यमनमा भिडन्तः २४ घन्टामा १४० जना मारिए
२४ चैत, आदेन ।यमनमा जारी रहेको हिंसाका कारण त्यहाँ अत्यन्तै आवश्यक परिरहेको सहायता पनि पुर्याउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।अन्तर्राष्ट्रिय रेडक्रसका अधिकारीहरुले सहायताका पुर्याउन नसकेको बताएका छन् । भिडन्त जारी रहेकोले हिंसा नघटेको र जसका कारण अधिकारवादी र सहायताकर्मी पुग्न नसकेको बताइएको हो ।गएको २४ घन्टामा जारी रहेको भिडन्तमा परी कम्तीमा पनि १४० जनाको ज्यान गएको यमनी अधिकारीहरुले जनाएका छन् । भिडन्त आदेनमा बढी देखिन्छ।
सहायताकर्मीहरुले त्यहाँको अवस्था अत्यन्तै नाजुक बन्दै गएको बताएका छन् । सो भिडन्त राकी स्थानीय नागरिकको अवस्था बुझ्ने काम तुरुन्त नगरिने हो भने यसले अत्यन्तै खतरनाक अवस्थाको सिर्जना हुने उनीहरुले जनाएका हन् ।त्यहाँका विद्रोही र राष्ट्रपतिका समर्थकबीच भएको भिडन्तमा परी सोमबार मात्र पनि ५३ जनाको ज्यान गएको थियो । गएको दुई हप्तादेखि त्यहाँ भिडन्त जारी नै रहेको बताइएको छ ।
यमनी सिया मुस्लिम विद्रोहीहरूका विरुद्धमा जारी राखिएको सो कारबाहीका क्रममा पनि कैयौँ विद्रोही मारिएका बताइएको छ । विद्रोहीहरुले हमला जारी नै राखेका छन् ।साउदी अरेबियाको सेनाले हवाई हमला जारी राख्ने र विद्रोहीले स्थलगत कारबाही गर्नेजस्ता कारण सो नगर द्वन्द्वग्रस्त बन्न पुगेको छ । सो क्षेत्रमा यमनी सेनाले ठूलो सङ्ख्यामा गस्ती गरिरहेको छ । रासस÷एएफपी


0 comments
Write Down Your Responses