पति जीवित हुँदै मंगलसुत्र फुकालेपछि….

एजेन्सी : विवाहित महिलाहरुले पवित्र र सौभाग्यको प्रतिक मान्ने मंगलसुत्रलार्इ भारतको चेन्नर्इका विवाहित महिलाहरुले भने बहिष्कार गरेका छन् ।
दासताको प्रतिक बताउँदै चेन्नर्इका २१ जना विवाहित हिन्दू महिलाहरुले पति जीवितै हुँदा मंगलसुत्र फुकालेपछि नयाँ विवाद शुरु भएको छ ।manglsutr
मंगलबार चेन्नईमा तमिल संगठन द्रविडार कझगम (डिके) को कार्यक्रमका ती महिलाहरुले गलाबाट मंगलसुत्र उतारेपछि नयाँ विवाद सिर्जना भएको छ ।
मद्रास उच्च अदालतले मंगलबारै डिकेले गर्न लागेको यो कार्यक्रममा प्रतिबन्ध लगाएको थियो । तर संगठनका तर्फबाट सफाइ पेश गर्दै अदालतले जारी गरेको आदेश कार्यान्वयन हुनुअघि नै कार्यक्रम सम्पन्न भइसकेको स्पष्टिकरण दिएको छ ।
डिकेका अनुसार भारतीय संविधानमा जनक बिआर अम्बेड्करको १२४ औं जयन्ती कार्यक्रममा २१ विवाहित महिलाले आफ्नो थाली उतारेर फ्यालेका हुन् । मंगलसूत्र चेन्नर्इमा थाली भन्ने चलन छ ।
डिकेले गरेको यो कार्यको हिन्दू मुन्नानी संगठनसहित दर्जनौं संघ संस्थाले तीब्र विरोध जनाएका छन् ।

0 comments

Write Down Your Responses