मलेसियामा नेपाली युवतीले आत्महत्या गरिन्

मलेसिया : मलेसियामा एक नेपाली युवतीले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

मलेसियाको साहलमस्थित २० सेक्सनमा रहेको टोयटा कम्पनीमा कार्यरत पाल्पाकी सिमाकुमारी मगरले आत्महत्या गरेकी हुन ।

एक वर्षअघि रोजगारीका लागि आएकी उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

सोही कम्पनीमा काम गरिरहेकी गौसरी रार्इका अनुसार मगरले दिनभर कम्पनीमा काम गरेकी थिइन् । कम्पनीबाट होस्टेलमा फर्केपछि शुक्रबार राति बाथरुममा झुण्डिएर उनले आत्महत्या गरेकी हुन ।

मृतकको शव अहिले पोस्‌टमार्टमका लागि स्थानीय केलाङ अस्पतालमा राखिएको छ ।

0 comments

Write Down Your Responses