युवतीको प्रेममा फस्दा यसरी बनायो एयरफोर्स अफिसरबाट भिखारी

एजेन्सी । प्रेममा परेपछि मानिसले के मात्र गर्दैन ? मानिसलार्इ प्रेमले पागलसमेत बनाउँछ भनिन्छ । जब मानिसलार्इ प्रेममा धोका हुन्छ तब त झनै मानिसले आफैंलार्इ पनि बिर्सने रहेछ । प्रेममा पागल मानिसले आफ्नो जिन्दगीमा कल्पनै नगरेको अवस्थबाट पनि गुज्रनुपर्ने रहे छ ।

भारतमा यस्तै एउटा घटना भएको छ । जहाँ भारतीय वायुसेनाका एकजना अधिकृतलार्इ युवतीको प्रेमले भिखारीसम्म बनाइदिएको छ । भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलार्इ कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हेर्दै भिखारीजस्ता देखिने ती व्यक्तिको नाम पवनकुमार रहेछ । उनी नेहरु नगरमा बस्दै आएका रहेछन् । सिभिल अस्पतालमा आफ्नो भाँच्चिएको खुट्टाको उपचार गर्न भएका ती व्यक्तिलार्इ केही मानिसले भिखारी भनिदिएपछि उनी रिसले आगो भए । भिखारी भन्नेहरुलार्इ जवाफ दिँदै उनले आफू कुनै बेला भारतीय एयर फोर्समा कार्यरत रहेको तथ्य खोले ।

एयर फोर्समा कार्यरत आफू युवतीको प्रेममा परेर यो अवस्थामा आइपुगेको उनले बताए । युवतीले प्रेममा धोका दिएपछि आफ्नो यस्तो हालत भएको उनको भनाइ थियो । सडकमै बस्दै आएका उनको अहिले पठानकोट अस्पतालमा उपचार चलिरहेको छ । उनको कुरा सुन्न अहिले अस्पतालमा सयौं मानिस जम्मा हुन थालेका छन् ।

0 comments

Write Down Your Responses