कार्यक्रमका लागि गएका कलाकार युरोपमै बेपत्ता !


प्रचारित कार्यक्रममा कलाकारनै पुगेनन्
काठमान्डौ । युरोपमा सांस्कृतिक कार्यक्रम देखाउने भन्दै गएका लोक गायक भनिएका जे.बि.ओलीलाइ  नेपालका केहि कलाकार मिलेर युरोपमै बेपत्ता पारेका छन् । चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन होर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक संस्थाका संचालक बेल्जियम निवासी दिपक पौडेलले त्यो चाँजो मिलाएको समाचार युरोपबाट संचालित एक अनलाइनले  लेखेको छ । यस घटनामा नायिका केकी अधिकारी, सिने पत्रकार राजन घिमिरे र चलचित्र वितरक हरि बरालको समेत संगलग्नता भएको उक्त अनलाइनले  उल्लेख गरेको छ ।

गत ८ मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो । २०१५ को होलि नामक कार्यक्रम गर्ने बाहानामा कार्यक्रममै भाग लिन आउने लोक गायक भनिएका जे.बि.ओली र एक जना नाम नखुलेकी पोर्तुगाल निवासी नेपालीको श्रीमती संग नेपाली रुपियाँ प्रति ब्यक्ती दश लाख लिएऱ उनीहरुले युरोप भित्राएका हुन् । त्यो काम सकेर निर्देशक राजु अधिकारी, हरि बराल, राजन घिमिरे र नायिका केकी अधिकारी हाल काठमाण्डौ फर्केका छन् । गायक ओली र ति यूवती पोर्तुगलको बैधानिक कागज लिन उपाय रच्दै लुकेर बसिरहेका छन् । त्यहाँको कागज लिने जटिल प्रक्रिया बुझिसकेपछी ओली निराश बनेका छन् । उनले आफु ठगिएको बुझेर पुरपुरोमा हात लगाउँदै पेपर बनाइदिनका लागि बिभिन्न संघ संस्था संग हार गुहार गर्दै हिँडेको नेपालीहरु बताउँछन ।
रमाइलो पक्ष के छ भने ८ मार्च को थकाली सेवा समितिको प्रचारित कार्यक्रममा कलाकारनै पुगेनन् । त्यसपछी आयोजक जिल्लीएका थिए । नेपालबाट आउने भनिएका कलाकारहरु नआएपछी हतारमा थकाली समाजले स्थानिय कलाकार बोलाएर कार्यक्रम गरेको थियो । नायिका अधिकारीको टोलि मार्च ९ मा बेल्जियम पुगेको थियो । पछि नायिका केकी अधिकारीलाई बिना कार्यक्रम फर्काउन लाग्दा उनले बिरोध गरेका थिए । त्यसपछी वन होर्न रायनो इन्टरटेटमेन्ट नामक फर्जी सस्था खोलियो बेल्जियममा । बेल्जियममा कतै दर्ता भएको नदेखिएको यसैले मार्च १४ मा अचानक कार्यक्रम आयोजना गर्ने पोस्टर छाप्यो । त्यसैको नाममा अधिकारीलाई कार्यक्रममै गएको भन्ने प्रमाण जुटाउन सहयोग गरेको थियो । सो कुरा एक दिन अघि फेसबुक मार्फत कार्यक्रमको प्रचार गरिएको दिपक पौडेलको फेसबुकबाट पुष्टि हुन्छ । वन हर्न राईनो इन्टरटेन्मेन्ट सन्ध्या भनेर प्रचार गरिएको अर्को पोस्टरमा कुन दिन हो कार्यक्रम हुने भन्नेनै उल्लेख छैन । यसबाट उनीहरुले खाली झुक्याउनकालागि मात्रै पोस्टर बनाएको प्रस्ट हुन्छ ।
कलिवूड सिने बजारमा राजु अधिकारीले बेनी ढुंगानालाई निर्माता घोषणा गरि गत डिसेम्बरमा बेल्जियममा सिनेमा छायांकन गर्ने प्रचार गरेका थिए । उनले युरोपमा सुटिङ गर्ने भनिएको चलचित्र “उल्झन” मार्फतपनि नेपालीलाई यूरोप पुर्याउन खोजेको बेल्जियममा चर्चा छ । यस अघि पनि चलचित्र सुटिङ्गको नाममा बेल्जियम र जर्मनीमा नेपाली भित्री सकेका छन् । नेपाली चलचित्रको बजार खस्के पनि मानव तस्करी र विदेश बसेर राम्रो कमाई गरेका नेपालीलाई निर्माता र कलाकार बनाउने लडडु बाँडेर विदेश तिर मुर्गा फसाउन केहि चलचित्रकर्मी सक्रिय देखिएका छन् । समाचार श्रोत -नेपाल प्लस

0 comments

Write Down Your Responses