ट्रकले किच्दा विद्यार्थीको घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ स्थित सडकमा आज बेलुका मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३७१ नम्बरको मालबाहक ट्रकले किच्दा स्थानीय दीपेन्द्र चौधरीका ५ वर्षीय छोरा नमनकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकले सोही दिशाबाट जाँदै गरेको बसलाई उछिन्दा सडक छेउमा उभिरहेका नमनलाई किचेको प्रत्यक्षदर्शीले बताए ।

0 comments

Write Down Your Responses