोक्नेहरुले आफूसँगै मोबाइलको चार्जर बोकेर जता पाइन्छ त्यतै मोबाइल चार्ज गर्ने गर्दछन् । कतै चार्ज गर्न नपाउँदा कतिपय अवस्थामा मोबाइल स्विच अफ नै हुने गर्दछ । ब्याट्रिको कारणले मोबाइल स्विच अफ हुने समस्यामा पर्नुभएको छ भने अब ढुक्क हुनुहोस् । तपाईंले अब पाँच मिनेट भित्र नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्नुहुनेछ । तपाईंको यो समस्यालाई प्रोन्तोले समाधान गरिदिनेछ । कम्पनीले दाबी गरे अनुसार प्रोन्तोले आइफोन फाइभलाई केवल पाँच मिनेटमा फुल चार्ज गरिदिनेछ । प्रोन्तो कुनै चार्जर नभई एउटा ब्याट्रि प्याक (पावर प्याक) हो अर्थात तपाईं बिजुली बिना नै आफ्नो स्मार्टफोनलाई केवल पाँच मिनेटमा चार्ज गर्न सक्नुहुनेछ । यसको विशेषतालाई हेर्ने हो भने, यसले नेपालजस्तो देशका मानिसहरुका लागि बरदान साबित हुने बुझिएको छ । (एजेन्सी)

0 comments

Write Down Your Responses