काठमाडौं । शनिबार गएको महाभुकम्पले चर्चित गायक राजेश पायल राईको लाखौ लगानी डुुबेको छ । राजेशले करिब ५० लाखको लगानीमा सन्चालन गरेको रेष्टुरेन्ट ध्वास्त भएको छ ।
काठमाडौंको कमलपोखरीमा राजेशको लगानीमा सन्चालन भएको ‘दर्शन नमस्ते’ रेष्टुरेन्ट ध्वास्त भएको हो । राजेशले केही महिनाअघि मात्रै रोष्टुरेन्टको उद्घाटन गरेका थिए ।
उनले एक अनलाइन सँग कुरा गदै आफ्नो ५० लाखभन्दा बढी लगानी डुबेको बताए । रेष्टुरेन्टसँगै मोटरसाइकल लगायतका उनका सामग्रीहरु पनि पुरिएको उनले बताए ।
राजेश कार्यक्रमको शिलशिलामा पूर्वतिर छन् । उनले टेलीफोनमा कुरा गदै मेहेनत गरी कमाएको लगानी डुब्दा दु:ख लागेको बताए । उनले भने, ‘ कला प्रस्तुत गरेर मेहनेतले कमाएको पैसा डुब्दा दु:ख लागेको
काठमाडौं । अभिनेत्री श्वेता खड्काले कोहिनुर चलचित्रको अमेरिकामा गरिने च्यारिटी शोबाट उठेको रकम भूकम्प पीडितलार्इ दिने बताएकी छन् । हाल उपचारका क्रममा अमेरिकामा रहेकी उनले पति श्रीकृष्णको निधनपछिको पीडाबाट निस्कँदै गर्दा भूकम्पले आफूलार्इ मर्माहत बनाएको बताएकी हुन् ।
बल्लबल्ल दु:खबाट आफुलार्इ सम्हालन लागेको आज एक्कासी सबै नेपालीमा आएको बिप्पत्तिले मेरो टालिएको मन च्यात्तिएको पनि उनले बताइन् । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुन लागेको कोहिनूर चलचित्रबाट संकलित सबै रकम भूकम्प पीडितहरुलाई सहयोग गर्ने उनले जनाएकी छन् ।
सबै जनालार्इ मेरो तेरो परिवार नभनी रगत र धर्तीमाता सम्झेर आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुहुन अनुरोध पनि गरेकीछन् ।
काठमाण्डौ । सरकारले अनलाइन मार्फत् भूकम्प पीडितलाई सहयोग गर्न सकिने ब्यवस्था मिलाएको छ । प्रधानमन्त्री दैविक प्रकोप उद्धारको कोषको आधिकारिक वेभसाइट http://pmrelief.opmcm.gov.np मा गएर भिसा र एससिटी कार्डबाट अनलाइन मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । जम्मा हुने रकमबाट भूकम्पबाट पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न दाताहरुले निम्न बैंक खातामा पनि जम्मा गर्न सकिने छ ।
नेपाल बैंक लिमिटेड काठमाडौंको खाता 00211053313, SWIFT code: NEBLNPKA
स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको खाता 18013243801, SWIFT Code: SCBLNPKA
नेपाल बंगलादेश बैंक लिमिटेडको खाता 035141C, SWIFT Code: NPBBNPKA
एभरेष्ट बैंक लिमिटेडको खाता 00101102200012 र 00100-105200270, SWIFT Code: EVBLNPKA
ग्लोबल बैंक लिमिटेडको खाता 0411010000005, SWIFT Code: GLBBNPKA
मा रकम जम्मा गर्न सक्ने छन् ।
मा रकम जम्मा गर्न सक्ने छन् ।
१८ वैशाख, काठमाडौ । विनाशकारी भूकम्पबाट महाविपत्तिमा परेको नेपाललाई विभिन्न देशहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । भूकम्प पीडितहरुको राहतका लागि भन्दै छिमेकी राष्ट्र भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशहरुले राहत सामग्रीहरु पठाएका छन् ।
गृह मन्त्रालयको तथ्याङअनुसार भारतबाट पानी ५ सय १३ कार्टुन, रोटी र अचार तीन सय ९० कार्टुन पठाएको छ भने बैंगलादेशबाट १५ हजार ६ सय ६ लिटर पानी, पाकिस्तानले तयारी खाना १४० कार्टुन र रासन ब्याग एक सय कार्टुन पठाएको छ । थाइल्याण्डले तयारी खाना २० कार्टुन पठाएको छ ।
चीनले एक हजार एक सय १५ थान त्रिपाल राहतका लागि पठाएको छ । जसमा ठूलो त्रिपाल चार सय ६६ र सानो त्रिपाल ६ सय ४९ थान रहेका छन् ।
बंगलादेशबाट २ सय ८६ थान तथा पाकिस्तानबाट दुई सय ४१ थान त्रिपाल सहयोग आएको छ ।
विदेशबाट सहयोग घोषणा
नेपालमा परेको विपद ब्यवस्थापनका लागि विभिन्न देशहरुबाट राहत सामग्रीहरु आउने क्रमसँगै विभिन्न देशले आर्थिक सहयोगको समेत घोषणा गरिरहेका छन् ।
भूकम्प गएको भोलिपल्ट नै आएर भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले १० करोड रुपैया सहयोग प्रदान गरे ।
बेलायती अभिनेत्री जोअन्न लुम्लेले विपद् ब्यवस्थापनका लागि अभियान नै चलाएर तीन अर्ब रुपैयाँ सहयोगको घोषणा गरेकी छन् ।
यस्तै, राष्ट्र संघले एक अर्ब ५० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ भने हङकङ सरकारले ६५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
यसैगरी क्यानडाले ५० करोड, नर्वेले ४० करोड, कतारले ३२ करोड रुपैयाँ तथा एशियाली विकास बैंक (एडीबी)ले ३० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
भूकम्प प्रभावित जिल्लामा सरकारले अहिलेसम्म ५८ करोड ६८ लाख रुपैयाँ पठाएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।
१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौं कीर्तिपुरका भूकम्प प्रभावित क्षेत्र अवलोकन गरेका छन् । प्रचण्डसँगै नेताहरु डा. बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर र दिलीप महर्जन थिए ।
शुक्रबार विहान लाजिम्पाटस्थित निवासबाट कीर्तिपुर गएका प्रचण्डले वडा नम्बर १४ र १५ का बासिन्दाहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।
पीडितहरुले सरकारको तर्फबाट राहत लिएर आजसम्म कोही नआएको भन्दै राहत तथा पुनःस्थापनाको व्यवस्था गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए । व्यक्तिगत पहलमा र केही सामाजिक संस्थाहरुले खाने व्यवस्था मिलाइदिए पनि अहिले त्यो पनि सकिएको स्थानीयले गुनासो गरेका थिए ।
प्रचण्डले आफूहरुले उद्धार, राहत र पुनःस्थापनाको लागि पहल गरिरहेको बताएका थिए । ‘मैले प्रधानमन्त्री, गृहमन्त्री र सर्बदलीय बैठकमा पनि पीडितहरुलाई पर्याप्त राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न भनेको छु, हाम्रै पार्टीका नेता-कार्यकर्ताहरु पनि प्रभावित क्षेत्रमा परिचालन हुनु भएको छ,’ प्रचण्डले भनेका थिए ।
भूकम्प पीडितहरुका लागि एमाओवादीले ३० लाख रुपैयाँ दैवि प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको जानकारी उनले गराएका थिए । देशभरका नेपालीहरु अहिले अत्यन्त पीडामा रहेको भन्दै प्रचण्डले धैर्य गर्न आग्रह गरेका थिए ।
घाइतेलाई पनि भेट्ने
प्रचण्डले शुक्रबारै बिभिन्न अस्पतालमा उपचाररत घाइतेहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । प्रचण्डले शुक्रबार टिचिङ अस्पताल, केएमसी अस्पताल र जनमैत्री अस्पतालमा पुगेर घाइतेहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
तस्वीर : प्रचण्डको निजी सचिवाल
source:: onlinekhabar.com
१८ वैशाख, काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पले मुलुकको पर्यटन उद्योग नराम्रोसँग प्रभावित भएको छ । भूकम्पका कारण पर्यटकहरु नेपाल आउन डराएपछि पर्यटन उद्योग प्रभावित भएको हो ।
नेपाल भ्रमणमा आउन लागेका अधिकांश पर्यटकले आफ्नो भ्रमण रद्द गरिसकेको पर्यटन व्यवसायी बताउँछन् । भूकम्पको प्रभाव पर्यटनमा महिनौंसम्म पर्ने निश्चित देखिएको छ । ‘नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले होटलको बुकिङ रद्द गरिसकेका छन्’ होटल संघका महासचिव विनायक शाहले भने- ‘भूकम्पले मुलुक तनावग्रस्त भएको बेलामा घुमफिरका लागि को आउँछ ?’
भूकम्पको समाचार विश्वभरका मिडियाले प्राथमिकता दिएर प्रकाशन प्रसारण गरेपछि विश्वभर भाइरल बनिरहेको छ ।त्यसो त भूकम्पको झड्काले अधिकांश ठूला साना होटलहरु समेत प्रभावित भएका छन् । हिमाल आरोहणको सिजनमा हिउँपहिरो जान थालेपछि वेशक्याम्पमा पुगेका आरोहीसमेत निरास हुँदै फर्किन थालेका छन् ।
भूकम्पको झड्काले हिमपहिरो जाँदा सगरमाथा आधार शिविरमा ४ जना विदेशी र १४ जना नेपालीले ज्यान गुमाउनुपर्यो । जसले गर्दा पनि यो सिजन नेपाल भ्रमणका लागि उपयुक्त नभएको पर्यटकको निष्कर्ष निकालेका छन् ।
अहिले मुलुकभित्र १० वटा पाँचतारे, २ वटा चारतारे र सयौं पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । अधिकांश होटलमा बुकिङ रद्द भएको र यसको प्रभाव महिनौंसम्म पर्ने सञ्चालकहरुले बताएका छन् । तत्कालका लागि पर्यटक नआए पनि विदेशी उद्दारकर्ता र पत्रकारले होटलहरु भरिएका छन् । तर, यिनीहरु केही समयपछि आफ्नो मुलुक फर्किने हुँदा होटलहरु लामो समय खाली हुने निश्चित देखिएको छ ।
विश्वका प्रमुख २५ पर्यटकीय गन्तव्येमा परेको काठमाडौं भूकम्पका कारण कुरुप बनेको छ । यहाँ भत्किएका ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि लामो समय लाग्नेछ । ऐतिहासिक धरोहरको अवलोकन गर्न आउने पर्यटक तत्काल नेपाल भ्रमणमा नआउने देखिन्छ ।
नेपालमा छिमेकी मुलुकहरु भारत र चीनबाट सबैभन्दा बढी पर्यटक आउने गर्छन् । यी दुई मुलुकका पर्यटक बढेपछि अहिले नेपाल बाह्रै महिना पर्यटकले भरिभराउ हुनेगर्छ । तेस्रो मुलुकका पर्यटक असोज, कार्तिक र मंसिर, फागुन, चैत र वैशाख महिनामा नेपाल भ्रमणमा आउने गर्छन् ।
भूकम्पका कारण तेस्रो मुलुकका पर्यटक महिनौं नेपाल नआउने देखिएको छ भने छिमेकी मुलुकका पर्यटक पनि ३/४ महिना नेपाल भ्रमणमा आउन डराउनेछन् । त्यसो त ऐतिहासिक संरचना पुनर्निर्माण नगरिए पर्यटकको आगमन पक्कै घट्ने छ ।
भूकम्पका कारण होटल क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । त्यसको साथै ट्रेकिङ, एक्स्िपडिसन, र्याफि्टङ, एयरलाइन्स लगायतको व्यवसाय पनि प्रत्यक्ष मारमा पर्ने भएको छ ।
भूकम्पका कारण विदेशी विमानले एयरपोर्ट जाम गरेपछि मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ । यसले गर्दा पनि पर्यटकहरुमा प्रत्यक्ष प्रभाव पारेको छ ।
वैशाख महिना बिहेवारी हुने समय हो । यो बेलामा तारे होटलमा धनाढ्य मानिसको भोज हुने गथ्र्यो । त्यो पनि भूकम्पसँगै सकिएको छ । ककटेल डिनर पार्टीहरु पनि रद्द भएका छन् । जसले गर्दा होटल सञ्चालकहरु घाटामा परेका छन् ।
अकल्पनीय घटनाले पर्यटन उद्योग प्रभावित बनाएको बताउँछन्, होटल संघका महासचिव शाक्य । ‘अहिले उद्दार तथा राहत टोली र पत्रकारले होटल भरिए पनि उनीहरु गएपछि होटल खाली हुनेछन्’ उनले भने- ‘हामी सरकार तथा सरोकारवाला निकायसँग छलफल गरेर समस्या छिटो समाधान गर्नेतर्फ केन्द्रित हुन्छौं ।’

