नाङ्गै भएर विवाह गर्ने जोडीलाई प्रहरीले रंगेहात पक्रियो (तस्विर सहित)

अमेरिकाको सन फ्रान्सिस्कोमा एउटा गजबको विवाहले हंगामा मच्चाएको छ। दुलाह बनेका युवक र दुलही बनेकी युवती नाङ्गै भएपछि हंगामा मच्चिएको हो । 
naked-mariged
यद्यपि उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर स्थिति नियन्त्रणमा लिएको थियो । स्थानीय सिटी हलको एक गल्लीमा यो जोडीको विवाह भइरहेको थियो । उनीहरुले विवाहको विधि पूरा गर्नुअघि कपडा फुकालेपछि हंगामा भएको हो । यो जोडीले यसरी विवाह गरेको देखेर स्थानीय भीड जम्मा भएको थियो । तर, विवाहपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । नाङ्गो दुलाह र दुलहीको शरीरमा प्रहरीले नै कपडा ओढाएको थियो । 
naked-mariged2
प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। दुलाह र दुलही सामाजिक कार्यकर्ता रहेको बताइएको छ। उनीहरुले विवाह गर्ने यो तरिका सन फ्रान्सिस्कोमा पब्लिक ‘न्युडिटी’ मा लगाइएको रोकको विरोधमा अपनाएका हुन् । दुलहीका अनुसार पब्लिक न्युडिटीमा लगाइएको रोकका विरोधमा उनीहरुले यसप्रकारको विवाह गरेका हुन्  । सन फ्रान्सिस्कोमा सन् २०१२ बाट गल्ली, सडक, फुटपाथ, पारागमन स्टेशन, र यातायातका साधनमा नाङ्गो हुन रोक लगाइएको छ। त्यसका बावजुद यो जोडीले नाङ्गै विवाह गरेका हुन् । प्रहरीले घटनाको छानविन गरिरहेको छ। एजेन्सी  - See more at: http://www.osnepal.net/13650#sthash.ffkmzw9b.dpuf

0 comments

Write Down Your Responses