सप्तरीमा आगलागी : पीडितको आकाशमुनी बास(फोटोफिचर)

सप्तरी, चैत्र २७ - सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा बिहीबार भएको भिषण आगलागीमा घर गुमाएका पीडितहरु खुला आकाशमुनी बस्न बाध्य छन् । आगलागीमा स्थानीय ५० परिवारको डेढसय बढी घर जलेर नष्ट भएको थियो ।
सदरमुकाम राजविराजबाट आगलागीस्थल झण्डै १४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ ।
आगलागी पीडितले अहिलेसम्म कतैबाट राहत पाउन सकेका छैनन् । उनीहरु आफ्नो जलेको घर छेउछाउ बसिरहेका छन् । आगलागी स्थलमा खानेकुराको अभाव देखिएको छ । बालबालिका झन् बढी समस्यामा छन् ।
हिजो साँझ सभासद् उमेश यादवले केही खानेकुरा बाँडेका थिए तर त्यसपछि पीडितले खानासमेत पाएका छैनन् ।
अहिले घटनास्थलमा प्रहरीले लगत संकलन गरिरहेको छ ।



0 comments

Write Down Your Responses