मान्छेको टाउँको छिनालेको तस्विर ट्वीटरमा (तस्विर सहित)

इराकमा इस्लामिक स्टेटका लडाकुले वर्वरताको ताण्डव गरिरहेका छन् । बोक्सी र जादु टुना गरेको अभियोगमा एक ब्यक्तिको टाउको छिनालेर उनीहरुले ट्वीटरमा पोष्ट गरेपछि फेरी आतंक फैलिएको छ ।

बर्वर हत्यापछि आतंकवादी लडाकुहरुले तस्विर ट्वीटरमा पोष्ट गरेर चेतावनी दिएका थिए । तस्विरमा हत्या गरिएका पुरुष रगतमा मुछिएका देखिन्छन् ।

यो तस्विर एक पूर्व बेलायती सेनाका जवानले प्रकाशित गरेका हुन् जो आइएसका लागि लडेको दावी गर्छन् ।

यो घटना इराकको टिकरिट शहरमा भएको विश्वास गरिएको छ । गत साता मात्र त्यहाँबाट इराकी सेनाले लडाकुलाई लखेटेको थियो ।

0 comments

Write Down Your Responses