आधा टन इटा खाइसकेकी विचित्रकी युवती (भिडियो सहित)

eita
दुनियामा यस्तो केही मानिसहरु हुन्छन् जो आफ्नो अनौठो शौखका कारण चर्चित बन्दछन् । यस्तै अनौठो बानीका कारण चर्चित भएकी छिन् एकजना बेलायती युवती । २९ वर्षकी प्याट्रिस बेन्जामिनको एउटा यस्तो शौख वा बानीव्यहोरा छ जो सुन्दैमा मानिसहरु हैरान हुन्छन् ।
बेन्जामिनको इँटा खाने अनौठो बानी छ । यताउती इँटा देख्यो की उनी मन थाम्नै सक्दिनन्, चपाइहाल्नुपर्छ ।टिएलसी टेलिभिजन च्यानलमा हालै प्रस्तुत भएकी बेन्जामिनका कुरा सुनेर धेरै मानिस छक्क परे ।
बेन्जामिन १७ वर्षकी हुँदादेखिन् यस्तो इँटा खाने लत बसेको रहेछ । उनले अहिलेसम्म झण्डै आधा टन इँटा खाइसकेकी छिन् । उनले इँटा खान थालेको १२ वर्ष पुगिसकेको छ । इँटा खाएरै हुर्किएकी उनले चाहेको बेलामा खान पाइयोस् भनेर सुत्ने कोठामा थुप्रै इँटा थुपारेर राखेकी छिन् ।
टेलिभिजन शो मा उनले आफुलाई इँटाको स्वाद निकै मन परेको हुँदा घरको गाह्रो भत्काएर समेत इँटा निकालेर खाएको बताइन् । आफुले लण्डनमा चारैतिर इँटैइँटा देख्ने गरेको र इँटाले बनेका संसद भवन, दरबार, अन्य घर तथा इँटाका अन्य संरचना देख्दा समेत खाउँखाउँ लाग्ने गरेको उनको भनाइ छ ।

0 comments

Write Down Your Responses