हात र खुट्टा दुवै नभएको तथा यौनांग समेत प्रष्ट नभएको बच्चा जन्मिएपछि त्यसले ठूलै तरंग उत्पन्न गरिदियो र त्यो अहिलेपनि चर्चाको विषय बनिरहेको छ, भारतमा ।
भारतको राजस्थानस्थित बिकानेर जिल्लामा यस्तो अनौठो बच्चाको जन्म भएको हो । हातखुट्टा नभएको र जिउ समेत विभिन्न खाले स्वास्थ्य समस्याले ग्रसित भएको उक्त बच्चा जन्मेको १ महिना भन्दा बढि भैसकेको छ ।
यो बच्चाको मेरुदण्ड भित्रको सुसुम्नामा समेत फोका अर्थात् सिस्ट रहेको र नाइटो भित्रको भागमा समेत समस्या रहेको डाक्टरहरुले बताएका छन् । तर अहिलेसम्म उसको मुटु, मस्तिष्क तथा पेटले राम्रै काम गरिरहेको हुँदा यो बच्चा बाँचेको छ ।
अझ अनौठो कुरा त के भने यो बच्चाको यौनांग समेत नभएकाले त्यो छोरो हो वा छोरी समेत पत्ता लगाउन सकिएको छैन ।
उक्त बच्चाकी आमाको सुत्केरी भएसँगै मृत्यु भएको थियो । प्रिन्स बिजय मेमोरियल अस्पतालका डाक्टरहरुले अहिले त्यो बच्चाको हेरचाह गरिरहेका छन् । बच्चाको बाउ तथा अन्य परिवार अहिलेसम्म अस्पतालमा नआएको बताइएको छ ।
डाक्टरहरुका अनुसार उक्त बच्चा टेट्रा एमेलिया नामको आनुवंशिक रोगबाट पीडित छ । यस्तो स्वास्थ्य समस्या लाखौँ मानिसमध्ये एक जनामा हुन्छ ।
अहिले बच्चालाई नलीबाटै दुध खुवाइएको छ । अझै दुइ हप्तासम्म बच्चा बाँचेमा उसको शल्यक्रिया गरी मूत्र निष्काशनलाई सहज बनाइने डाक्टरहरुले बताएका छन् ।
पंकज धामी, दार्चुला । बहुमूल्य जडिबुटीका रुपमा चिनिएको यार्शागुम्बु दार्चुलाका तीन दर्जन पाटनहरुबाट सङ्कलन गरिदै छ । चाइनिज क्याटरपिल फन्गसका रुपमा विश्वमा चिनिने यार्शागुम्बु यो वर्ष आधा दर्जन गाविसका तीन दर्जन पाटनमा टिपिन लागेको हो ।
अन्य वर्षहरु झै यो वर्ष पनि खण्डेश्वरीका धनसेरा, धरमधर, धानकुन्ने, अन्निखाना, बाथालेक, कालागाढ जस्ता पाटनहरुमा यार्शा सङ्कलन गर्न हजारौं सङ्कलकहरु पुगेका छन् । त्यसैगरी सितोलाका चाइमटेला, बङ्गे, ताल, दुदिसैन, सिद, भल्ल्या, फुल्टिपन, अफरे, स्याक्वाखानी र फापुमा पनि यार्शागुम्बु सङ्कलन गर्न दार्चुला र दार्चुलाबाहिरका सङ्कलकहरुको भीड लागेको सितोलाका स्थानीय मदन देउरुखीले जानकारी दिनु भएको छ ।
अन्य वर्षहरु झै यो वर्ष पनि खण्डेश्वरीका धनसेरा, धरमधर, धानकुन्ने, अन्निखाना, बाथालेक, कालागाढ जस्ता पाटनहरुमा यार्शा सङ्कलन गर्न हजारौं सङ्कलकहरु पुगेका छन् । त्यसैगरी सितोलाका चाइमटेला, बङ्गे, ताल, दुदिसैन, सिद, भल्ल्या, फुल्टिपन, अफरे, स्याक्वाखानी र फापुमा पनि यार्शागुम्बु सङ्कलन गर्न दार्चुला र दार्चुलाबाहिरका सङ्कलकहरुको भीड लागेको सितोलाका स्थानीय मदन देउरुखीले जानकारी दिनु भएको छ ।
राप्लाका यार्शा पाइने पाटनहरु दुदिवन, स्याङ्पा, स्याङ्दर्मा, तिल्छडे, घट्टेधार र नान्थामा पनि सङ्कलकहरु पुगेका छन् । दुदिवनमा राप्लाका स्थानीयबासीबाहेक अन्यलाई सङ्कलन गर्न दिइदैन भने यो क्षेत्रमा राप्लाका बासीका नातेदार भारतीय नागरिकलाई सङ्कलन गर्न दिइने तर नेपालीलाई नदिइने भन्दै बिरोध पनि हुने गरेको छ ।
त्यसैगरी बझाङ्सँग सीमा जोडिएको गुल्जर गाविसको धुलिलेक वा धनसेरा भनिने वनमा दार्चुलाका र बझाङ्का सङ्कलकहरु पुगेको गुल्जरका स्थानीय धनसिह धामीले बताउनु भयो । उता सबैभन्दा बढि यार्शागुम्बु पाइने घुसा गाविसको सत्गंगा, रोखा, लोलु, तालगाढ, बिसान जस्ता पाटनहरुमा पनि हजारौं सङ्कलकहरु पुगेको स्थानीयहरु बताउँछन् ।
व्याँस गाविसका अपि, नाम्पा, होलिङ्, बुदिगढा, पोला र हुम्दुम्लीमा पनि सयौं सङ्कलकहरु पुगेका छन् । व्याँसको अपि र नाम्पा पाटनमा स्थानीय सौका समुदायका नागरिकहरुबाहेक अन्यले यार्शा सङ्कलन गर्न नपाउने गरी स्थानीयले नियम बनाएका छन् । स्मरण रहोस् अपिनाम्पा संरक्षण क्षेत्रका २० गाविसमा गाउँ स्तरीय उपभोक्ता समिति गठन भई सक्दा पनि व्याँस गाविसमा समिति गठन हुन सकेको छैन ।
यी पाटनहरुमा वर्षौदेखि यार्शा सङ्कलकहरु जाने गरेको र वर्षैपच्छिे झैझगडा हुने गरेको घटनाहरु सार्वजनिक हुने गरेपनि यो वर्ष हालसम्म झैझगडा भएको खवर नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिगत वर्षहरुमा सीमाका कारण बिवाद हुने चाइमटेला, धुल्लेक क्षेत्रमा यो वर्ष विवाद भएको घटनाहरु पनि सार्वजनिक भएका छैनन् । केही वर्ष पहिले धेरै ठाउँहरुमा सीमा बिवाद हुने गरेका भएपनि हालका वर्षहरुमा सीमाना कै कारण खासै बिवाद हुने गरेको नपाइएको खार गाविस वडा नं ९ का स्थानीय तथा यार्शा सङ्कलक मानसिह ठगुन्ना बताउनु हुन्छ ,
यसै बिच यार्सा सङ्कलन गर्न जाने क्रममा आज एक जनाको मृत्यु भएको छ । दार्चुलाको हिकिला गाविस वडा नं.१ का ५० वर्षीय विरसिह बडालको हिकिला गाविस वडा नं ९ छाङ्का मेलामा आज मृत्यु भएको हो । मृतक बडालमा राप्लाको तिल्छोडे वनमा पेट दुख्ने, बान्ता हुने लगायत लक्षण देखिए पछि उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
यार्सा सङ्कलनका लागि सङ्कलन क्षेत्रमा सामल पु¥याएर घर फर्कने क्रममा बाटोमै बिरामी परेका बडालको आज विहान ६ वजे हिकिलाको छाङ्का मेलमा मृत्युभएको हो । मृतक बडालका तीन छोरा, तीन छोरी रहेका छन् । @ रेडियो नयाँ नेपाल,
source - > > http://www.newsabhiyan.com/archives/44774
शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ ।
किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ ।
यदि kidneyएउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।
नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।
उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ ।
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ adrenal_gland किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ ।
किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।
source - http://www.newsabhiyan.com/archives/36740
प्युठान । प्युठान नगरपालिका–१७ बस्ने २२ बर्षीय मधु थापाको ज्युदो माछा घाँटीमा अड्केर मृत्यु भएको छ । शनिवार झिमकु खोलामा माछा मार्ने क्रममा थापाले ज्युँदो माछा मुखमा च्याप्न खोज्दा माछा मुख भित्र छिरेर घाँटीमा अड्किएकोले उपचारको लागि स्वर्गद्धारी लाईफ केयर अस्पताल बाग्दुलामा लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।
source- http://www.newsabhiyan.com/archives/41032
अमेरिका । राती अबेर खाना खाने तथा रातको समयमा विभिन्न तयारी खानेकुरा खाने महिलाको स्वास्थ्यमा असर पर्न सक्ने एक अनुसन्धानले देखाएको छ ।
अमेरिकी अनुसन्धानकर्ताले गरेको अध्ययनले निश्चित तालिका अनुसार तथा बेलुकाको खाना छिटो खाने बानीले भविष्यमा हुनसक्ने स्तन क्यान्सरबाट बच्न सकिने बताएका हुन् ।
अध्ययनका अनुसार विहानको खाना र अर्को विहानको खाजाको बीचमा जति धेरै समय भयो त्यति नै स्तन क्यान्सरको जोखिम कम हुने छ ।
source- http://www.newsabhiyan.com/
मेक्सिको । मेक्सिकोको हिंसाग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा सेना तथा लागू पदार्थको गैरकानुनी रूपमा व्यापार गर्ने समूहबीच तीन घण्टासम्म गोली प्रहार हुँदा कम्तीमा ४२ व्यक्तिको मृत्यु भएको छ भने यसलाई यस क्षेत्रमा लागुपदार्थसम्बन्धी सबैभन्दा रक्तपातपूर्ण सङ्घर्षको रूपमा लिइएको छ । सशस्त्र अपराधीहरूले मिचोआकान राज्यको तान्हुआतोमा अवस्थित पशुफार्म नियन्त्रण लिएको सूचना प्राप्त भएपछि अधिकारीहरूले उक्त आक्रमण गरेको र आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको जानकारी उनीहरूले दिए ।
राष्ट्रिय सुरक्षा आयुक्त मोन्टे अलेजान्द्रो रुबिदोले ४२ अपराधीको शव फेला परेको र तीनलाई हिरासतमा लिइएको जानकारी दिए । रुबिदोले यो प्रारम्भिक सङ्ख्या भएको र अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा थप अनुसन्धान गर्दा यसमा वृद्धि हुनसक्ने बताए । उनले यस अपराधिक समूहको नाम दिनुभएन तर यो समूह जालिस्को क्षेत्रका भएको बताए । उक्त क्षेत्रमा न्यु जनेरेसन नाम गरेको शक्तिशाली सशस्त्र समूहको उपस्थिति रहेको छ र यस समूहलाई राष्ट्रपति एन्रिके पेना निएतोको प्रशासनले आक्रमणको लक्ष्य बनाएको छ । यो समूहले आफ्नो सम्पर्क एसियाका अन्य भागसम्म विस्तार गरेको छ र यसले अमेरिकासम्म लागु पदार्थको व्यापार गर्छ । यस समूहले मार्च तथा अप्रिल महिनामा दुई पटक आक्रमण गरी करिब २० प्रहरी अधिकारीको हत्या गरेको थियो ।
गत मे १ मा सरकारले यस समूहविरुद्ध अपरेसन जालिस्को सञ्चालन गरेको थियो । सोही दिन यस समूहले सात सैनिक तथा एक महिला प्रहरीको हत्या गरेको थियो भने रकेट बम प्रहार गरी एक सैनिक हेलिकप्टर झारिदिएको थियो । शुक्रबार गाडीमा रहेका बन्दुकधारीहरूले सुरक्षा सेनामाथि गोली चलाई उक्त पशुफार्ममा भागेपछि यो सङ्घर्ष आरम्भ भएको थियो । यस सङ्घर्षमा जमिनका सुरक्षाकर्मीलाई सुरक्षा दिन प्रहरी हेलिकप्टर परिचालन भएको थियो । यस पशुफार्म ११२ हेक्टरमा फैलिएको र त्यसमा घर तथा भण्डार पनि परेकाले यो समूहमाथिको कारवाही जटिल भएको बताइएको छ । यस सङ्घर्षमा भण्डारघर तथा छ गाडी जलेको बताइएको छ । गत वर्ष सेनाले गरेको एक आक्रमणमा २२ व्यक्तिको मृत्यु भएपछि सेनाले उक्त आक्रमण रोकेको थियो ।
पछि तीन सैनिकलाई यस विषयमा कारवाही भएको थियो । रुबिदोले शुक्रबारको सङ्घर्षपछि राष्ट्रिय मानव अधिकार कार्यालयका अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिए । अधिकारीहरूले आक्रमणपछि ३६ बन्दुक, एक रकेट प्रक्षेपक तथा गोलाबारुद फेला पारेका छन् । शुक्रबारको सङ्घर्षपछि एल सोल पशुफार्मलाई करिब ५०० सैनिक तथा प्रहरीले निगरानीमा राखेको बताइएको छ । गत नौ वर्षमा मेक्सिकोमा लागुपदार्थसम्बन्धी सङ्घर्षमा ८० हजार व्यक्तिको ज्यान गएको छ भने अन्य २२ हजार हराएका छन् ।
राष्ट्रपति पेना निएतोले सन् २०१२ मा पदभार सम्हालेपछि पश्चिमी क्षेत्रमा कडा सुरक्षा चुनौती भोग्नुभएको छ । सन् २०१३ मा ला बार्काको जलिस्को नगरमा एक आमचिहानबाट ६४ शव निकालिएको थियो र तन्हुआतो त्यसको नजिकै पर्छ । अप्रिल महिनामा न्यु जेनरेसनलले जालिस्को राजमार्गमा १५ प्रहरीको हत्या गरेका थिए । एक महिना अगाडि उनीहरूले पाँच प्रहरीको हत्या गरेका थिए ।
काठमाडौं । भूकम्पको बिनाश र विपत्ति झेलिरहेका गाउँ बस्तीमा क्रिश्चियन धर्म प्रचारकहरुले बाइबल भिडाउँदै धर्म परिवर्तन गर्नेलाई एक बोरा चामलको प्रलोभन देखाएका छन् । क्रिश्चियन धर्मका पादरीले चर्चभित्र ढोका थुनेर कपनको साततले लगायतका ठाउँमा निर्दोष सर्वसाधारणलाई मृत्युको मुखमा धकेलेको आरोप लागिरहेको बेला गाउँ गाउँमा बाइबल बोकेर धर्म प्रचारक हिँडेका छन् ।
क्रिश्चियन धर्म अँगालेमा एक बोरा चामल, एक कार्टुन चाउचाउ दिने प्रलोभन समेत ठाउँ ठाउँमा दिइएका समाचार आएका छन् । रामेछाप र दोलखाका कतिपय गाउँबाट धर्म प्रचारकलाई लखेटिएको छ । जनता विपत्तिमा परेका बेला पश्चिमाहरुले विपत्तिलाई बाइबल बाँड्ने अवसरका रुपमा प्रयोग गरेका छन् ।
कपनको साततलेमा पादरीले ढोका नथुनेको भए केही मान्छे बाँच्ने थिए । तर हामी प्रभुका भक्तलाई केही हुँदैन, सैतानलाई मात्र भूकम्पले मार्छ भन्दै कृष्ण नाम गरेका पादरी ढोका थुनेर भागेको घर लडेर पनि बाँचन सफल नन्दिनी कामीले बताइन् । कपनको सात तलेमा रहेको चर्चमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । साततले फेदैबाट ढलेको थियो ।
अन्यत्र पनि क्रिश्चियन धर्म प्रचारकहरुले विपत्तिको बेला जनतालाई थप पीडा दिने ढंगले धर्म प्रचार गरेपछि सरकारले समेत धर्म प्रचारका काम बन्द गर्न सूचित गरेको थियो । यही मौकामा घरबार बिहीन भएकाहरुलाई प्रलोभनमा पारेर क्रिश्चियन बनाउन पश्चिमा र केही कोरियनहरु नेपाल आएका छन् । उनीहरुले रामेछापमा स्वास्थ्य शिविरका नाममा धर्म प्रचार गरेपछि स्थानीयले लखेटेका थिए । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधी उपचारका नाममा स्वर्ग खुला छ भन्दै बाइबल हातमा थमाइदिए पछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको थियो ।
गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेर स्वास्थ्य शिविरमा औषधि होइन इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्वास्थ्य शिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गरिएको स्वर्ग खुला छ भन्ने ब्रोसर भिडाइएको थियो । सो ब्रोसर बाँड्नका लागि ठूला संस्थामा स्वयम्सेवीहरु समेत सो संस्थाले परिचालन गरेको थियो ।
त्यसमा सबैको रक्षा जिसस क्राइष्टले मात्र गर्न सक्ने सन्देश दिइएको सहभागीहरुले बताए । सबै खालका रोगको उपचार गरिने भनी प्रचार गरिएको सो शिविरमा जाँच गराउन जाने सबै बिरामीहरुलाई भिटाभिन बीका क्याप्सुलहरु दिइएको थियो । घण्टौं लाइन लागेर उपचार गराउन गएका बिरामीहरुको सामान्य प्राथमिक उपचार पनि नभए पछि उपचार गराउन जाने समेत आक्रोसित भएका थिए ।
उनीहरुले विपद्को बेलामा सहयोग गर्ने भनेर धर्म प्रचार गरिएको भन्दै आपत्ति जनाएपछि तामाकोशी सेवा समितिले शिविर स्थगन गर्न दबाब दिएको थियो । क्रिश्चियन धर्म प्रचारकहरु अहिले रामेछापका गाउँगाउँमा बाइबल र धर्म प्रचारका अन्य सामाग्री बोकेर सैतानले गर्दा भूकम्प आएको भन्दै सबैले इशाई धर्म अँगाल्ने हो भने विपत्ति नआउने भन्दै हिँडेको शिक्षक कमल सुनुवारले बताएको समाचार साँघु साप्ताहिकमा छ ।
source- http://www.newsabhiyan.com/archives/44913
· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् ।
· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् ।
· फेसबुक प्रयोगकर्ताले आफ्नो रिलेसनसिप स्टाटस परिवर्तन गर्ने दिनमा फेसबुक पोष्टमा हुने अन्तरक्रिया २ सय २५ प्रतिशतले वृद्धि हुन्छ । तर २८ प्रतिशत नवविवाहित महिला पुरुषले मात्र आफ्नो विवाह भएको केही घण्टाभित्रै फेसबुकमा रिलेसनसिप स्टाटस परिवर्तन गर्ने गरेको पाइएको छ । अर्थात् विवाह भैसकेपछि पनि फेसबुक प्रयोगकर्ताहरु आफ्नो सिंगल स्टाटस फेर्न तत्कालै रुचाउँदैनन् ।
· फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा धेरै ‘अनफ्रेण्ड’ गरिने साथीहरु स्कुल पढ्दाताकाका साथीहरु नै हुन् । किनकी उनीहरुले असम्बन्धित तथा ध्रुविकृत पोष्टहरु गर्दछन् ।
· अमेरिकामा १९.४ प्रतिशत जागिरेहरु उनीहरुको कार्यस्थलमा फेसबुक चलाउनबाट बञ्चित छन् । ३० प्रतिशत अमेरिकीले भने अफिसमा काम गरिरहेको बेलामा समेत फेसबुक चलाइरहन्छन् ।
· सबैभन्दा धेरै फेसबुक फ्यान भएको टेलिभिजन शो ‘दी सिम्पसन’ हो । यो एनिमेटेड कार्टुन शो को फेसबुक पेजमा ६ करोड ९६ लाख फ्यान रहेका छन् । बढि फ्यान भएका टेलिभिजन शो मा दोश्रोमा मिस्टर बिन र तेश्रोमा स्पोन्जबब रहेका छन् ।
· फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् ।
· विश्वमा सबैभन्दा धेरै सक्रिया फेसबुक प्रयोगकर्ता रहेको देश क्यानडा हो । अमेरिका र क्यानडामा गरी फेसबुक दैनिक प्रयोगकर्ताको कुल संख्या १५ करोड ७० लाख रहेको छ ।
· एसिया महादेशमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २५ करोड ३० लाख रहेको छ । तर विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा भने फेसबुक प्रतिबन्धित रहेकेा छ ।
१० जेठ, काठमाडौं । गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६४८ पुगेको छ । मृतकमध्ये महिला ४ हजार ७६३ र पुरुष ३ हजार ८७९ छन् । ६ जनाको लिंग पहिचान नभएको सूचना विभागले जनाएको छ ।
मृतकमध्ये ८ हजार ६१७ शव आफन्तको जिम्मा लगाइएको छ । भूकम्पमा २२ हजार ५३ जना घाइते भएका छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । यसैगरी २२९ जना नेपाली नागरिक र ८० जना विदेशी नागरिक वेपत्ता भएका छन् ।
सर्बसाधारणका ५ लाख २२३ घर पूर्णरुपमा र २ लाख ६९ हजार १५९ घर आंशिकरुपमा क्षति भएका सूचना विभागले जनाएको छ ।
source-onlinekhabar.com
source-onlinekhabar.com
१० जेठ, बुटवल । बुटवल-बेलहिया ६ लेनको व्यापारिक सडक निर्माणमा अवरोध पुर्याएका राजमार्ग चौराहा क्षेत्रका १० घर डोजर प्रयोग गरी भत्काइएको छ ।
बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठदेखि माओवादी नेता प्रकाश श्रेष्ठलगायतका घर भत्काइएको छ ।
बुटवलमा नाम चलेका व्यक्तिहरुले नै नियम मिचेर घर बनाएका थिए । घर भत्काउन स्थानीय प्रशासनले गरेको आग्रह उनीहरुले अटेर गर्दै आएका थिए ।
बुटवलको चौराहादेखि तिलोत्तमा नगरपालिकाको जानकीनगरसम्म ७२ घर सडकको मापदण्ड बिपरित रहेकाले ती सबै हटाइने सडक परियोजना संयोजक विरेन्द्र महासेठले अनलाइनखबरलाई बताए । ८२ फिट भित्र रहेका सबै घरहरु एक हप्ताभित्रै भत्काइने महासेठले बताए ।
व्यापारिक मार्गको बुटवल चौराहामा सडकको दायाँ र बायाँ रहेका सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रकाश श्रेष्ठ, मथुरा ध्वजु, जयबहादुर गुरुङ, कुलबहादुर श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, चमेलीदेवी श्रेष्ठ र अन्य २ जनाका घर छन् ।
डोजर चलिरहदा केहि घरधनीले हारगुहार गरेका थिए । उनीहरुलाई आफै घर भत्काउन ७ दिनको म्याद दिइएको छ । स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयसँग उनीहरुले आफै घर भत्काउने लिखित सहमति गरेका छन् ।
‘७ दिनमा हामी आफै हाम्रो घर तथा भवन भत्काउनेछौं, नभत्काए पुनः डोजर चलाउन अवरोध गर्ने छैनौं,’ सहमतिपत्रमा उल्लेख छ ।
– कपिल ज्ञवालीबाट
source- onlinekhabar.com
११ जेठ, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका अपहरण मुद्दाका दुईजना कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने कैदीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका पुष्पराज श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला हगाम गाविस–५ का ठूलो सगुन श्रेष्ठ रहेका छन् ।
अपहरण मुद्दामा कैद तोकिएका कैदी, बन्दीलाई महाशाखाको टोलीले खोजी गर्दा निजहरुलाई शनिबार महाशाखाले पक्राउ गरिएको र हाल महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको तथा सिन्धुपाल्चोक कारागार पठाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, भूकम्पका कारण घर भत्किएर बन्द रहेको थिमिको तछुटोलबाट सुङ्गा टोल जाने बाटो ओसला नेपालको सक्रियतामा खोल्न सफल भएको छ ।
मध्यपुर थिमि–१४ निवासी हिरासुन्दर श्रेष्ठको चारतल्ले घर भूकम्पका कारण पूर्ण रुपमा भत्किँदा उक्त बाटो बन्द भएको थियो । बाटो बन्द हुँदा त्यस क्षेत्रमा आवातजावत गर्ने स्थानीय बासिन्दा र सवारीसाधनसमेत चल्न नसकेपछि निकै सास्ती भएको स्थानीयवासी रामसुन्दर श्रेष्ठले बताए ।
ओसला नेपालको सक्रियतामा तीन दिन निरन्तर सफाइ गर्न सहयोग गरेपछि आइतबार बिहानदेखि बाटो खुल्ला भएको र स्थानीय बासिन्दालाई हिँड्डुल गर्न सहज भएको घरधनी हिरासुन्दर श्रेष्ठले जानकारी दिए ।
ओसला नेपालले भूकम्पका कारण क्षति भएका सार्वजनिक स्थलहरु सफा गर्ने, बाटो बन्द रहेका अवस्थामा बाटो खोल्न पहल गर्ने र भूकम्पपीडितका लागि राहत वितरणमा सहयोग गर्दै आएको संस्थाका रोशन वज्राचार्यले जानकारी दिए । रासस
मोडलले लगाएको वन पिस पहिरनको डिजाइनमा चन्द्र र सूर्य प्रयोग गरिएको छ । फेसबुकमा यो तस्बिर राखेर नेपालको राष्ट्रिय झण्डाको बेइज्जत गरिएको भन्दै आक्रोश पोखिएको छ ।
पोखरामा शुक्रबार बेलुकी आयोजना गरिएको ‘परिचय नाइट’मा मोडलले यस्तो पहिरन लगाएकी हुन् । डिजाइनरले मोडलको कम्मर मुनिको भाग छोप्नका लागि चन्द्र र सूर्य अंकित पहिरन प्रयोग गरेपछि यसको आलोचना भएको हो ।
आयोजक मध्येकी एक श्रृती गुरुङले डिजाइनर मोहन खड्काले सुरुवातमा आफूहरुलाई अन्य डिजाइन देखाएको बताइन् । उनले भनिन्-‘सुरुमा अर्कै डिजाइन देखाइयो । तर, पछि मोडल र्याम्पमा आएपछि पहिरन परिवर्तन गरिएको रहेछ ।’ उनले आफू आयोजक भएको नाताले माफी माग्ने पनि बताइन् । उनले भनिन्-‘आयोजक भएको नाताले हामीले माफी माग्नुपर्छ । यो गल्ती भयो ।’
यस्तै, फेशन शोका कोरियोग्राफर नविन शाक्यले पनि यसमा आफूहरुको गल्ती भएको बताए । उनले आफू कोरियोग्राफर मात्र भएकाले यस बिषयमा जानकारी नभएको बताए । यो पहिरन डिजाइन गर्ने मोहन खड्काको भने अहिले मोबाइल अफ छ । यसकारण उनीसँग सम्पर्क हुन सकेन ।
भूकम्प पीडितहरुका लागि रकम संकलन गर्ने उद्देश्यले फेसन शोको आयोजना गरिएको हो । १० वटा थिममा मोडलहरु र्याम्पमा उत्रिएका थिए । यो फेशन शोको आयोजना ‘आइएफसी’ले गरेको हो ।
कार्यक्रमबाट भएको सम्पूर्ण फाइदा रकम भूकम्पबाट प्रभावितहरुका लागि नै खर्च गर्ने कोरियोग्राफर नविन शाक्यले अनलाइनखबरसँग भने ।
source- onlinekhabar.com
अहिले बलिउडमा कसैको चर्चा छ त, कंगना रणावतकै छ । चलचित्र ‘क्विन’ हिट भएपछि चम्किएकी कंगना ‘तन्नु वेड्स मन्नु रिटन्र्स’को सफलताले झनै उचाइमा पुगेकी छिन् ।
यो चलचित्रले २ दिनमा नै २२ करोडको व्यापार गरिसकेको छ । यसैले पनि अहिले बलिउडमा कंगनाको तुलना खान नायकहरुसँग हुन थालेको छ ।
उनै कंगनाले २ करोडको एक विज्ञापन प्रस्ताव अस्विकार गरेकी छिन् । एक क्रिमले उनलाई २ करोड दिएर विज्ञापनमा अभिनयका लागि अफर गरेको थियो । तर, कंगनाले आफूलाई क्रिमको विज्ञापन खेल्न रुची नभएको भन्दै अस्विकार गरेकी हुन् ।
आफूले विश्वास नगर्ने सामाग्रीमा खेलेर दर्शकलाई धोका दिन नचाहेको कंगनाको भनाई छ । उनका अनुसार मानिसको सुन्दरता अनुहारमा हुँदैन ।
आफूले क्रिमको विज्ञापन खेल्दा कालो बर्ण हुने करोडौ मानिसलाई होच्याएको हुने उनको भनाई छ । आफू कलाकार भएका कारण पनि आफूमा समाजप्रती उत्तरदायित्व भएको कंगनाले बताएकी छिन् ।
यो नाइन ए साईड प्रतियोगिता लिग कम नकाउटका आधारमा खेलाईएको थियो ।२७ प्रतिस्पर्धीहरुले भाग लिएको यस प्रतियोगितामा मुख्य र भेट्रान गरी दुर्इ भागमा विभाजन गरी खेलाईएको थियो । भेट्रानतर्फ भने केन्ट एफसीले हनकन (ज्यलन प्यलन) यूकेलाई हराएको थियो ।
तमु धीं यूकेले वर्षेनी गोर्खा कप आयोजना गर्दै आएको छ । कार्यक्रमबाट यसवर्ष नेपालमा गएको भुकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्ने तम धीं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे ) ले जानकारी दिए ।
बेलायतका अलडरसट, केन्ट, फोक्सटन, रिडिङ, फार्नबरो, हेस्टिङस र लण्डन लगायतका बिभिन्न स्थानबाट चार हजार भन्दा बढी नेपलीहरु कार्यक्रम हेर्न आएका थिए । कार्यक्रममा नेपाली परम्परागत झल्किने सांस्कृतिक कार्यक्रमका साथै नेपाली परिकारका स्टलहरु पनि राखिएका थिए ।
११ जेठ, काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको च्याम्पियन बनेको छ ।
कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनल भिडन्तमा चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दियो ।
मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसको सुरुवात भने खराव थियो । ओपनर पार्थिव पटेल खाता नै नखोली आउट भए ।
तर, कप्तान रोहित शर्मा र लेन्डल सिमोन्सले मुम्बईको पारी सम्हाले । सिमन्स र शर्माले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । रोहितले २६ बलमा ६ चौका र दुई छक्काको मदतमा ५० रन बनाए । उनलाई ब्राभोले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।
सिमोन्स पनि लगतै आउट भए । उनलाई ड्वेने स्मिथले बोल्ड गरे । ४५ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा ६८ रन बनाए ।
किरन पोलार्ड र अम्बाती रायडूले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । पोलार्डले १८ बलमा दुई चौका र तीन छक्काको मदतमा ३६ रन बनाए । २६ बलमा ३६ रन बनाएका राडयू अविजित रहे ।
जवाफमा चेन्नईले भने २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो । उसको सुरुवात खराव रह्यो । २२ रन हुँदा पहिलो विकेका रुपमा माइक हसी व्यक्रिगत चार रनमा आउट भए ।
ड्वेन स्मिथ र सुरेश रेनाले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । तर, १२ औं ओभरमा स्मिथ ५७ रनमा आउट हुँदा चेन्नईका लागि आवश्यक रन रेटप्रति ओभर १४ कटिसकेको थियो । स्मिथले ५७ रन बनाए । सुरेश रैना २८ रनमा हरभजन सिंहको सिकार भए ।
ड्वेन ब्राभो ९ र कप्तान महेन्द्र सिंह धभोनी १८ रनमा पभेलियन फर्किए । मुम्बईका मिचेलले ३ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले समान २–२ विकेट लिए ।
बार्सिलोना : उपाधि जित्न नसके पनि स्पेनिस ला लिगाको अन्तिम खेलमा रियल म्याड्रिडले गेटाफेलाई ७-३ गोलको फराकिलो अन्तरले हराएको छ।
अन्तिम खेलमा ह्याट्रिक गर्दै रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने जारी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले जारी सिजनमा गरेको यो आठौं ह्याट्रिक हो।
रोनाल्डोको यो सिजनमा गरेको गोल संख्या ६१ पुगेको छ। उनले कुनै पनि सिजनमा गरेको यो सर्वाधिक गोल हो। यसअघि उनले सन् २०११/१२ सिजनमा ६० गोल गरेका थिए।
उनले ला लिगामा मात्र यो सिजन ४८ गोल गरे। रियलको चिरप्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसीले जारी सिजनको लिगमा गरेको भन्दा ३० वर्षीय रोनाल्डोले पाँच गोल बढी गरे।
रोनाल्डोको ह्याट्रिकको मद्दतले नै रियलले पहिलो हाफमा गेटाफेलाई ३-३ को बराबरीमा रोकेको थियो। उनले निर्धारित समयको १३ औं, ३२औं र ३४औं मिनेटमा गोल गरे।
गेटाफेका लागि भने २३औं मिनेटमा सर्जियो स्कुडेरो, २६औं मिनेटमा डिएगो क्यास्ट्रो र ४२औं मिनेटमा मेहदी लासेनले एकएक गोल गरेका थिए।
खेलको दोस्रो हाफमा रियलले चार गोल थप्यो। ४७औं मिनेटमा जोभियर हर्नान्डेजले रियलको अग्रतलाई ४-३ बनाए भने ५१औं मिनेटमा जेम्स रोड्रिगुएजले टोलीका लागि पाँचौं गोल गरे।
यसैगरी ७१ औं मिनेटमा जेसी रोड्रिगुएजले छैटौं र निर्धारित समयको अन्तिम मिनेटमा मार्सेलोले सातौं गोल गरे। खेलका क्रममा रोनाल्डो स्थानमा मार्टिन ओडेगार्ड परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
१६ वर्षीय मार्टिन ला लिगा खेल्ने रियलका सबैभन्दा कम उमेरका खेलाडी पनि बने। उनी गत जनवरीमा रियलमा आबद्ध भएका थिए। ला लिगाको उपाधि भने बार्सिलोनाले यसअघि नै जितिसकेको छ। बार्सा आफ्नो अन्तिम खेलमा डेपोर्टिभो ला कोरुनासँग २-२ गोलको बराबरीमा रोकियो।
बार्साका लागि दुवै गोल मेसीले गरे। बार्साको घरेलु मैदानमा ला कोरुनाका लागि भने लुकास पेरेज र डिएगो सालोमाओले एकएक गोल गरे।
अन्तिम चरणको खेलको समाप्तिपछि उपाधि विजेता बार्साको अंक ९४ पुग्यो। दोस्रो भएको रियलले ९२ र तेस्रो स्थानमा आसिन साबिक विजेता एट्लेटिको याड्रिडले ७८ अंक हात पारे।
यसैगरी ७६ अंकसहित पाँचौं भएको सेभिल आगामी सिजनको युरोपा लिगका लागि छनोट भयो भने ६० अंकसहित छैटौं भएको भिल्लारियलले युरोपा लिगका लागि प्लेअफ खेल्नुपर्ने भयो।
अन्तिम खेलमा सेभिलले मालागालाई ३-२ गोलले हरायो। भिल्लारियल भने अन्तिम खेलमा एथलेटिक बिल्बाओसँग ४-० गोलले पराजित भयो। बिल्बाओ ५५ अंकसहित सातौं भयो।
ईबर, अल्मेरिया र कोर्डोबा भने ला लिगाबाट रेलिगेसनमा परे। ३५ अंकसहित ईबर १८ औं, ३२ अंकसहित अल्मेरिया १९ औं र २० अंकसहित कोर्डोबो अन्तिम स्थानमा रहे।
ईबरसँग समान अंक भए पनि गोल अन्तरका आधारमा ला कोरुना (१६औं) र ग्रानडा (१७औं) भने रेलिगेसनमा पर्नबाट जोगिए। आफ्नो अन्तिम खेलमा ग्रानडाले एट्लेटिकोलाई गोलरहित बराबरीमा रोक्यो।-एजेन्सी
जनकपुरधाम: जनकपुर क्षेत्रमा विगत दुईवर्ष देखि बढेको मोटरसाईकल चोरीको घटनामा चिकित्सक देखि नाबालकसम्मको संलग्नता रहेको खुलासा भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि मोटरसाईकल चोरीमा संलग्न एक चिकित्सक र दुई नाबालिक सहित ८ जनालाई सार्वजनिक गरिएको हो।
चोरहरुको गिरोह बनाई सानो नाईके, डिलर, दलाल र विक्रेता मार्फत जनकपुर नगरक्षेत्रबाट मोटरसाईकल चोरी गरि भारतमा बिक्री गर्ने गरिएको प्रहरी उपरिक्षक गणेश बहादुर थापाले बताए।
पहिलो चरणमा मोटरसाईकल चोर्नेहरु नाबालकहरु र कम उमेरका युवकहरु रहेका र उनीहरुले चोरी गरेपछि सानो नाईकेले मोटरसाईकल लुकाउने, डिलरले दलाल मार्फत ग्राहक खोज्ने र पछि भारतमा लगेर बिक्रि गर्ने गरिएको थापाले बताए।
चोरीमा संलग्न अधिकांश व्यक्तिहरु मोटरसाईकल ग्यारेजमा काम गर्नेहरु रहेको छन्। प्रहरीले लामो समयदेखि यस गिरोहलाई पक्राउ गर्ने प्रयास गरिरहेको क्रममा एक साता भित्र ७ वटा मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा १७ वर्षीय कमल ठाकुर, १७ वर्षिय शिवराज श्रेष्ठ, २६ वर्षीय बाबुजी यादव, २४ वर्षीय अनिल कुमार साह, २४ वर्षीय जितेन्द्र साह, ४० वर्षीय चिकित्सक शैलेन्द्र मिश्र, ३० वर्षीय सरोज यादव र २८ वर्षीय बिक्की साह रहेका छन्।
पक्राउ पर्नेमध्ये चिकित्सक शैलेन्द्र मिश्राले चोरीको मोटरसाईकलहरु लुकाउने र बिक्रिको लागि ग्राहक खोज्ने जस्ता काम गर्दै आएका थिए भने नाबालिक कमल र शिवराजले लक तोड्ने र पार्टपुर्जा तथा मोटरसाईकल बिक्रि गर्ने काम गर्दै आएका थिए।
उनीहरुले संचारकर्मी विरेन्द्र रमणको ज ५ प ७६३ नम्बरको च्यासिस मोटरसाईकल सम्पूर्ण पार्टपुर्जा बिक्री गरेर सोकर र सिट भएको अवस्थामा फेला परेको थियो।
त्यसैगरी ज३प १३४१ नम्बरको प्यासन प्रो, ज २१ प ६३०५ नम्बरको पल्सर १५० सिसि, ज३प ५८३६ नम्बरको पल्सर १५० सिसि, बा ४७ प १५२० नम्बरको यामाहा जिटुयस, ज५प ५३५२ होन्डा एनएक्सजि, ज४प ९०१२ नम्बरको साईन, ज७प ६०१ नम्बरको मोटरसाईकल बरामद गरिएको हो।
source- onlinekhabar.com
काठमाडौं: सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्याका गरेका छन्। उनले आइतबार राती ज्ञानेश्वरस्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका हुन्। उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेको र नोटसँगै पाँच लाख रुपैयाँ भेटिएको प्रहरी स्रोतले जनाएको छ। ' किरिया खर्च पाँच लाख रुपैँया प्रधानमन्त्री राहत कोषमा दिनु' भनेर उनले सुसाइड नोटमा उल्लेख छ।
प्रहरी स्रोतका अनुसार उप्रेती आफूले आत्महत्या गर्नुको दोष नेपाल बारलाई दिएका छन्। बारले अवकाश प्राप्त न्यायाशीशहरुले सर्वोच्चमा कुनै पनि किसिमको अभ्यास गर्न नपाउने निर्णय गरेपछि न्यायाधीश उप्रेतीले असन्तुष्टि जनाएको सुसाइड नोटमा उल्लेख छ।
सुसाइट नोटमा उनले आफ्नो लास नजलाउन, परीक्षणका लागि चिकित्सकलाई दिन भनेर उल्लेख छ। उप्रेतीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
६४ वर्षीय बरिष्ठ अधिवक्ता रहेका उप्रेतीले झन्डै ३५ वर्ष वकालत गरेका थिए। उनले सर्वोच्चमा करीब ५ वर्ष न्यायाधीशको रुपमा काम गरेका थिए। नेपाल ल क्याम्पसमा 'कर्पोरेट ल'का प्रध्यापन गरिसकेका उनी 'कर्पोरेट ल' का विज्ञ मानिन्छ।
कोलम्बो : श्रीलंकाको खेलकुद मन्त्रालयले यहाँको राष्ट्रिय महिला क्रिकेट टोलीका केही खेलाडीलाई टोलीमा पर्न बोर्ड पदाधिकारीले आफूसँग यौनसम्पर्क राख्नुपर्ने सर्त अघि सारेको खुलासा गरेको छ।
मन्त्रालयले बनाएको एक छानबिन समितिले महिला खेलाडीलाई यौनसम्पर्कका लागि बोर्ड पदाधिकारीले बाध्य बनाएको प्रमाण फेला परेको समाचारमा जनाइएको छ।
आफ्ना केही पदाधिकारीले महिला क्रिकेटरलाई राष्ट्रिय टोलीमा पर्न यौनसम्पर्कको लागि बाध्य बनाएको आरोप लागेपछि श्रीलंकाली क्रिकेट बोर्डले गत नोभेम्बरमा छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा महिला खेलाडीलाई यौनसम्पर्कको प्रस्ताव राखिएको आरोप सत्य भएको उल्लेख गरिएको छ।
'छानविन समितिले श्रीलंकाली क्रिकेट बोर्डका महिला व्यवस्थापन समितिका केही सदस्यले राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाई यौनसम्पर्कका लागि बाध्य बनाएको प्रमाण फेला परेको' श्रीलंकाको खेलकुद मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले दोषी व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने पनि स्पष्ट पारेको छ।
गत अक्टोबरमा श्रीलंकाको एक अखबारले सिनियर महिला खेलाडीलाई उद्घृत गर्दै बोर्ड पदाधिकारीले टोलीमा पर्ने भए आफूसँग यौनसम्पर्क राख्नुपर्ने प्रस्ताव तेर्स्याएको खुलासा गरेको थियो।
ती सिनियर खेलाडी राष्ट्रिय टोलीबाट फालिएकी थिइन्। उनको आरोप थियो, 'बोर्ड पदाधिकारीको त्यस्तो अनुचित प्रस्ताव स्वीकार नगरेकाले म टोलीमा परिनँ।'
श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीले गत बुधबार वेस्ट इन्डिजसँग ३-१ ले एकदिवसीय शृंखला गुमाएको थियो। -एजेन्सी
काठमाडौं : संसद्को विपद् व्यवस्थापन तथा अनुगमन विशेष समितिले राहत नपुगेका ठाउँ पहिचान गर्दै ती स्थानमा पाँच दिनभित्र राहत पुर्याउन सरकारलाई निर्देशन दिएको छ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा उपसमिति बनाएर अनुगमन गरेको विशेष समितिले काठमाडौंसँग जोडिएका नगरपालिकाका अधिकांश स्थानमा समेत राहत नपुगेको जनाएको छ।
समितिले भक्तपुरका महामञ्जुश्री, सूर्यविनायक, अनन्तलिंगेश्वर, चाँगुनारायण, मध्यपुर र भक्तपुर नगरपालिकाका अधिकांश स्थानमा राहत नपुगेको जनाएको छ।
ललितपुरका देवीचौर, घुसेल, माल्टा, प्युटार, आश्राङ, गिम्दी, ठूलादुर्लङ, चन्दनपुर, कालेश्वर, गोटीखेल, मानीखेल, बुखेल, इकुसहित २३ वटा गाविस, सिन्धुपाल्चोकका सडकमार्गसँग नजोडिएका गुम्हा, बरुवा, तातोपानी, फूलबिङकट्टी, मारमोङ, मोताङ, भोरथली, हजाम पाल्टाङ र गोल्छेमा पनि राहत नपुगेको समितिको ठहर छ।
सभामुख सुवास नेम्बाङ सभापति रहेको विशेष समितिले काभ्रेका डाँडापारिका १२ गाविस, कोसीपारिका १७ गाविस, भकुन्डेबेसीभन्दा माथिको फूलबारी गाविसको दलित बस्ती र चण्डेनी गाविसको १ र ३ नम्बर वडामा पनि राहत नपुगेको स्पष्ट पारेको छ।
समितिले दोलखाका बेगु, आलप्पु, चिलङ्खा, खोपाटागु, लामाबगर, गौरीशंकर, थारे, वराङ, सुरी, चंखु, मार्व र घ्याकुमा थोरैमात्र राहत पुगेको जनाउँदै रामेछापका प्रीति, भुजी, लखनपुरलगायत दुर्गम गाविसमा तत्काल राहत पुर्याउन सरकारलाई निर्देशन दिएको छ।
सिन्धुलीमा बाटोको अभाव र दूरदराजका हरिहरपुर, पीपलमाडी, अमले, रामपुर, शान्तेश्वरीलगायत गाविस र कमलामाई नगरपालिकाका १ र ९ नम्बर वडामा राहत पुग्न नसकेको समितिले जनाएको छ।
गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केजौरा, उहिया, गुम्दा, लापु, मान्वु, कासीगाउँ, मकवानपुरका नाम्टार, आग्रा, पालुङसहित ९ गाविस तथा हेटौंडा नगरपालिका ९ तथा नुवाकोटका गोरस्याङ, हल्लेकालिकालगायत २५ गाविसमा न्यून राहत पुगेको समितिले जनाएको छ।
संसद्ले भूकम्पको सामना गर्न साझा संक ल्प प्रस्ताव पारित गर्दै सरकारलाई निर्देशन दिएको थियो। सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनको अनुगमन गर्न सभामुखको सभापतित्वमा विशेष समिति गठन भएको थियो।
'राहत र उद्धार कहीं पुग्दैपुगेन, कहीं अपर्याप्त देखियो', एमाले उपमहासचिव एवं समितिका सदस्य विष्णु पौडेलले भने, 'राहत नपाएका जनतामा आक्रोश बढ्दै गएको छ। सरकारले जतिसक्दो चाँडो राहत पुर्याउनुपर्छ।'
१४ वटा समितिको प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले भने, 'अब १४ जिल्लामात्र नभएर नेपाल नै पूर्ण जोखिममा रहेको उदाहरण कालीगण्डकीमा आएको पहिरो हो।
सरकारले सोहीअनुसार उद्धार, राहत, पुर्नस्थापना र पुनर्निर्माण गर्नुपर्यो।' केन्द्रदेखि जिल्लासम्म रहेको समन्वयको अभाव मूल समस्या रहेको महराले बताए। उनले भने, 'अझै उद्धार र राहत दिन नसकेकाले जनता डर र त्रासमा छन्।'
एमाले उपाध्यक्ष भीमबहादुर रावलले भूकम्प व्यवस्थापन रणनीति २०६६ र राष्ट्रिय सुरक्षा नीति अघि बढाउँदै आउने विपत्को सामना गर्नुपर्ने बताए।
सरकारलाई निर्देशन दिन बसेको विशेष समितिको बैठकमा सरकारका तर्फबाट कोही पनि उपस्थित नभएपछि बैठक एक घन्टा स्थगित भएको थियो।
कानुनमन्त्री नरहरि आचार्य उपस्थित भएपछि बैठक सञ्चालन भएको थियो।
source- annapurnapost.com
धरान: शनिबार राति आएको हावाहुरीका कारण रूखले किचेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एकजना डाक्टरको घटनास्थलमै मृत्यु भएको छ। एनाटोमी विभागमा कार्यरत डा. रञ्जना देवकोटाको प्रतिष्ठान हाताभित्रै रहेको शिरीषको रूखले किचेर मृत्यु भएको हो।
राति ९ बजे ड्युटी सकेर क्वार्टरतर्फ जाँदै गरेकी रञ्जनालाई प्रतिष्ठानको साइकेटिक वार्डपछाडिको बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि ढलेको रूखले किचेको थियो। ठूलो रूखले रञ्जनालाई टाउकोमा किचेर घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए।
प्रतिष्ठानमै एमबीबीएस अध्ययन गरेकी डा. रञ्जना प्रतिष्ठानमा जुनियर रेसिडेन्ट पदमा कार्यरत थिइन्। गोरखा घर भएकी डा. रञ्जनाकी बहिनी अञ्जना पनि प्रतिष्ठानमै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन्।
रञ्जनाको शव आइतबार बहिनी अञ्जनाले बुझेर प्रतिष्ठानकै चिकित्सकको सहयोगमा गोरखा लगिएको छ। वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बीपी प्रतिष्ठान धरानको अस्पताल र धेरैजसो आवासगृहमा क्षति पु:याएपछि प्रतिष्ठान हाताभित्र रहेका बूढा र ठूला रूख काट्न चिकित्सकहरूले अस्पताल प्रशासनसँग माग गरेका थिए।
तर समयमा अस्पताल प्रशासनले प्रतिष्ठानका बूढा रूख नकाटेका कारण डा. रञ्जनाले ज्यान गुमाउनुपरेको प्रतिष्ठानको डा. बीएन यादवले बताए।
शनिबारको घटनापश्चात् प्रतिष्ठानका चिकित्सक र कर्मचारीले प्रतिष्ठानको सबै रूख काटेर बाटो खाली गर्न माग गरेका छन्।
सन्नी केही समय अघिदेखि मुम्बईमा घर किन्ने योजनामा थिईन् । केही ठाउँमा घर किन्न खोजेपनि छिमेकीले अवरोध गरेका थिए । उनी अलि बढी पैसा तिरेर भएपनि घर किन्ने योजनामा थिईन् । तर, पाएकी थिईनन् ।
घर मालिक्नी सेनिलाले सन्नीले भाडामा बस्न थालेपछि बाथरुमको सेटिङ भत्काएर अर्को बनाएकाले घरको स्वरुप बिगि्रएको आरोप लगाएकी छिन् ।
पछिल्लो समय बलिउडमा सन्नीको आलोचना गर्नेहरु बढेका छन् । केही राजनितीक संगठनले सन्नीलाई देश निकाला गर्नुपर्ने कुरा गरिरहेको बेला डेरावाट समेत निकालिनु परेपछि उनी अहिले मुम्बई स्थित एक होटलमा बस्दै आएकी छिन् ।
रियालीटी शो बिग बोसवाट बलिउडमा प्रवेश गरेकी सन्नीले रागीनी एमएमएस, कुछ कुछ लोचा है लगायतका फिल्ममा काम गरेकी छिन् ।
मुम्बई । मुम्बइको गोरेगाउँस्थित फिल्मसिटीमा अभिताभ बच्चनको सुटिङ हुँदै गरेको ठाउँमा गोली चलेको छ । सुटिङ भईरहेको ठाउँमा मोटरसाईकलमा आएका दुइजनाले गोली चलाउँदा सुरक्षा एजेन्सीका मालिक गम्भिर घाइते भएका छन् ।
घटना भए लगत्तै अमिताभ बच्चनले ट्वीट गर्दै भनेका थिए ‘गिरोहको गोलवारीमा एकको मृत्यु ।’ भारतीय प्रहरीका अनुसार मुम्बईको लोकपि्रय सुटिङस्थलमा करिब दिउँसो दुई बजे गोली चलेको थियो ।![amitabh-and-jaya](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_s7m-Obxs_uG58Ql5RuoTcwNiWpwtZDa7fNykaZQzytMNp5BXwpxFuhkBa5aROSkaqtA5PAnUaAJGQdCHoCbFXYv7BjeYGHUmfD2-Sigp14Sf_FfSBf5vqJrsXSYrCwqaAs22eTOM9H6dspBe4KKA=s0-d)
गोलीकाण्डमा सुरक्षा एजेन्सी मालिक राज सिन्धेलाई दुई ठाउँमा गोली लागेको छ । उनको नानावति अस्पतालमा उपचार भईरहेको छ । सिन्धे शिबसेनाको फिल्म एकाई ‘चित्रपट सेना’ का पदाधिकारी पनि हुन् ।
महोत्तरी, जेठ ८ – रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान गौशाला नगरपालिका–६ विर्तामा दाजुभाइबीचको विवादित जग्गामा रहेको मसलाको रुख काट्ने विषयमा झडप हुँदा ३५ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय मोहन साह घाइते भएको हो । टाउकोमा गम्भीर चोट लागेको रमेशको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए । यता समान्य घाइते भएका मोहनको गौशालास्थित नविन जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
काठमाडौं,जेठ ९ – उच्च मावि शिक्षा परिषद्ले कक्षा १२ कबो परीक्षा यही जेठ २० गते सञ्चालन गर्ने सार्वजनिक गरे पनि उपत्यकाका भूकम्प पीडित विद्यार्थीले आफूहरु मानसिक र शारीरिक रुपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् ।
प्लसटु स्वतन्त्र विद्यार्थी आन्दोलनका संयोजक प्रकाश थापाको नेतृत्वमा विद्यार्थीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै भुइँचालोका कारण धेरै विद्यार्थीको घर परिवारमै क्षति पुगेकाले तत्काल परीक्षा अवस्था नरहेको जनाए ।
‘मेरो घर भत्केको छ । क्षतिपूर्ति माग गर्दै अहिले म वडा तथा सरकारी काममै व्यस्त छु,’ बाफलका नविन श्रेष्ठले भने,‘किताब, कापी, नोट केही छैन, यस्तो अवस्थामा परीक्षा दिन सकिँदैन ।’ जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी श्रेष्ठ थप्छन्,‘परीक्षा असारसम्म सारिनुपर्छ ।’ भूकम्पपीडित विद्यार्थीले बिहीबार उपत्यकामा परिषद्विरुद्द नाराबाजी गर्दै प्रदर्शन गरेका थिए,आजको नागरिक दैनिकमा खबर छ ।
हात र खुट्टा दुवै नभएको तथा यौनांग समेत प्रष्ट नभएको बच्चा जन्मिएपछि त्यसले ठूलै तरंग उत्पन्न गरिदियो र त्यो अहिलेपनि चर्चाको विषय बनिरहेको छ, भारतमा ।
भारतको राजस्थानस्थित बिकानेर जिल्लामा यस्तो अनौठो बच्चाको जन्म भएको हो । हातखुट्टा नभएको र जिउ समेत विभिन्न खाले स्वास्थ्य समस्याले ग्रसित भएको उक्त बच्चा जन्मेको १ महिना भन्दा बढि भैसकेको छ ।
यो बच्चाको मेरुदण्ड भित्रको सुसुम्नामा समेत फोका अर्थात् सिस्ट रहेको र नाइटो भित्रको भागमा समेत समस्या रहेको डाक्टरहरुले बताएका छन् । तर अहिलेसम्म उसको मुटु, मस्तिष्क तथा पेटले राम्रै काम गरिरहेको हुँदा यो बच्चा बाँचेको छ ।
अझ अनौठो कुरा त के भने यो बच्चाको यौनांग समेत नभएकाले त्यो छोरो हो वा छोरी समेत पत्ता लगाउन सकिएको छैन ।
उक्त बच्चाकी आमाको सुत्केरी भएसँगै मृत्यु भएको थियो । प्रिन्स बिजय मेमोरियल अस्पतालका डाक्टरहरुले अहिले त्यो बच्चाको हेरचाह गरिरहेका छन् । बच्चाको बाउ तथा अन्य परिवार अहिलेसम्म अस्पतालमा नआएको बताइएको छ ।
डाक्टरहरुका अनुसार उक्त बच्चा टेट्रा एमेलिया नामको आनुवंशिक रोगबाट पीडित छ । यस्तो स्वास्थ्य समस्या लाखौँ मानिसमध्ये एक जनामा हुन्छ ।
अहिले बच्चालाई नलीबाटै दुध खुवाइएको छ । अझै दुइ हप्तासम्म बच्चा बाँचेमा उसको शल्यक्रिया गरी मूत्र निष्काशनलाई सहज बनाइने डाक्टरहरुले बताएका छन् ।
मेरो नेतृत्वमा चारजना अमेरिकी विज्ञ समूह भूकम्पपछि नेपालको भौगर्भिक अवस्था अध्ययनमा परिचालन भएको छ। फल्ट रप्चर (जमिनमा चिरा) हेर्ने नाम चलेका विज्ञ पनि हाम्रो समूहमा छन्।
जापानमा भूकम्प आउँदा पहिलोपटक रप्चर देखिएन तर दोस्रोपटक धक्का आउँदा सात किलोमिटर लामो फल्ट रप्चर भुइँमै देखियो। त्यो चिरा हेरेर यति म्याग्निच्युटको भूकम्प सिर्जना गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।
नेपालमा पनि हामीले यो खोज्दै हिँड्यौं तर कहीँ पनि यो बाहिर देखिएको छैन। अहिले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, लामोसाँघु, जिरी तथा नुवाकोट सबैतिर गयौं। त्यहाँ देखिएका पहिरो रक फलमात्रै हो। तर आठ, नौ ठाउँमा भने साँच्चिकै खतरा पहिरो पनि देखिएको छ।
बारपाकदेखि पूर्वतिर चाहिँ पहिरोको सम्भावना असाध्यै धेरै छ। अमेरिकाबाटै अर्को टिम काठमाडौंको माटो हेर्न आएको छ। यहाँको माटो एकदम कमजोर छ। माटोका कारण क्षति भएका घर हेर्ने टिम पनि हामीसँगै छ।
अरू टिम पनिआउँदैछन्। यसमा यूएसजीएसका इन्जिनियरहरू पनि आउँदैछन्। यो भूकम्पले नेपालमा धेरै पहिरो ल्याउन सक्छ भनेर संसारको ध्यान त्यसैमा केन्द्रित भएको छ। मनसुनमा आउन सक्ने पहिरो अध्ययन गर्न अर्को टिम आउँछ।
नेपालको भूकम्प असाध्यै फरक छ। नेपालको यो भूकम्प देखेर मान्छे छक्क परेका छन्। संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ।
कोबेमा भूकम्प जाँदा तथा लस एन्जलसमा जाँदा पनि धेरै अध्ययनहरू भए। नेपालको भूकम्पबाट पनि संसारले धेरै कुरा सिक्नुपर्छ र सिक्न सक्छ भन्ने छ। यही सिकाइका लागि पनि अमेरिकाबाट टिमहरू परिचालन हुने हो।
हामी पहिला त्यहाँ पुग्ने हो र पुगेको तीन हप्ताभित्र विस्तृत प्रतिवेदन विश्लेषणसहित बुझाउनुपर्छ। अमेरिकामा भएको टिमले पनि मोडलिङ गरिरहेको छ। तथ्यांक लिएर त्यसको विश्लेषण गरिरहेका हुन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले र क्यालटेकले मोडलिङ गरेर बसिरहेका छन्।
लोकन्थलीको बाटो फ ल्टका कारण भत्किएको होइन। यो त टिपिकल्ली सोयल फेलर (माटोकै कारण) भएको हो। कम्पले पानीको तहलाई माथि ल्याइदिन्छ।
समयअनुसार माथि आएको पानीको सतह तल पनि जान्छ। यस्ता घटना काठमाडौंमा धेरै ठाउँ भेटेका छौं। अमेरिकाले यो अध्ययन गर्छ अनि वेभ पेजमा राख्छ।
हाम्रो टिमले निकालेको निष्कर्ष अति नै विश्वासिलो हुने भएकाले सबैले फाइदा लिन सक्छन्। नेपालले पनि यसको फाइदा पाउँछ। पछि सहरको डिजाइन गर्न पनि यो अध्ययनले सहयोग पुर्याउँछ। जथाभावी घर बनाउनु भएन।
अमेरिकामा भएका अभ्यास पनि प्रतिवेदनमा हुन्छ। भविष्यमा नेपालले अल्पकालीन र दीर्घकालीन रूपमा केके गर्ने भन्ने योजना बनाउन अध्ययन सहयोगी हुन्छ।
काठमाडौंमा चारपाँचवटा यस्ता कुरा छन्, जसले ठूलो क्षति हुनबाट बचायो। नेपालमा भूकम्पबारे धेरै तथ्यांक छैन। जमिन कति हल्लियो, कति हल्लिन्छ भन्ने सबै रेकर्ड हुन्छ।नेपालको भूकम्प असाध्यै फरक छ।संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ। नेपालको भूकम्पबाट पनि संसारले धेरै सिक्नुपर्छ र सिक्न सक्छ भन्ने छ।
नेपालमा त्यो तथ्यांक पाइँदैन। जमिन कति हल्लियो भन्ने थाहा पाएपछि मात्रै घरहरू कसरी भत्किए भन्ने थाहा पाउन सकिन्छ। घरहरू राम्रो बनावट भएर ढलेन, नराम्रो भएर ढले भनेर हावा तालमा भन्ने हुँदैन।
हामीले प्राप्त तथ्यांकका आधारमा एउटा कुरा अनौठो देखियो। यो भूकम्पले जति हल्लाउनुपर्ने हो त्यति हल्लाएन। ग्राभिटीको ७० प्रतिशत हल्लाएको भए पनि हामी छक्क पर्दैनथ्यौं तर यसले त जम्मा १७ प्रतिशतमात्रै हल्लायो।
काठमाडौंको मान्छे घर हल्लियो भनेर धेरै चिन्तित छन् तर धेरै हल्लाएकै छैन। संसारभरि भएका अनुसन्धानअनुसार, यो भूकम्पले धेरै हल्लाउनुपर्ने हो। विभिन्न केन्द्रको तथ्यांकका आधारमा विश्लेषण गर्दा यस्तो निष्कर्ष निकाल्न सकिन्छ।
जमिनमुनिको माटोमा यो निर्भर हुन्छ। यसपटक जमिन हल्लाउने शक्ति जमिनमुनि छरियो। काठमाडौंमुनि पाँच सय मिटरको क्षेत्रमा त्यो असर कतै काटिएर गयो।
घरहरू भूकम्पले एकपटक उता लगेर यता ल्याउँदा ६ सेकेन्डसम्म लागेको छ। यो एकदमै कम हो। सामान्यरूपमा एक दुई सेकेन्ड लाग्नुपर्ने हो। जमिन यताउता गर्दा लाग्ने र घर यताउता गर्दा लाग्ने समय बराबर भयो भने घरलाई धेरै ड्यामेज गर्छ।
शक्ति कमजोर हुनुमा धेरै कारण छन्। त्यसमा अध्ययन गर्न आवश्यक छ। भूकम्पको लोड हालेर काठमाडौंको माटो हेरेको छैन। बढी माटो भएको ठाउँमा एम्प्लिफिकेसन धेरै हुन्छ। तर यसले एप्लिफिकेसन उच्च छैन।
अग्ला घर बनाउँदा विचार गर्नैपर्छ। माटो बढी भएको ठाउँमा यसको असर बढी देखिन्छ। संसारमा घरका डिजाइन गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। बेस आइसोलेसन, पायलिङ गरेर बनाएका भवन भए कम क्षति हुन्छ।
रेक्टर स्केल महत्त्वपूर्ण होइन। कति हल्लायो (इन्टेन्सिटी) भन्ने महत्त्वपूर्ण हो। एपिसेन्टर कहाँ छ भन्नेले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। कस्तो माटो छ भन्नेले विशेष अर्थ राख्छ।
कुनै माटो भएको ठाउँमा बढी हल्लिन्छ कतै घटाउँछ। दुई तीनतले घर माटोमाथि बनाउँदा धेरै खतरा हँुदैन तर चट्टानमाथि भए बढी खतरा हुन्छ। किनभने भूकम्पको फ्रिक्वेन्सी चट्टानमा छिटो दौडिन्छ।
घरको जगमा चट्टान भेटियो भने घर बलियो हुन्छ भन्ने ठीकै हो। त्यस्तोमा फाउन्डेसन कम गरे पनि हुन्छ तर माटो भएका ठाउँमा धेरै तल जानुपर्छ।
यो भूकम्पले केन्द्रबिन्दुबाट दुवैतिर बराबर असर पार्नुपर्ने तर डिरेक्टिभिटी लागेको छ। यसले एकतिरमात्रै पछ्याएको छ। यो भूकम्पले पारेको चिरा ९० सालमा जमिनमा चिरा परेको ठाउँमा पुगेर जोडिन खोजेको छ।
कतै पुगेर इनर्जी लक भयो त्यही भएर पूर्वतिर बढी असर गर्यो। पश्चिमतिर गरेन। यो भूकम्पको अस्वाभाविक चरित्र हो। यस्तो कतै पनि भएको छैन। पुरानो चिरामा यसपटक इनर्जी पुगेर टुंगिनुपर्ने थियो।
त्यहाँ जान खोज्यो तर इनर्जी ट्रान्सफर हुन सकेन। पराकम्पन जहिले पनि चिराको अन्त्यतिर बढी आउँछ। अहिले गोरखाको बारपाकबाट दोलखा र दोलखाबाट ९० सालको एपिसेन्टरको दूरी लगभग बराबर छ।
यदि चट्टानमा परेको चिराले ९० सालको चिरा छोएको छ भने चाहिँ यो क्षेत्र ७०, ८० वर्षका लागि ठूलो भूकम्पबाट सुरक्षित भयो। अरूतिर त कहाँ जान्छ भन्ने कसैले अनुमान गर्न सक्ने विषय होइन।
धेरै लामो चिरा पर्यो भने त्यो क्षेत्रमा ठूलो भूकम्प आउने सम्भावना कम हुन्छ। काठमाडौंमुनि फल्टहरू धेरै छन्। सानासाना धेरै फल्ट वरिपरि धेरै छन्। त्यो चुप लागेर बसेको थियो अब चल्मलाउन थाल्यो।
पराकम्पन त आइरहन्छ यो सामान्य हो। जमिनमा पूरै चिरा परेको देखिए अध्ययन गर्न हुन्थ्यो। काठमाडौंमा लोकन्थलीको जस्तो ठाउँमा समस्या छ। नदी बगेको ठाउँमा घर बनाएका कारण समस्या देखियो।
नेपालको पश्चिमतिर यति धेरै वर्षसम्म भूकम्प गएको छैन। तर कहिले जान्छ भनेर भन्न सकिने अवस्था छैन। नजान पनि सक्छ। जमिनमुनिको चिरा कति परेको छ भनेर पनि अध्ययन गर्न सकिन्छ तर यो असाध्यै महँगो हुन्छ। यो ग्यारेन्टी पनि हुँदैन।
खोलाको किनारमा बनाएका घरमा लिक्युफ्याक्सन (बालुवाका कणबीचको बलियोपना भूकम्पले तोडेर पानी बाहिर निकालिदिन्छ) भूकम्पको सम्भावना बढी हुन्छ। बालुवाको तह भएको ठाउँमा लिक्युफ्याक्सन हुन्छ। यस्तो ठाउँमा पानी माथि आउँछ। त्यस्तामाथि भएको घर खतरा हुन्छ।
अबदेखि घर बनाउँदा माटोको परीक्षण गर्नुपर्छ। बनेका घरको माटो पनि जाँच्नु उपयुक्त हुन्छ। पराकम्पनपछि अर्को ठूलो भूकम्प आउँछ वा आउँदैन कसैले भन्न सक्दैन तर त्यसको सम्भावना भने धेरै कम भएको छ। हाम्रो जमिनमुनि परेको चिराको बनोट हेर्दा ठूलो भुइँचालो नआउनुपर्ने हो।
नेपालमा भूकम्प जानेबित्तिकै अमेरिकाले विज्ञहरूलाई संसारभर पठाउँछ। सरकारले लगानी गरेको अमेरिकाको जिओटेक्निकल एक्ट्रिम इभेन्ट्स रिकन्नाइसेन्स (जीईईआर) छ। त्यो पनि परिचालन हुन्छ।
त्यसले पहिले भूकम्प गएको ठाउँमा जमिन कसरी हल्लियो भनेर अध्ययन गर्छ। जमिनमा भएका प्रमाण मेटिने सम्भावना छिटो हुनाले त्यसको अध्ययनमा केन्द्रित हुन्छ। जमिन हेर्ने समूह पहिले परिचालन हुन्छ।
त्यो समूह फर्केर गएपछि थप अध्ययन आवश्यक पर्यो भने अर्को समूह आउँछ। दोस्रोमा घर हेर्ने समूह पठाउँछ। जिओटेक्निकल टिमले दिएको प्रतिवेदनका आधारमा अरू टिमले काम गर्छ।
(क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर भू प्रविधि इन्जिनियर विनोद तिवारीसँग विकास थापा र पिताम्बर सिग्देलले गरेको कुराकानीमा आधारित)
source- annapurnapost.com
दाङ: विनाशकारी भूकम्पको धक्कापछि राजधानीमा अध्ययनरत विद्यार्थीहरु धमाधम जिल्ला फर्केर उतै पढ्न थालेका छन् । राजधानीमा भूकम्पले ठूलो क्षति गरेपछि आफूलाई असुरक्षित महसुस गरी विद्यार्थीहरु धमाधम जिल्ला फर्किन थालेका हुन् ।
राजधानीका विभिन्न विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरु भूकम्पपछि आफ्नै जिल्लामा सुरक्षित ठानेर जिल्लाका विभिन्न निजी विद्यालयहरुमा भर्ना भइरहेका छन् । हाल सम्म दाङका विभिन्न निजी विद्यालयहरुमा ६३ जना विद्यार्थी राजधानीबाट फर्किएर भर्ना भएका छन् ।
“घोराहीका दीपशिखा आवासीय उच्च माध्यमिक विद्यालय, लिटिल एञ्जल्स बोर्डिङ स्कूल, सिद्धार्थ एकेडेमी, सनलाइट बोर्डिङ स्कूल लगायतका विद्यालयमा उनीहरु भर्ना भएका छन्”, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका अध्यक्ष यादव गिरीले भने । “हाम्रो जानकारीमा आएको तथ्यांक मात्रै ६३ जनाको छ”, अध्यक्ष गिरीले थपे, “राजधानीमा असुरक्षित महसुस गरी जिल्ला फर्किने विद्यार्थीहरुको संख्या योभन्दा बढी हुनसक्छ ।”
“राजधानी त्रासमा छ । बस्ने माहोल छैन”, अध्यक्ष गिरी भन्छन् “ट्वाइलेट जाँदा पनि तर्सिने अवस्था छ । यता आमा बुवाको काखमा पनि रहने र त्रासमा पनि बस्नुनपर्ने देखेर विद्यार्थीहरु जिल्ला फर्किएको हुन सक्छ ।” कतिपय अभिभावकहरु आफ्ना छोराछोरीलाई राजधानी पठाएकोमा पछुतो मान्दै जिल्लाकै विभिन्न विद्यालयहरुमा भर्ना गराउन थालेको पाइएको गिरीले बताए ।
एक जना अभिभावक घोराही– ६ गिठेपानीका कर्णबहादुर वलीले भने, “विद्यालयको भौतिक संरचना नै ध्वस्तभएका छन् । उता विद्यार्थीमा साँझ बिहानको त्रास र यता हामीलाई मानसिक तनाव । त्यही कारणले गर्दा मैले आफ्नो बच्चालाई यतैको विद्यालयमा भर्ना गरेको हुँ ।”
आफ्नै जिल्लामा भएपछि केही घटना भइहाले पनि तत्काल थाहा पाइने र सबै दृष्टिले घर आँगनमै शिक्षा दिनुपर्ने उचित देखिएको वलीले बताए । उनले आफ्नो छोरा भरत वलीले काठमाडौंको न्यूभिजन बोर्डिङ स्कूलमा युकेजीमा पढिरहेको र हाल दाङकै लिटिल एञ्जल बोर्डिङ स्कूलमा भर्ना गरेको जानकारी गराए ।
गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल मानसिंह जीएमले भूकम्पपछि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका ७ जनाले आफ्नो विद्यालयमा नाम लेखाएको जानकारी दिए । “आउन त धेरै आएका थिए । हाम्रो विद्यालयको क्षमताका कारण अरुलाई फर्कायौं, ७ जना चाहिँ भर्ना भएका छन् । तीमध्ये एउटा विद्यार्थी भूकम्पबाट घाइते भएका छन्”, भाइस प्रिन्सिपल जीएमले भने ।
घोराहीका सुरेन्द्र बस्नेतले पनि आफ्नो छोरा सुशान्त बस्नेतलाई राजधानीबाट फिर्ता बोलाएर घोराहीकै सिद्धार्थ एकेडेमीमा कक्षा ४ भर्ना गरेका छन् । सुरेन्द्रले काठमाडौंमा पढाइ पनि ढिलो सुरु हुने भएको र छोरा बढी त्रसित भएका कारणले दाङमै फिर्ता लिएको बताए ।
”उता बच्चा धेरै त्रसित भयो । त्यहीकारणले यतै दाङ फिर्ता गरेका हौं” सुरेन्द्रले भने । त्यसैगरी श्रद्धा थापा सिद्धार्थ एकेडेमीमै कक्षा ९ माभर्ना भएकी छन् भने घोराही रतनपुरकै युगल रोका पनि सोही विद्यालयको कक्षा २ माभर्ना भएका छन् ।
युगलका बुवा लालबहादुर रोका भन्छन्, “एक त परिवार बाँडिएर बस्नुपर्ने त्यैमाथि राजधानीमा धेरै त्रास भयो । त्यही भएर बच्चा यता फर्काएको हुँ ।” उनीजस्तै काठमाडौंको न्युभिजन बोर्डिङ स्कूलमा कक्षा ७ मा पढिरहेका नवीन वलीलाई पनि बुवा कर्णबहादुर वलीले लिटिल एञ्जलमै भर्ना गराएका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराकी छोरी प्रगतिले पनि आफ्नी छोरी पिञ्जु बुढालाई दाङकै दीपशिखा उच्च माविमा भर्ना गरेकी छन् । जावलाखेल स्थित आइडल मोडल स्कूलमा पढिरहेकी छोरी पिञ्जुले दाङमा पढ्ने भएपछि प्रगति पनि दाङमै डेरा खोज्नतिर लागेकी छन् । माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु मात्रै होइन प्लस टु लेभलमा अध्ययन गर्ने विद्यार्थीहरु पनि जिल्ला फर्कने योजनामा छन् ।
केही अभिभावकहरुले प्लसटुका विद्यार्थी दाङ सार्ने विषयमा सल्लाह गरिरहेको प्याब्सन दाङका अध्यक्ष गिरीले बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँका अनुसार राजधानीमा मात्रै २३ वटा संस्थागत विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
त्यस्तै १ सय २३ विद्यालयमा आंशिक क्षति भएको छ । बानियाँका अनुसार देशभर ४ सय ९८ निजी विद्यालय पूर्णतः क्षतिग्रस्त भएका छन् । त्यस्तै १ हजार ५ सय विद्यालयमा आंशिक क्षति भएको छ । उपमहासचिव बानियाँका अनुसार देशभरमा निजी विद्यालयका १ सय ९८ विद्यार्थी, ४९ जनाशिक्षक र १ हजार ७ सय ५२ जना अभिभावकको मृत्यु भएको छ ।