किन अकस्मात दिल्लीबाट फर्कंदैछन् ज्ञानेन्द्र ?

काठमाडौँ, बैशाख १- दिनअघि पत्नी कोमलको उपचार गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी वैशाख ४ गते अपराह्न चार बजे नेपाल फर्कने भएका छन् । यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व मुमाबडामहारानी रत्नलाई भेट गर्न ज्ञानेन्द्र र हिमानी आउन लागेका हुन् । हरेक सोमबार आमालाई भेट्न महेन्द्र मञ्जिल जाने गरेका ज्ञानेन्द्र पुनः भारत जाने छन् । उनी वैशाख ७ गते भारत जाने कार्यक्रम रहेको छ । २१ गते अर्दली, नानी बज्यै र कर्मचारीसहित भारत गएकी हिमानी भने ७ गतेदेखि निर्मलनिवासमै बस्ने छिन् । करिब चार वर्षदेखि महेन्द्र मञ्जिल बसेकी रत्न करिब ९ महिनाअघि छोरा ज्ञानेन्द्रलाई हृदयघात हुँदा भेट्न नर्भिक अस्पताल पुगेकी थिइन् । नेपाल समाचारपत्रमा खबर छ ।
Former King Off to India

0 comments

Write Down Your Responses