दाङमा अन्त्यष्टि गर्न लागेको शवसहित २८ जना मलामी प्रहरी नियन्त्रणमा

दाङ, बैशाख २ : दाङको राइखलीयान स्थित पातुखोलामा अन्तिम दाहासंस्कार गर्न लगेको शवसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले २८ जना मलामीलाई नियन्त्रणमा लिएको छ ।
दाईले भाईको हत्या गरेको भन्ने पोल खुलेपछि पातुखोलामा अन्तिम दाहासंस्कार गर्न लागेको शव सहति २८ जना मलामीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।
२३ बर्षीय भाई जंगबहादुर चौधरीलाई दाई दसुराम चौधरीले हत्या गरेको सुचना पाए पछि प्रहरी त्यहाँ पुगेको थियो । संगै बसेर मदिरा खाएका दाजुभाई बिच आपसी विवाद हुँदा दाईले दाउराले टाउको र अनुहारमा हानेर गत राती हत्या गरेको प्रहरी उपरिक्षक जोशीले बताए ।
‘हत्या गरेर आफै मरेको भन्दै जंगबहादुरको दहासंस्कार गर्न लागेका छन् भन्ने विशेष सूचना आयो । त्यसपछि खोलामा पुग्यौ खाल्डो खन्दै गर्दा हामीले हत्यामा संलग्न दाई दसुरामसहीत मलामीलाई पक्राउ गरेर ल्यायौं,’ जोशीले बताए । बढी मदिरा सवेन गरेका कारण मुटु फुटेर जंगबहादुरको ज्यान गएको भन्दै पातुखोलामा मृतकको अन्त्यष्टि गर्न लागेको प्रहरीले बताएको छ ।
शव पोष्टमार्टमका लागि राप्तीअंचल अस्पताल तुलसीपुरमा लगिएको छ भने मलामीलाई इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।

0 comments

Write Down Your Responses