रणवीर र कटरिनाको विवाहको तय ?



मुम्बाई, चैत ३० – भारतीय मिडियामा वलिवुडका दुई स्टार रणवीर कपुर र कटरिना कैफबीचको प्रेम सम्बन्धबारे विभिन्न समाचारहरु आउने गरेका छन् । कहिले दुवैसँगै बस्न थालेको त कहिले रणविरका परिवार कटरिनासँग खुसी नरहेको । केही समय अगाडि मात्र कटरिनालाई रणविरको परिवारले नरुचाएको खबरले मिडिया निकै तताएको थियो ।

तर, शनिबार राती कटरिना र रणविरलाई मुम्बाईस्थित चाइना रेस्टुरेन्टमा रणविरका परिवारका सदस्यहरुसँग देखिएको थियो । सबैभन्दा रोचक कुरा त त्यहाँ रणविरकी आमा नीतू कपुर, रणधीर कपुर, बहिनी आदर जैन र शायरा कपुर लगायत पनि सहभागी थिए ।
उक्त डिनरमा रणविर र कटरिनाको विवाहको तारिख तय भएको अनुमान समेत लगाउन थालिएको छ । यद्यपि, भारतीय मिडियाका अनुसार अझै यसको औपचारिक पुष्टि भएको छैन ।
कटरिना र रणविरले चाँडै विवाह गर्ने कुरा भने यसअघि नै आइसकेको छ ।

0 comments

Write Down Your Responses