आमाले भनिन्–‘बाँच्न पैसा चाहिन्छ, पैसा भए न तेरो शरीरले खाना पाउँछ’

एजेन्सी : माता अर्थात आमा भनेको छोराछोरीको भगवान हो । किनकि ९ महिनाको गर्भमा बोकेर पालन पोषण, स्यहारसुसार गर्ने सबै जिम्मेवारी पूर्ण मायामा साथ आमाले पूरा गर्छिन् ।
तर यहाँ एक आमाले आफ्नै छोरीको इज्जत लुटाएकी छिन् । कलियुगको समाजमा आमाले पैसाको लोभमा आफ्नै छोरी इज्जत लुटाएकी हुन् । भारतको महाराष्ट्रस्थित एक स्कुलमा भएको घटना हो यो ।baltkarkoyatanaप्रहरीका अनुसार महाराष्ट्र स्थित १२ वर्षीय बालिकाको शौचालयमा आमाकै अगाडी बलात्कार भएको हो । पढ्न विद्यालय गएकी छोरीलाई भेटन् भन्दै विद्यालय पुगेकी आमाले शौचालयमा बोलाई १८ वर्षीय युवकको जिम्मा लगाएकी थिईन् ।
आफु पनि शौचालयमा बसिन् । युवकलाई सुम्पिएपछि छोरीले आमा आफुसँगै भएपछि प्रतिकार गरिनन् । आमाको आदेश अनुसार आफ्नो इज्जत लुटाईन् । उनले आमालाई यस्तो किन गरेको भनी सोध्दा ‘पैसा भए शरीर बाच्छ, पैसाका लागि शरीर बेच्नुपर्छ’ भनेकी थिईन् ।
यस्तो हर्कत गरेपछि उनकै आमाले उनलाई कसैलाई भने मारिदिने धम्की समेत दिईन् । तर ति बालिकाले हिम्मत जुटाएर प्रहरीमा उजुरी हालेकी छिन् । प्रहरीले ति बालिकाका दुबै दोषीलाई खोजी गरिरहेको छ । यो घटना प्रहरीमा पुगेपछि उनको इज्जत लुट्ने युवक र आमा फरार छन् ।

0 comments

Write Down Your Responses