अचम्मको पर्व, नग्न भएर आफ्नो भाग्य बढाउँछन् मानिस

टोकियो, फागुन १३ – विभिन्न देशका भिन्न भिन्न चाल चलन र परम्पराको बारेमा तपाईंले सुन्नुभएकै होला तर संसारमा त्यस्ता पर्व पनि छन् जसमा मानिसहरु बिना कपडा नै सरिक हुने गर्दछन् । हो, यस्तै प्रकारको एउटा पर्व जापानको ओकायामास्थित सेदैयजी टेम्पलमा मनाइएको छ ।   हदका मत्सुरी नामक यो पर्वलाई नेकेड फेस्टको नामले पनि चिनिन्छ । यो नग्न पर्वमा हरेक वर्ष १०,००० पुरुषहरु भाग लिने गर्दछन् जुन पारम्परिक वस्त्र फनदोशी (लायन क्लोथ) मा देखा पर्ने गर्दछन् ।


यो पर्वको दौरान जुन ताबिज (बुटी) फ्याँकिन्छ त्यसलाई समात्नका लागि मानिसहरु मन्दिरको प्रांगणमा ठेलाठेल गर्दै उपस्थित भएका हुन्छन् । जो मानिसले पुजारीद्वारा फ्याँकिएको बुटी समात्न सफल हुन्छ त्यो व्यक्तिले वर्षदिन सम्मको लागि सुख प्राप्त गर्ने जनमान्यता रहेको छ ।   सबैभन्दा अचम्मको कुरा के छ भने यो प्रथा सन् १५१० देखि चलिआएको छ ।

0 comments

Write Down Your Responses