सन्नी लियोन यसरी बन्न पुगेकी रहिछन् पोर्न स्टार

एजेन्सी – भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन्,सन्नी लियोनी । भारतमा अहिले उनको ठूलो चार्म छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएकी व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरुले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । सन्नीको बजारभाउ यसरी बढ्नुमा उनको पोर्नस्टार छविले ठूलो काम गरेको छ । संसारले उनलाई यसअघि पोर्न स्टार भनेर चिन्थ्यो । अहिले बलिउड स्तार भनेर चिन्छ । आफूले आफैंलाई कसरी चिन्नुभएको छ भनेर कसैले गरेको प्रश्नमा उनले कुनै तपस्वीझैं गरी भन्ने गरेकी छन् – म को हुँ भन्ने मलाई नै थाहा छैन । आफ्नोबारे मलाई कतिसम्म थाहा छ भने अरुले मलाई जो हो भनी सम्झिएका छन्,म त्यो होइन ।’ आफूलाई उनी साधारण युवती बताउँछिन् । तपाईं कसरी पोर्न इन्डस्ट्रीमा प्रवेश गर्नुभयो भनी कसैले प्रश्न गर्दा उनी सीधै बाल्यकालमा फर्किन्छन् । सन्नी लियोनीका बाबु शिख समुदायका थिए । त्यही भएर क्यानडामा रहेको गुरुद्वारमा उनी सानैदेखि जाने गर्थिन् । ‘गुरुद्वारा पुगेर म र मेरो भाइ भजनकीर्तन गाउने गथ्र्यौं । हरेक शनिबार गुरुद्वारा पुग्नैपर्ने नियम घरमा थियो । यसले मलाई सानैदेखि अध्यात्मिक बनायो’सन्नी थप्छिन् । भरमा उनलाई करनजित कौर बोहरा भनी बोलाइन्थ्यो । अध्यात्मिक बालिका कसरी पोर्न स्टार बन्न पुगिन् त ? सन्नी १३ वर्षकी भएपछि उनको परिवार बसाइ सरेर अमेरिकाको क्यालिफोर्निया पुग्यो । क्यालिफोर्नियामै सन्नीले पढाइ अघि बढाउन थालिन् । क्यालिफोर्नियाको नयाँ माहोल र नयाँ फ्रेन्ड सर्कलले उनलाई करनजितबाट सन्नी बनायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses