काठमाडौं, वैशाख १५ – भूकम्पले पूरै गाउँनै क्षतिग्रस्त भएको गोरखाको बारपाकमा जान चाहाने यात्रु गाडी नपाएर अलपत्र परेका छन् । बारपाकमा रहेका आफन्तको उद्धारका लागि व्यक्तिगत रुपमा राहत सामाग्री लिएर जान चाहेका यात्रु काठमाडौंको नयाँ बस पार्क पुगेपनि गाडी नपाएर समस्यामा परेका हुन् ।
चिउरा, विस्कुट, पानी लगायतका राहत सामाग्री लिएर बारपाक जान भन्दै बसपार्क पुगेका यात्रु गाडी नपाएर तथा चर्को गाडी भाडाका कारण समस्यामा परेका हुन् । ३ सय ५० रुपैयाँ भाडा लाग्ने स्थानमा व्यावसायीलले ९ सय रुपैयाँसम्म असुलेका छन् ।
बारपाक जाने ओम बहादुर घलले भन्नुभयो ‘यस्तो विपदमा पनि गाडी नपाएर आपत परेको छ, सरकार के हेरेर बसिरहेको छ त ? गाउँमा बाँचेका मान्छेको उद्धारमा जान निकै कठिनाइ परेको छ कृपया सहयोग गरिदिनुहोला ।’ गएको शनिबारको भूकम्पले गर्दा बारपाक गाउँ पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
डा. बासुदेव पाण्डे
१५ वैशाख, काठमाडौं । उपत्यकाका अस्पतालहरुमा फोहोर थुप्रिनुका साथै खानेपानीको संकट देखिएको छ । ललितपुरका केही गाउँबाट पखालाका विरामी पाटन अस्पताल आउन थालेका छन् । तत्कालै फोहोर व्यवस्थापन नगरिए संक्रमण फैलन सक्ने डाक्टरहरुले बताएका छन् ।
सरुवा रोग विशेषज्ञसमेत रहेका स्वास्थ्य विभाग कुष्टरोग महाशाखाका नवनियुक्त निर्देशक डा. वासुदेव पाण्डेले अनलाइनखबरसँग भने- ‘पाटन अस्पतालमा धेरैजसो हरिसिद्धी, गोदावरी र लुभुतिरबाट पखालाका विरामीहरु आएका रहेछन् । अस्पतालमा पानीको अभावले निकै गाह्रो भइरहेको छ । पानीको गाह्रो पर्यो र फोहोर उठाउने मान्छे नआइदिँदा त्यसबाट रोगहरु बढ्न सक्ने समस्या देखियो ।’
यस्तो विपतका बेलामा ध्यान दिनुपर्ने कुराहरु के हुन सक्छन् भन्नेबारे अनलाइनखबरले पाण्डेसँग गरेको छोटो कुराकानीः
तपाईहरुले राजधानीका केही अस्पतालको निरीक्षण गर्नुभयो होला, अहिले त्यहाँको अवस्था के छ ?
स्वास्थ्य मन्त्रालयले विभिन्न हब बनाएर कहाँ कसले हेर्ने छुट्याएको छ । मैले पाटन, बीएण्डबी र ग्वार्काेस्थित किष्ट अस्पतालमा गएको थिएँ । त्यहाँ सबै बिरामीलाई उहाँहरुले राम्रोसँग उपचार गर्नुभएको छ । बिरामीलाई राख्ने तरिका पनि च्यानलाइज्ड गर्नुभएको छ । अलि सिरियस बिरामीहरुलाई अप्रेशन कक्षमा राख्नुभएको छ ।
ती अस्पतालमा के कस्ता समस्या देखिए ?
त्यहाँ शवहरु धेरै भएकाले गन्हाउने समस्या अलि बढी थियो, अहिले त शवहरु क्लियर भइसक्यो । दुई/तीनवटा मात्रै बाँकी रहेछन् ।
त्यहाँ शवहरु धेरै भएकाले गन्हाउने समस्या अलि बढी थियो, अहिले त शवहरु क्लियर भइसक्यो । दुई/तीनवटा मात्रै बाँकी रहेछन् ।
तर, उहाँहरुले के भन्नुभएको छ भने अस्पतालहरुमा पानीको अभावले निकै गाह्रो भइरहेको छ । पानीको गाह्रो पर्यो र फोहोर उठाउने मान्छे नआइदिँदा त्यसबाट रोगहरु बढ्न सक्ने समस्या देखियो । अस्पतालमा धेरै बिरामीहरु छन्, खुट्टा राख्ने ठाउँ छैन । जसले गर्दा बिरामीहरुलाई रुघाखोकी लाग्ने अवस्था छ । बिरामीहरुलाई बाहिरै राख्नुभएको छ, चिसो छ ।
किष्ट अस्पताल भत्किने अवस्था भएको रहेछ, भित्रै उपचार गरौं भन्दा बिरामीहरु जान मान्दैनन् । यसरी विभिन्नखालका समस्या देखियो । अस्पताल चर्केर भित्र बस्न सक्ने अवस्था रहेनछ । बिरामीहरु बाहिरै बस्ने, भित्र जान नमान्ने ।
कतिपय शवहरु निकाल्ने कोशिश भइरहेको छ, कतिपय निकाल्न नसक्ने अवस्था पनि छ । यसले गर्दाखेरि छिटै दुर्गन्ध फैलने र पानीको स्रोत पनि दुषित हुने सम्भावना हुन्छ । हावाबाट पनि धेरैखालका गन्ध र रोगहरु आउन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा धेरैखालका रोगहरु फैलन सक्छन् ।
यस्तोबेलामा कस्तो रोग लाग्न सक्छ ?
यसबाट रुखाखोकी लगायतका छिटै सर्ने रोगहरु लाग्न सक्छन् । जण्डिस, टाइफाइड आदिको पनि सम्भावना हुन्छ ।
यस्तो खतराबाट जोगिन के-के गर्नुपर्छ ?
जसलाई रुघाखोकी लागेको छ, उसलाई समूहबाट छुट्याएर राख्नुपर्छ । माक्स लगाउनुपर्यो । त्यस्तो व्यक्तिले समूहमा नबसी छुटि्एर बस्नुपर्यो । झोलकुरा खाने, हात धुने इत्यादि जुन प्रोसेसहरु, हामीले भनिराख्ने जुन कुराहरु छन्, त्यसलाई ख्याल गर्नुर्यो । मिडियाबाट राम्रोसँग भनिदिनुपर्यो ।
यस्तो बेलामा रुघाखोकीबाहेक अरु रोगहरु पनि लाग्न सक्छन् ?
हैजा, डिसेन्ट्री, झडापखाला धेरै फैलन सक्ने सम्भावना छ, अलिकति लक्षण पनि देखिन थालिसकेको छ । यसबाट बच्नका लागि सकेसम्म पानी उमालेर खानुपर्यो । उमालेर खान सकिएन भने सफा पानी पिउनुपर्यो । दुर्गन्ध फैलिएको ठाउँमा सफाइ गर्नुपर्यो । दुर्गन्घ हटाउने र पानीको मुहानलाई सफा राख्ने मुख्य गरेर हात धुनुपर्यो । पखाला लाग्यो भने जीवनजल खुवाउने, भएन भने अस्पतालमा जानुपर्ने हुन्छ ।
सरुवा रोगका लक्षण देखिन थालिसक्यो भन्नुभयो, राजधानीमै हो कि कुन जिल्लामा यस्तो लक्षण देखियो ?
राजधानीभित्रै हो । जस्तै, पाटन अस्पतालमा यस्तो सम्भावना भएको हुनाले हामीले बेग्लै वार्ड नै बनाउन लाग्यौं भन्नुभयो । त्यहाँ धेरैजसो हरिसिद्धीबाट, गोदावरीबाट लुभुबाट पखालाका विरामीहरु आएका रहेछन् ।
उसोभए सरकारले सबैभन्दा पहिले अस्पताल र अन्य ठाउँमा पानीको व्यवस्था गर्न र फोहोर उठाउन लगाउनुपर्ने रहेछ हैन ?
सरकार त हामी आफैं हो, हामी आफैंले गर्नुपर्छ । सक्दो गरिराखेका छौं । तर, फोहोर व्यवस्थापन र पानीको आपूर्ति तत्काल गर्नुपर्छ । धेरै मन्त्रालयको समन्वयमा काम हुनुपर्ने, काम पनि भइराखेको छ । यत्रो ठूलो घटना भएकाले कमीकमजोरी भयो होला, खानेपानी तथा सरसफाइको छुट्टै मन्त्रालय छ । हाम्रो स्वास्थ्यको प्रवक्तै हुनुहुन्छ, उहाँहरुले भन्नुहोला । सबैले समन्वय गरेर खानेपानी राम्रोसँग दिनुपर्यो ।
क्याम्पमा धेरै मान्छे बस्नुभएको छ, त्यहाँ ट्वाइलेट छैन, जतासुकै फोहोर छ । यसले समस्या ल्याउन सक्छ । खानेपानी र फोहोर व्यवस्थापन तत्कालै सबै जिल्लामा गर्नुपर्छ । यसलाई हाम्रो सञ्चार माध्यमले पनि सचेत गर्नुपर्यो । यसका लागि पम्प्लेट वितरण गर्नुपर्ने देखिन्छ ।
मिलन तिमिल्सिना / उज्यालाे । काठमाडौं, वैशाख १५ – ललितपुरको पुरानो र ऐतिहासिक वस्ती खोकना । खेतीपाती र पुख्र्यौली काम गर्ने मान्छेको चहलपहल भैरहने खोकना भुईंचालो आएपछि पुरै खोक्रो भएको छ ।
‘केही छैन सबै डुब्यो’ भुईंचालोले धराप बनाएको पुरानो घरभित्रको ढोकामा उभिंदै गरेकी सरस्वती बस्नेतले भन्नुभयो, ‘सबैजना घर छाडेर बाहिर गए, म त मरे पनि बाहिर जान्न ।’ भुईंचालो होइन, अलि ठूलो हावा आउँदा समेत गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको घरमा सरस्वती जस्तै उहाँका अरु छिमेकी पनि केही सामान खोज्दैछन् ।
भुईंचालो आउँदा सबथोक छोडेर भागेका उनीहरुलाई पालमुनी बस्दा भाँडाकुँडा र लुगाफाटा चाहिएको छ । त्यसैले जोखिम मोलेर भएपनि धराप घरमा फाट्टफुट्ट मान्छेको चहलपहल छ । तर खोकनाको वस्ती पुरै सुनसान छ । प्रायः सबै घर, मन्दिर र सम्पदा खण्डहर भएका छन् ।
धान, मकै, कपडा, भाँडाकुँडा यत्रतत्र छरिएका र पुरिएका छन् । ‘यहाँका ९० प्रतिशत घर पुरै भत्किएका छन्’ क्षतिको विवरण संकलन गरिरहेका स्थानीयबासिन्दा अस्तिन्द्रकुमार महर्जनले भन्नुभयो ।
उपत्यकाकै पुरानो र ऐतिहासिक वस्ती खोकनामा झण्डै १ हजार घर छन् । तीमध्ये प्रायः सबै घर काम नलाग्ने अवस्थामा पुगेका छन् । कति भत्केका छन्, कति चर्केका । वस्तीका ११ जनाको ज्यान गएको छ । ‘दिउँसो सबै खेतमा गएको बेला भुईंचालो आएर मात्र बाँचियो,
नत्र धेरैको ज्यान जान्थ्यो’ स्थानीयबासिन्दा गीता तुलाधरले बताउनुभयो । घर सम्पत्ति छाडेर खुला चौरमा बसेका विस्थापितले केही नपाएको गुनासो गरेका छन् । क्षतिको विवरण संकलन गर्न समेत कोही पुगेको छैन ।
स्थानीय युवाहरुले टोली गठन गरेर आफैं क्षतिको विवरण संकलन गर्ने काममा जुटेका छन् । चोरी तथा असुरक्षित नहोस् भन्नका लागि नयाँ मान्छेलाई वस्तीमा पस्न दिइएको छैन ।
बुङमतिको हालत पनि उस्तै
खोकना नजिकको वस्ती बुङमतिको अवस्था पनि यस्तै छ । त्यहाँ पनि धेरै घर भत्किएका छन् । वस्ती पुरै खण्डहरमा परिणत भएको छ । नभत्केको घरमा समेत गएर बस्ने अवस्था छैन । रातो मच्छिन्द्रनाथ र भैरवको मन्दिर पुरै भत्किएको छ । सरकारले कुनै वास्ता नगरेको विस्थापितले बताएका छन् ।
‘केही गरेको छैन, १० वटा पाल ल्याएर दिएको छ, यतिले के गर्नु’ स्थानीयबासिन्दा इच्छा शाक्यले भन्नुभयो । वस्तीमा झण्डै ५ सयदेखि ६ सय घर रहेको अनुमान छ । यसमध्ये ९० प्रतिशत घर भत्किएका छन् ।
‘घर पुरै भत्कियो, कहाँ गएर बस्ने’ भत्केको घर देखाउँदै बृद्धा सुशीला शाक्यले भन्नुभयो, ‘केही छैन, सहारा दिने पनि कोही छैन, अब कसरी बाँच्ने होला ।’ पीडित सबैको अवस्था यस्तै हो । उनीहरु सबैजना सरकारले उपलव्ध गराउने राहतको पर्खाईमा बसेका छन् ।![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vGaIEvN1TE1rxkERT48HEPrYrsxe8lz1DXojoS0KFdHkDfAw4HFuPIqmKjqce5vh2-kUrF1AqWnf8VIlWwgV1hHFkv0Z1XcVjj_tCcPnFdIDv00HyoYCBUCgdn1kO23XDnaOMr9I1QlHO6-_qWJHhnJv21=s0-d)
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vQUapX1IEWCrMqKIaeYoEFyDIbfBZPDZNVTZ9mcHbD6RUwpuTjG-c7gpd4MMXBtAB2fr5R8ACC5uteDoRg5zjsOKX0xSsVKUABqQqvVgFP7EHEciy3Gchw93AqCAh8F9QTTZ372eOZXXoLrDkS2ETCgrCp=s0-d)
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uITnc4hIANcsI3HHLPdcncaOzHu_9aQ-YRFGvy2XZJrj3Ce5Pg8XCaQSjcUTbXfETJdrE8c8tMObrvtEcNNVuevfms1VGj09FKa0BvewFXWjggJgAVuChoP0hBXUOBSJe1f72Af_AsbV4DirsEqFix0m9U=s0-d)
काठमाडौं, वैशाख १५ – भूकम्पका कारण देशभर ज्यान जानेको संख्या ४ हजार नाघेको छ । अहिलेसम्म ४ हजार ३ सय ४७ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार १ सय ५४ जना घाइते भएका छन् । देशभरका भूकम्प प्रभावित क्षेत्रबाट क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै उद्धार तथा राहतको काम मंगलबार अझै प्रभावकारी बन्ने सरकारले दाबी गरेको छ ।
एकैपटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकाले समस्या भएपनि खोज तथा उद्धारलाई प्राथमिकता दिएर काम गरिएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परेकाहरूको सहायताको लागि विभिन्न देशबाट आएका उद्धार टोली र चिकित्सकहरू देशका विभिन्न ठाउँमा खटेर उद्धारमा सक्रिय छन् ।
सरकारले काम भैरहेको बताएपनि पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् । राहत सामाग्री उपलब्ध नहुँदा तथा बजार पसल खुला नहुँदा सामान किनेर पनि खान नपाएको उनीहरुको भनाई छ । काठमाडाैंको साँखु, नाङ्लेभारे, ललितपुरको चापागाउँ, बुँगमति, खोकना, लेले लगायतका ठाउँमा अझै पनि उद्धार तथा राहत नपुगेको स्थानीयबासिन्दाले जनाएका छन् ।
भक्तपुरका कतिपय ठाउँमा अहिलेपनि सुरक्षाकर्मी र उद्धारको काम थाल्न सकिएको छैन । भुकम्प पीडितका लागि विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले राहत तथा उद्दारका लागि सहयोगको घोषणा गर्ने क्रम जारी छ ।
source:: onlinekhabar.com
१५ वैशाख, काठमाडौं । विनाशकारी महाभूकम्पबाट जनधन गुमाउने जनतालाई राहत घोषणा गर्ने विषयमा सरकारका दुई प्रभावशाली मन्त्रीबीच विवाद भएपछि तत्काल राहत रकम घोषणा गर्न मन्त्रिपरिषद असफल भएको छ ।
मन्त्रिपरिषदको सोमवार राति अबेरसम्म बसेको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले घर भत्किएका र मृतकका परिवारलाई राहत दिनका लागि राखेको प्रस्तावमा अर्थमन्त्री डा. रामशरण महत असहमत भएपछि निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गृहमन्त्रीले मृतक परिवारलाई काजकिरिया खर्च बापत तत्काल ४० हजार रुपैयाँ निकासा गर्ने प्रस्ताव राखेका थिए । त्यस्तै सामान्य घर भत्किएकालाई ३ लाख रुपैयाँ र पूरै घर भत्किएकालाई १० लाख रुपैयाँ राहत दिने र १० लाखसम्म बिना ब्याज ऋण सहुलियत दिने निर्णय गर्न गौतमले प्रस्ताव राखेका थिए ।
तर, अर्थमन्त्री महतले लोकप्रिय हुनका लागि नचाहिँदो निर्णय गर्ने ? भन्दै गृहमन्त्रीको विरोध गरेका थिए । मन्त्री महतले क्षतिको सम्पूर्ण विवरण नलिई राहतको प्याकेज घोषणा गर्न नमिल्ने अडान राखेको स्रोतले जनाएको छ ।
‘अहिलेको प्राथमिकता उद्दारमा केन्द्रित हुने हो, राहतको निर्णय पछि गरौंला’ अर्थमन्त्रीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
गृहमन्त्रीले प्रस्ताव गरेअनुरुप राहत दिन राज्यकोष र अन्तर्राष्ट्रिय सहयोगबाट पनि सम्भव नहुने भएकाले सबै विवरण लिएपछि मात्रै राहतको प्याकेज घोषणा गर्नु उपयुक्त हुने धारणा महतको थियो ।
विवादका कारण निर्णय रोकियो
गृहमन्त्री र अर्थमन्त्रीबीच विवाद भएपछि थप छलफल गर्ने भन्दै बैठकले कुनै निर्णय गरेन । तत्कालका लागि सम्पूर्ण शक्ति पीडितहरुको उद्दारमा केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ ।
कामभन्दा बढी बैठकमै व्यस्त
महाविपत्तिका बेलामा सरकारले बैठकमा धेरै समय बिताएको गुनासो आएपछि बैठक कम र काम धेरै गर्न गृहमन्त्री गौतमले सचिवहरुलाई निर्देशन दिएका छन् । उनले मन्त्रिपरिषद बैठकमा पनि बैठकहरु धेरै भए, अब काममा बढी केन्दि्रत हुनुपर्यो भनेका थिए ।
सोमवारमात्रै मुख्य सचिव लिलामणि पौडेलले बिभिन्न २१ वटा बैठक गरेको एक सचिवले बताए । मुख्य सचिवले बोलाएका बैठकमै व्यस्त हुँदा राहत र उद्दारका काममा परिचालन हुन समय नपाएको कतिपय सचिवले गुनासो गरेपछि मन्त्रिपरिषदमा बैठक कम गर्नुपर्ने कुरा उठेको थियो ।
- See more at: http://www.onlinekhabar.com/2015/04/271055/#sthash.WM11UoPi.dpuf
काठमाडौं, वैशाख १५ – शनिबार र आइतबार गएको भूकम्पमा परि भत्किएको घरका भग्नावशेषमा पुरिएकाहरुको उद्धारको काम तीव्र रुपमा भैरहेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकलगायतका प्रभावित जिल्लाका विभिन्न ठाउँमा भत्किएका घरहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न देशबाट आएका उद्धार टोलीले काम गरिरहेका छन् ।
१५ वैशाख, काठमाडौं । नेपालमा शनिबार आएको महाभूकम्पमा परेर ८ बलिउडकर्मीको निधन भएको छ । निधनमा परी ८ जना बलिउडकर्मीको निधन भएको नायिका मोग्दा गोड्सेले जानकारी दिएकी छिन् । उनले आफ्नो ट्विटर मार्फत यो कुराको जानकारी गराउँदै दुःख व्यक्त गरेकी छिन् ।
आफ्नो नयाँ चलचित्रको छायांकनका क्रममा नेपालमा रहेका उनीहरुको निधन भएको मुग्दाले लेखेकी छिन् । उनले यो कुराले आफूमा नैराश्यता बढाएको पनि लेखेकी छिन् ।
यस्तै, तेलगु चलचित्रका कलाकार के विजयको पनि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी आफ्ना २० सदस्यीय टोलीका साथ नेपाल चलचित्र छायांकनका लागि आएका थिए । ‘एकताकरम’ नामक चलचित्रको छायांकनका लागि उनी नेपाल आएका थिए । उनी गाडीमा रहेको समयमा भूकम्प आएको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।
कोही सकुशल फर्किए
नेपाल आएका बलिउड निर्देशक कुणाल देशमुखले आफू सकुशल मुम्बई फर्किएको बताएका छन् । भूकम्प आएको करिब ७ घन्टासम्म सम्पर्कविहीन भएपछि उनी हराएको भन्दै निर्देशक महेश भट्टले ट्विट गरेका थिए । तर, ७ घन्टापछि कुणालले आफू सकुशल रहेको जानकारी गराएका थिए ।
१५ वैशाख, काठमाडौं । सरकारले आजबाट पसल तथा बजार खोल्न आह्वान गरेको छ । पसल, बजार नखोल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रिपरिषद बैठकले बजार तथा पसलहरु यथावत खोलेर उपभोक्तालाई सेवा दिन व्यवसायीलाई आग्रह गरेको छ । ‘बजार नखोल्नेलाई कारवाही गर्ने चेतावनी दिइएको छ,’ एक मन्त्रीले भने ।
सहज अवस्था हुँदा पनि पसल, होटल, रेष्टुरेन्ट र बजार बन्द गर्दा जनतामा त्रास कायम हुने र सरकारलाई व्यवस्थापनमा अप्ठेरो हुने भएकाले सहज रुपमा सन्चालन गराउन कारवाहीको चेतावनी दिनुपरेको हो ।
विमानस्थल खालि गराइने
त्यस्तै उद्दारका लागि तैनाथ राखिएको हेलिकोप्टरलाई ग्रामिण तथा दुर्गम क्षेत्रमा केन्द्रित गरिएको छ । विदेशबाट आएका विमानलाई तत्काल फिर्ता पठाएर विमानस्थल खालि गराउने नीति सरकारले लिएको छ ।
शिविरहरुमा खानेपानीको आपूर्ति गर्न ३५ सय ट्यांकर परिचालन गरिएको र एक सय ६० ठाउँमा पानी वितरण गरिएको छ । सरकारले पेट्रोल पम्पहरु तुरुन्त खोलेर उपभोक्तालाई सेवा दिन व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै अस्पतालहरुमा अक्सिजनको कमी हुन नदिन उद्योगमन्त्री महेश बस्नेतले बालाजुको अक्सिजन कारखाना खोल्न लगाएका छन् । पनौतिको अक्सिजन कारखाना चलाउन हुँदैन भन्दै अवरोध गर्ने हरिकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएर उत्पादन सुचारु गराइएको छ ।
त्यस्तै सबै चाउचाउ उत्पादक कम्पनीहरुलाई नियमित भन्दा बढी चाउचाउ उत्पादन सुचारु गर्न सरकारले आग्रह गरेको छ । अब सरकारको ध्यान चामल, चाउचाउ, च्यूरा लगायतका खाद्यान्न संकलनतर्फ केन्द्रित भएको छ ।
मंगलवारबाट १० हजार टेन्ट वीरगन्जबाट आउन लागेको छ । भारतबाट थप १ लाख टेण्ट आउदैछ । अब टेन्ट र ब्लाङ्केट वितरणलाई अति प्रभावित क्षेत्रमा केन्दि्रत गरिने भएको छ ।
महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिले राति ९.३० बजेसम्म एक हजार चारसय ५७ पुगेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिँदै यो सङ्ख्या अझ तीन गुणा बढी हुनसक्ने बताएका हुन्।
उनले भूकम्पको केन्द्रविन्दू रहेको जिल्ला गोरखामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै सो जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको बताए।
मन्त्री रिजालले काठमाडौंको विभिन्न १३ वटा स्थानबाट उद्धार र राहतको काम भइरहेको जानकारी दिए। रासस
सगरमाथा क्षेत्रमा विशाल हिमपहिरो, कम्तिमा ८ को मृत्यु![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uxw3GJulrZXqLfJGC7-Fz4cuR5rgz8jouJZfQEq-IlAkBgyh3WLzrzC1Spb7ZGJg7DG_CK8VcnqrBQcfRggzfgpFtaM8DNE9EtQVhCrb40hN3_CaZKQ5W8-rm35mj41jtJbzqOt4qXqOzbrxpuwsLBQLZ_-RBcR006jTHb4LUAWoRGkeAS-UB0zh30Wo01uSOH4XVytjQfW9oD66KRnNw2X_u20leQcVQpKqLOYOf5ags=s0-d)
भुकम्पपछि सगरमाथा आधार शिविरको हिम पहिरो। तस्विर स्रोत : एलेक्स गाभान
नेपालमा महाभुकम्पबाट देशभर ठूलो धनजनको क्षति भएको र कैयन् मानिस घाइते भएको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखका साथ प्रशारण गरिहेका छन्।सिएनएन, बिबिसी, स्काइ न्युज लगायतले नेपालको भुकम्प सम्बन्धि प्रमुख समाचार र फोटो प्रकाशन/प्रशारण गर्र्दै नेपाल ठूलो क्षतिबाट गुज्रिरहेको उल्लेख गरेका छन्।
सिएनएनले विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत भुकम्पको ठूलो धक्कापछि विशाल हिमपहिरो गएको उल्लेख गरेको छ। आधार शिविरमा हिमपहिरोले कैयन् टेन्ट पुरेको छ। केहीको मृत्यु भएको खबर छ। ती सञ्चारमाध्यमले कम्तिमा ८ जनाको मृत्युभएको र अन्य कैयन् सम्पर्कबिहीन भएको प्रारम्भिक समाचारमा उल्लेख गरेका छन्।
बिबिसीले राजधानीका ऐतिहासिक महत्वका मठमन्दिर र भवनहरु क्षति भएको तस्विरलाई प्राथमिकताका साथ प्रशारण गरेको छ। सगरमाथा आधार शिविरमा भुकम्पका कारण पुमोरी क्षेत्रबाट ठूलो हिम पहिरो खसेको तस्विर सिएनएनले प्रशारण गरेको छ।अहिले सगरमाथा आधार शिविरमा रहेका आरोही एवं फोटोग्राफर एलेक्स गाभानले ट्वीटरमा उल्लेख गरेअनुसार, पुमोरी हिमालमा हिम पहिरोले धेरैको भागाभाग भएको छ।
भुकम्पपछि खसेको हिम पहिरोबाट बाँच्नका लागि टेन्ट छोडेर भाग्दै गरेको उनले लेखेका छन्। उनकाअनुसार सगरमाथा आरोहणका क्रममा यतिबेला त्यस क्षेत्रमा कैयन् मानिस छन्। उनी ६ हजार मिटर उचाईको लोबुचे पुग्ने क्रममा थिए। नेपाल भ्रमण रहेका अन्य अमेरिकी नागरिकहरुले पनि महाभुकम्पपछि त्रास बढेको भन्दै सामाजिक सञ्जालहरु सेयर गरेका छन्।
सगरमाथा आरोहणमा गएका अर्का आरोही डानियल माजुरले हिम पहिरोमा परी कैयन् टेन्टहरुमा क्षति पुर्याएको उल्लेख गरेका छन्।नेपाल पवर्तरोहण संघका अनुसार यतिबेला सगरमाथा आरोहणमा करिब ७ सय जना रहेका छन्। तीमध्ये ३ सय जना आधार शिविरमा रहेका थिए।
विभिन्न स्रोत उद्धृत गर्दै सिएनएन र बिबिसीले अहिलेसम्म नेपालका विभिन्न ठाउँमा सयौंको मृत्युभएको जनाएको छ। सिएनएनकाअनुसार, राजधानी काठमाडौ, भक्ततपुर र ललितपुरका ऐतिहासिक/पुरातात्विक भवनहरुमा सबैभन्दा बढी क्षति पुगेको छ। घाइतेको उद्धारसँगै अस्पतालहरुमा उपचारका लागि ठाउँ अभाव हुँदा खुला ठाउँमा राखेर उपचार भइरहेको तस्विर बिबिसीमा छ।
अमेरिकी भौगोर्विक मापन केन्द्रले नेपालमा भुकम्पको पहिलो धक्का ७.९ रेक्टर स्केल मापन गरेको जनाएको छ। त्यसपछि पटक–पटक ५ रेक्टरभन्दा माथिका भुकम्प मापन गरेको छ।
बिबिसीले नेपालको भुकम्प सम्बन्धी समाचारलाई प्राथमिकता साथ प्रशारण गर्दै अहिलेसम्म ५ सय ६५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। सुन्धारास्थित क्षतिग्रस्त धराहराको मुख्य तस्विरसहित बिबिसीले आफ्नो समाचारमा नेपालले यस भुकम्पबाट आपुरणिय क्षति ब्यहोरेको जनाएको छ।
अमेरिकाले नेपालको महाभुकम्पमा परेकाहरुका लागि तत्काल उद्धार र राहतका लागि एक मिलियन डलर अर्थात करिब १० करोड रुपैयाँ सहयोग घोषणा गरेको छ। नेपालको यो कठिन र आपतकालिन अवस्थाका लागि आवश्यक थप सहयोग निरन्तर जारी राख्ने अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (युएसएआडी) ले जनाएको छ।
अमेरिकी राट्रपति बाराक ओबामाले नेपालमा ठूलो धनजनको क्षति हुने गरी शनिबार गएको महाभुकम्पको बारेमा जानकारी लिएका छन्। ह्वाइट हाउसस्थित अधिकारीले ओबामाले यसमा गम्भीरतापूर्वक चासो देखाएको उल्लेख गरेका छन्। ह्वाइट हाउसकाअनुसार नेपालको आपतकालिन अवस्थाका बारेमा ओबामाको विशेष सन्देश आउने छ। नेपाल सम्बन्धी उनको सम्बोधनमा थप आर्थिक सहयोगको घोषणा हुने अपेक्षा गरिएको छ।
अमेरिकाले हाल भ्रमण तथा विभिन्न उदेश्यले नेपालमा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति चासो राख्दै तत्काल सम्पर्कमा आउन पनि अपिल गरेको छ। नेपालस्थित अमेरिकी दुतावासले महाभुम्पका कारण अप्ठेरो परेको भए तत्काल आफ्नो कार्यालयमा सम्पर्क गरी आवश्यक सहयोग लिन आग्रह गरेको छ। नेपालको पछिल्लो अवस्थाको जानकारी लिन र यसमा आवश्यक थप सहयोग गर्न नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे निरन्तर आफ्नो सम्पर्कमा रहेको युएसएआडीले उल्लेख गरेको छ।
अमेरिकी न्यूज एजेन्जीहरुले, महाभुकम्पका कारण नेपालको अवस्था कठोर बनेको भन्दै प्रमुखताका साथ तस्विर र भिडियो सहितका समाचार प्रकाशन/प्रशारण गरिरहेका छन्।
ती संस्थाले महाभुकम्पसँगै सर्वोच्च शिखर सगरमाथामा गएको हिम पहिरोमा परेकाहरुको उद्धार हुन नसकेको उल्लेख गरेका छन्। सिएनएनले सगरमाथा आरोहणमा गएका सयौं विदेशी पर्यटकमध्ये हिमपहिरोले कम्तिमा १० जनाको ज्यान लिएको जनाएको छ। अन्य सयौंको अवस्था अज्ञात रहेको भन्दै तत्काल उद्धारको पहलका लागि आवाज उठाएका छन्। सगरमाथा आरोहणका लागि राम्रो मौसम मानिने भएकाले यतिबेला त्यस क्षेत्रमा सयौं पर्यटक पुगेका छन्।
सिएनएन, बिबिसी, स्काइ न्युज लगायतले सगरमाथा आधार शिबिरमा पुमोरी हिमालबाट हिम पहिरो झर्दाको क्षणमा आरोहीले खिचेका तस्विर र भिडियो निरन्तर प्रशारण गरेका छन्। उक्त हिम पहिराले आरोहीका आश्रयका लागि खडा गरिएका कैयन् टेन्ट क्षतिग्रस्त बनाएको छ।
काठमाडौं, सेतोपरेवा संवाददाता
राजविराज, ११ वैशाख ।
अन्तर्राष्ट्रिय महिला दिवसका दिन गर्भवती बुहारीलाई जिउँदै आगो लगाई हत्या गर्ने सासू र जेठानीलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ ।
हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत सप्तरीले राजविराज नपा–७ की ४४ वर्षीया मनी विवी भनिने बानो खातुन र २० वर्षीया नुरजहाँ खातुनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले उनीहरुलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतले जनाएको छ ।
उनीहरुले १०४औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन ०७० फागुन २४ गते दिउँसो २ बजे कोठामा सुतिरहेकी गर्भवती नजरानालाई मट्टीतेल छर्केर आगो लगाई हत्या गरेका थिए ।
घटनापछि भागिरहँदा पक्राउ परेका आरोपितहरु अदालतको आदेशले ०७० चैत २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
मृतकका पति र जेठाजू वैदेशिक रोजगारीमा साउदी अरबमा छन् । मृतककी दुई वर्षीया छोरी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।*
- See more at: http://setoparewa.com/2015/04/24/26541#sthash.d9XZvBup.dpuf
काठमाडौं, सेतोपरेवा संवाददाता
सङ्खुवासभा, ११ वैशाख ।
चैनपुर–६, कार्तिकेमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षका तेञ्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। गत मङ्गलबार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद लिई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय, चैनपुरका ईन्स्पेक्टर राजेन्द्र बस्नेतले जनाए।
सोमबार सँगै घाँस काट्न जङ्गल जाँदा शेर्पाले आफूलाई जबर्जस्ती करणी गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छन्। पीडित किशोरी केही सुस्त मनस्थितीको रहेको प्रहरीले जनाएको छ। घटनापछि भागेका शेर्पालाई जङ्गलको गोठमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
जाजरकोटमा फैलिएको महामारीले सुशील कोइराला सरकारको आलोचना चुलिएको छ। डाक्टर र औषधिको अभावले नागरिकको ज्यान गइरहेका बेला कोइराला जर्काता उडेको भन्दै धेरैले उनको व्यक्तिगत आलोचना गरिरहेका छन्।
उता त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसी औषधिसहित जाजरकोट पुगेको कुराको पनि सञ्चारमाध्यममा चर्चा उत्तिकै छ।
तर जाजरकोटका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीको चर्चा भने कमै सुनिन्छ। लाग्छ, जाजरकोटमा कुनै स्वास्थ्यकर्मी नै छैनन्, भएपनि उनीहरुले काम नै गरेका छैनन्।
तर आफ्नो जीवनको पर्वाह नगरी जाजरकोटमा खट्ने स्वस्थकर्मी पनि छन्। ति मध्ये एक हुन्, बुधबार टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार गराइरहेका रामकृष्ण गिरी।
जाजरकोटको उपस्वास्थ्यचौकी पयकका अहेव गिरी त्यसरी खटिनेमध्येका प्रतिनिधी स्वास्थ्यकर्मी हुन्।
बिरामीसँगको नियमित सम्पर्कले उनी स्वाइनफ्लू संक्रमित बन्न पुगे।
लोकसेवा पास गरेर गत फागुन १ गतेमात्र अहेवको जागिर खाएका गिरीलाई सदरमुकाम खलंगाबाट १८ कोस टाढा रहेको पयक उपस्वास्थ्य चौकी पुग्न १२ घण्टा लागेको थियो। पैदल १० घण्टा हिँडेर पयक पुग्दा उनले स्वास्थ्य चौकीलाई नमुना बनाउने सपना बुनेका थिए। २३ वर्षका युवा थिए। काम गर्ने जोस जाँगर थियो।
सर्वसाधारणमा स्वास्थ्यप्रति चेतना कमी थियो। उपस्वास्थ्यचौकीमा हुनुपर्ने २५ प्रकारका औषधीमध्ये केही थिए, केही थिएनन्। ‘तर पनि राम्रो काम गरेर नमुना बनाउँछु भन्ने सोच थियो’ उनले भने। उनीसँगै जाजरकोट जिल्लामा २८ जना अहेवले गत फागुनमा नियुक्ति लिएका थिए।
तर उनले सोचेजस्तो भएन। उनले काम थालेको डेढ महिना नपुग्दै जाजरकोटमा अज्ञात रोगले मान्छेहरूको ज्यान जान थाल्यो। अज्ञात भनिएको रोगले पयक गाविसमा चैत २५ गते वीरबहादुर आरसीको निधन भयो। गिरी पयक उपस्वास्थ्यचौकीबाट डेढ घण्टा हिँडेर आरसीको घर पुगे।
आरसीको शवमा आफन्त झुम्मिएका थिए। घरभित्र उनका १८ वर्षका छोरा थलिएका थिए। ८ दिनसम्म लगातार रुघाखोकी, ज्वरोले थलिएपछि आरसीको ज्यान गएको रहेछ।
अस्पताल किन नल्याएको त? गिरीले सोधे।
‘निको भइहाल्ला भन्ने सोच्यौं’, परिवारका सदस्यले उत्तर फर्काए। ‘त्यहाँका मानिसमा बिरामी पर्दा स्वास्थ्यचौकीसम्म जानुपर्छ भन्ने चेतना पनि छैन,’ गिरीले भने।
गिरीले केही औषधी दिए र बिमारले च्यापे स्वास्थ्यचौकी आउन भने। अर्कोदिनदेखि बिरामीको संख्या बढ्न थाल्यो। पयक उपस्वास्थ्य चौकीका गिरीसहित ५ जना कर्मचारी गाउँगाउँ हिँडे। भएसम्मको औषधि दिए। सबैलाई स्वास्थ्यचौकी आउन पर्छ भन्ने सल्लाह पनि।
तर परिस्थिति उनीहरूको वशमा रहेनन्। गिरी आफैं बिरामी परे।
चैत २९ गते साँझ गिरीलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटीमा केही अड्केकोजस्तो हुन थाल्यो। थकाई र तनावले अफ्ठेरो भएको होला भन्दै स्वास्थ्यचौकी नजिकैको डेरामा गएर सुते। राति उनलाई झन छटपटी बढ्यो। हातगोडा फतक्क गले। आफैं काम गर्ने स्वास्थ्यचौकीमा भएको औषधिले उनलाई विसेक भएन।
अर्को दिन खलंगा जानुनै पर्नेभयो। तर, रोग निको हुने औषधि खलंगामा छ भन्ने विश्वास थिएन, उनलाई। किनकी धेरै पटक औषधि मागेपनि जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाएको थिएन।
हिँड्ने जाँगर थिएन। गाउँमा बिरामीलाई बोक्ने मानिस पाउनै मुस्किल। खलंगा जान उनलाई घोडा चढ्नुपर्ने भयो। कहिल्यै घोडा नचढेका उनी कार्यालय सहयोगीको घोडामा चढे। अलिकति हिँडेपछि घोडाबाट लडे। त्यसपछि कार्यालय सहयोगी र अरूले उनलाई बोके। इलाका स्वास्थ्यचौकी घरंगा पुगेपछि प्रहरी टोलीले उनलाई स्टेचरमा राखेर पाँचकाटियासम्म पुर्यायो। पाँचकाटियामा नेपाली सेनाले क्याम्प चलाएको थियो।
सेनाले उनलाई खलंगासम्म आफ्नो गाडीमा पठाइदियो। बिहान ६ बजे पयकबाट हिँडेका उनी घोडा, मानिसको बुई चढेर, स्टेचरमा सुतेर अनि भ्यानमा बसेर १२ घण्टापछि खलंगा पुगे।
जिल्ला जनस्वास्थ्य कार्यालयमा भएका केही कर्मचारीले उनलाई काम गर्न दुःख मानेर बहाना पारेको भन्दै शंकालु नजरले हेरे। ‘सरहरुले त्यस्तोभन्दा साह्रै दुःख लाग्यो’, गिरीले भने, ‘रातदिन खट्दापनि हामीलाई कामै गर्दैनन् भन्छन्।’
जिल्ला जनस्वास्थ्य कार्यालयको जीपमा उनी अर्कोदिन नेपालगञ्ज आए। त्यहिदिन सवा पाँच बजे बुद्ध एयरको जहाज चढेर काठमाडौं पुगे। विमानस्थलबाट सोझै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर भर्ना भए।
डाक्टरले उनलाई विहिबार डिस्चार्ज गर्ने बताएका छन्। डिस्चार्ज हुँदा कति पैसा तिर्नुपर्ने हो? स्वाइन फ्लूको उपचार त निःशुल्क हुने व्यवस्था छ। ‘तर आएगएको, बसे खाएको खर्च सरकारले व्यहोरिदिए हुन्थ्यो,’ भन्ने उनको चाहना छ। ‘म पनि सरकारले खटाएको काम गर्दागर्दै बिरामी परेको हुँ’, उनले भने।
महामारी भनिएको रोग आफैलाई लाग्दा उनलाई पहिलेको भन्दा धेरै कुराको अनुभव भएको छ। यो अनुभव उनी पयकमा पुगेर स्थानीयवासीलाई सुनाउन र बुझाउन चाहन्छन्। तर डाक्टरहरुले संक्रमित व्यक्तिसँग सम्पर्कमा रहे फेरि स्वाइन फ्लू बल्झने भन्दै उनलाई जाजरकोट नजान भनेका छन्।
गरिबी, जन चेतनाको कमी, स्वास्थ्य चौकीको अभाव, भएका स्वास्थ्यचौकीमा औषधि र दक्ष जनशक्ति नहुनु जाजरकोटमा महामारी फैलनुका कारण रहेको गिरीको बुझाई छ। त्यसका लागि दीर्घकालीन समाधानका उपाय अबलम्बन गर्नुपर्छ। ‘केही वर्ष अघि फैलिएको झाडापखालाको महामारी र अहिले फैलिएको स्वाइनफ्लूका लागि काठमाडौंबाट गएका डाक्टरले केही दिन उपचार त गर्लान्।’ गिरीले भने, ‘तर कुनै रोगलाई महामारी बन्न नदिन स्थानीयस्तरमा काम गर्ने हामीजस्ता स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्छ।’ त्यसो भइरहेको छ जस्तो उनलाई लाग्दैन।
जाजरकोटको महामारीसँग जोडेर कसैको आलोचना र प्रशंसा गरेको सुन्दा उनलाई लाग्छ– सरकार, मिडियासहित अन्य सरोकारवाला जाजरकोटका जनताको स्वास्थ्यप्रति संवेदनशील छैनन्। ‘म त काठमाडौं आउन सकेकाले बाँचे, काठमाडौं आउन नसक्ने जाजरकोटका बासिन्दा कहिलेसम्म मरिरहने हुन?’, उनले भने। यो पालीको महामारीबाट जनतालाई बचाएर फेरि जाजरकोटमा अर्को महामारी फैलन नदिन नयाँ नियुक्ति पाएका २८ अहेवसहित स्थानीयस्तरमा काम गर्ने स्वास्थ्यकर्मीलाई दक्ष बनाउनु पर्ने, उनीहरु काम गर्ने स्वास्थ्यचौकीमा प्रयाप्त सोधन साधन र औषधि दिनुपर्ने गिरीको सुझाव छ।
source:: setopati.com
पछिल्लो समय प्रहरीले हाइप्रोफाइल हत्या घटनामा संलग्नलाई सार्वजनिक गरिरहेको छ। न्यायाधीश रणबहादुर बम र रानीबारी हत्याकाण्ड जस्ता पुराना र हाइप्रोफाइल घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान गरि मुद्दा अदालतसम्म पुर्यायो।
उपत्याकामै घटेको अर्को पुरानो घटना थियो सेन्टजेभियर कलेजका संस्थापक तथा संरक्षक ६५ वर्षिय फादर थोमस इ ग्याफ्नीको हत्या घटना।
सोमबार, महानगरीय अपराध महाशाखाले १७ वर्ष पुरानो ग्याफ्नीको हत्यामा संलग्न भन्दै दोलखाका गोकुल भन्ने ढालबहादुर खड्कालाई सार्वजनिक गरेको छ।
सिआइबीले समेत अनुसन्धान गरिरहेको यो हत्याकाण्ड आजसम्म अनुसन्धान सफल हुन नसकेको सबैभन्दा पुरानो घटना थियो।
सिआबीलाई उछिन्दै महाशाखाले हिजो अभियुक्त पक्राउ गर्न सफल भयो। खड्कालाई हिजो मात्रै प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको हो।
महाशाखा प्रमुख पुष्कर कार्कीले बताए अनुसार, प्रहरीले खड्काको मोबाइलनम्बर समेत पत्ता लगाएर निगरानी गरिराखेको थियो।
काम गरेबापत दिन्छु भनेको पैसा फादर ग्याफनी ले नदिएपछि उनको हत्या गरेपछि भागेर भारत पुगेका खड्का आफ्नो घर दोलखाको फोस्लु समेत कहिलै गएका थिएनन्।
घर आउन मन लागे पनि उनी काकडभिट्टा सम्म आएर फेरि भारत नै फर्किने गरेको उनले प्रहरीसंँगको वयानका क्रममा व्यक्त गरेका छन्।
उनले प्रहरीसंग आफूले फादर ग्याफ्नीको हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा घटनाको विवरण यस्तो छ:
भोटेबहाल बस्ने सिन्धुपाल्चोकका मानबहादुर भण्डारीले खड्कालाई फादरसंँग चिनाइदिएका थिए। त्यसपछि उनी फादरको घरेलुकाम सघाउन जाने गरेका थिए। घरको काममा गरेको सहयोग बापत खड्कालाई पैसा दिउँला भनेका थिए फादर ग्याफ्नीले। दिन्छु भनेको पैसा पनि दिन आनाकानि गरेपछि खड्कालाई झोँक उठिरहेको थियो।
फादरको घरमा आएर काममा सहयोग गर्ने खड्काले एकदिन दराजमा २२ हजार रुपैँया देखेँ।
२०५४ साल मंसीर २८ गतेको राति आठबजे आफ्नो कोठाबाटै दापसहितको खुकुरी लिएर फादरको घरमा पुगे। सुरुमा उनले खुकुरी टेवुल मुनि लुकाए। कफि खादैँ साढे १० बजेसम्म बसे।
आफूले मागेको पैसा फादरले नदिएपछि राति साढे १० बजे खुकुरी झिकेर खड्काले फादरको घाँटीमा प्राहर गरे। फादरको घाँटी रेटि हत्या गरेपछि उनी खुकुरी त्यहीँ छोडेर २२ हजार दराजबाट झिकिवरी त्यहाँबाट भागेँ। ललितपुरको कालो पुल भन्ने ठाउँमा पुगेपछि रगतपच्छे भएको आफ्नो लुगा फुकालेर नयाँ लुगा लगाएँ।
भोलिपल्ट बिहानै उनी दक्षिणकाली गएँ। दिउँसो साढे ३ बजे कालिमाटी फर्किदै गर्दा फादरको हत्याबारे सुनेपछि कलंकी पुगेर इटहरी जाने गाडी चढे। त्यसपछि उनी सिधै भारत पुगे। काठमाडौँमा भरिया मजदुरी गर्ने खड्का भारतमा गई घरेलु मजदुरी गरी गुजारा चलाउने गरेको प्रहरीले जनाएको छ।
हनुमानढोकाले अनुसन्धान गरि पक्राउ गरेपनि कानुनी कारबाही चलाउन ललितपुर महानगरीय परिसरमा खड्कालाई पठाएको छ।
को थिए फादर ग्याफ्नी?
२०१५ सालमा काठमाडौँ आएका अमेरिकी नागरिक फदर ग्याफ्नीले सेन्टजेभियर स्कुलमा पढाउन थालेका थिए। २०२६ सालमा सेन्टजेभियर सामाजिक सेवा केन्द्र खोलेर डारेक्टर भएका थिए।
त्यस्तै उनले मुक्ति सेवाकेन्दै सातदोवाटो, अन्धा कल्याण केन्द्र नखिपोट, खोलेर सामाजिक काम गर्थे। त्यस्तै निशुल्क प्राथमिक उपचार सेवा प्रदान गर्ने काम समेत गर्थे। उनी, त्यहबाहेक पनि विभिन्न सामाजिक कार्यमा संलग्न रहने गरेको प्रहरीले जनाएको छ।
‘२०४१ सालमा उनले नेपाली नागरिकता लिएको पनि देखिन्छ,’ महाशाखा प्रमुख कार्किले भने।
भारतको दिल्लीमा एक ३१ वर्षिया डाक्टरले फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छन्।
पेसाले डाक्टर रहेकी प्रिया वेदीले फेसबुक स्टाटसमा समलिंगी श्रीमान्ले दिने यातना सहन नसकेर आत्महत्या गरेको बताएकी छन्।
५ वर्ष पहिले डाक्टरी पेसामै रहेका कमल वेदीसँग विवाह गरेकी वेदीले श्रीमान समलिंगी भएको थाहा पाउँदा पाउँदै पनि उनलाई सहयोग गरेर बस्ने योजना बनाएको तर श्रीमान्ले दिने मानसिक यातना सहन नसकेर आत्महत्याको बाटो रोज्नुपरेको बताएकी छन्।
उनले स्टाटसमा अहिलेसम्म आफूहरुबीच शारीरिक सम्बन्ध नभएको बताएकी छन्। श्रीमान्लाई धेरै माया गर्ने भएकाले जुनसुकै अवस्थामा पनि उनलाई साथ दिने र सहयोग गर्ने सोचले सँगै बसेको उनले उल्लेख गरेकी छन्। तर, श्रीमानले मानसिक तनाव दिन नछोडेका कारण मृत्यु रोज्न बाध्य भएको लेखेकी छन्।
सुसाइड नोटमा उनले कोही पनि समलिंगी पुरुषले विवाह गरेर युवतीको जिन्दगीलाई बर्बाद नपार्न पनि सुझाव दिएकी छन्। कसैलाई पनि कुनै युवती र उनको परिवारको भावनासँग खेलबाड गर्ने अधिकार नभएको पनि उनले लेखेकी छन्।
प्रियाले अस्पतालको निवास छोडेर होटलको कोठामा गई ब्लेडले नाडी काटेर आत्महत्या गरेकी थिइन्। उनको फेसबुक स्टाटसकै आधारमा प्रहरीले उनका श्रीमान् कमललाई प्रक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ।
११ बैशाख, कास्की । कास्कीको लेखनाथ नगरपालिका–१७, भरतपोखरीकी विष्णु नेपाली नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिन बुधबार दुई छोरी विपाशा र दियालाई लिएर स्थानीय सरस्वती टीका उच्चमावि पुगिन्। मर्निङ ग्लोरी एकेडेमी नामक अंग्रेजी स्कुलबाट झिकेर आफ्ना छोरीलाई उनले यही सरकारी स्कुलमा भर्ना गरिन्।
स्थानीय लक्ष्मी कार्की र पार्वती थापाले पनि विष्णुकै सिको गरे। यसपालि अंग्रेजी माध्यमका निजी बोर्डिङबाट आफ्ना सन्तान झिकेर यस स्कुलमा भर्ना गर्ने अभिभावक संख्या पहिलो सातामै १ सय ६२ पुगेको छ। भरतपोखरी गाउँमा मात्रै त्यस्ता अभिभावक सयभन्दा बढी रहेको नागरिक दैनिकमा खबर छ ।
१० वर्षदेखि निरन्तर विद्यार्थी घटिरहेको यो स्कुलमा यसपालि किन यस्तो आकर्षण देखियो त?
त्यसका मुख्य दुई कारण छन् : सरकारी भए पनि यसपालिदेखि अंग्रेजी माध्यममै पढाउने व्यवस्था र प्राचार्य, शिक्षक तथा व्यवस्थापन पदाधिकारी स्वयंले आफ्ना छोराछोरी निजीबाट झिकेर आफू संलग्न स्कुलमै ल्याउने अभियान।
वैदेशिक रोजगारीमा गएका आफ्ना पतिको कमाइले छोराछोरीको पढाइ खर्च धान्दै आएकी विष्णुका अनुसार बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकको एउटै इच्छा हुन्छ– सन्तानले अंग्रेजी फरर्र बोल्न र लेख्न जानून्। ‘अब त्यस्तो अंग्रेजी त यही सरस्वती स्कुलमै हुने भएछ,’ पार्वतीले भनिन्, ‘त्यसैले बोर्डिङबाट झिकेर बच्चालाई यता राखेँ, बोर्डिङमा जस्तो चर्काे शुल्क पनि तिर्नुपर्दैन।’
विद्यालयका प्राचार्य लालप्रसाद भण्डारी आफैंले यस शैक्षिक सत्रदेखि छोरालाई आफूले पढाउने स्कुलमै भर्ना गरेका छन्। ‘आफ्ना छोराछोरी अन्यत्र बोर्डिङमा पढाउँदा हामीले पढाउने स्कुलमा अरूका छोराछोरी पनि आउन छाडे,’ उनले कारण खुलाए।
यति मात्र होइन, भर्ना अभियान सुरु हुनुअघि नै शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले घरघरै गएर अंग्रेजी माध्यममा राम्ररी पढाउने विश्वास दिलाउँदा निजीबाट निकाल्ने होड नै चल्यो।
कास्कीमा सबैभन्दा धेरै जनसंख्या भएको गाउँको यस स्कुलमा १० वर्षयता विद्यार्थी घटेका थिए। त्यसको कारण गाउँको जनसंख्या घट्नु भने थिएन। बरु केही महिनायता मात्र लेखनाथ नगरपालिकामा गाभिएको यो ठाउँ नयाँ बसाइँले भरिँदो नै छ। वरपरिका अंग्रेजी माध्यमका निजी स्कुलमा विद्यार्थी बढ्न थालेपछि भण्डारीले नयाँ तरिका अपनाए जसले अभिभावकको सोचमा ‘यु टर्न’ ल्याइदियो।
एक दशकअघिसम्म १ हजार विद्यार्थीबाट घटेर ४ सय ५० तिर आइपुगेपछि प्राचार्य भण्डारी र शिक्षकलाई आफ्नो अस्तित्वको खोजी हुन थाल्यो। चैतमा एउटा भेला डाकेर सबै शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कुलमै भर्ना गर्ने कसम खाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य र अन्य पदाधिकारी एवं सदस्यले पनि त्यही प्रतिबद्धता जनाए। त्यसैअनुरुप ऋषिले छोरी कृतिकालाई सरस्वती टीकाकै कक्षा ७ मा भर्ना गरेका छन्। समितिका पूर्वअध्यक्ष धर्मराज अधिकारीले त झन् ४ नातिनी र २ नातिलाई निजीबाट निकालेर त्यही स्कुल ल्याए।
‘हामीलाई नाफा कमाउनु छैन, शिक्षक पाल्ने समस्या मात्रै हो,’ प्राचार्य भण्डारीले भने, ‘अभिभावकसँग बोर्डिङका जसरी पैसा चुस्नुपरेको पनि छैन, उनीहरूको सानो सहयोग नै काफी छ।’
महालेखा परीक्षकको कार्यालयले गत वर्षको लेखा परीक्षण गर्दा यस्तो भेटिएको कारोबार दैनिकमा खबर छ । प्रशासनिक खर्चको सिलिङ नाघेर भत्ता लिन नमिल्ने ब्यवस्थाविपरीत अन्धधुन्ध भत्ता लिने गरिएको महालेखाका प्रवक्ता बाबुराम गौतमले बताए ।
प्रतिवेदनअनुसार जुम्ला जिविसले प्राविधिक, फिल्ड र शैक्षिक भत्तामा गत वर्ष १० लाख ८ हजार रुपैयाँ सिध्याएका छन् ।
झापा, मोरङ, उदयपुर र सप्तरी जिविसले कर्मचारी भत्ताका नाममा मात्रै एक करोड ४६ लाख रुपैयाँ सिध्याएका छन् । उनीहरुले कर्मचारी दरबन्दीअनुसार २० देखि ४० प्रतिशतसम्म खर्च गरेको फेला परेको छ ।
आवास तथा खाजा खर्चका लागि धादिङ जिविसले ४६ लाख ६९ हजार रुपैयाँ सकेको छ । रसुवा, पाँचथर र कैलालीले फिल्ड भत्तामा ४९ लाख ७८ हजार रुपैयाँ खर्चिएका छन् ।
सिराहा, बारा, पर्सा बाँके, बाग्लुङ र म्याग्दी जिविसले परिषद भत्ता, अतिरिक्त भत्ता र चाडपर्व भत्ताका नाममा एक करोड ७६ लाख रुपैयाँ सिध्याएका छन् ।
source:: onlinekhabar.com
१० वैशाख, काठमाडौ । दूरसञ्चार कम्पनी एनसेलले सन् २०१५ को पहिलो तीन महिनामा १३ अर्ब ४० करोड आम्दानी गरेको छ । यो सन् २०१४ को सोही अवधिको तुलनामा झण्डै ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो तीन महिनामा नौ अर्ब रुपैयाँ आम्दानी गरेको एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले सार्वजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ, आर्थिक अभियानमा खबर छ ।
![Customer at newly inaugurated Ncell Center in Baglung final 2](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vaWqglYhIRQqPNxmUspXO_U0wIwJocPmdb4YZiuensSc6LVP8EnReF7b2ZYjt_-3X33F7BjQFg8rhmWoIidG3USdbZd0_2HdNil8UwUiU-SdriSqqWxtIx1KBgIRF3anV0Uq7RNjISwkUBh8BGqcSebfjVlye0WvhdEawTXdwNygRyorID5_tZT4YE-3CT8pjpS4cOVqgB5z0G=s0-d)
उक्त अवधिमा एनसेलले मोबाइलमार्फत हुने कुराकानीको समयावधि पनि बढेको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्म एनसेलको सिम प्रयोग गर्ने प्रति ग्राहकले औषतमा एक महिनामा एक सय ४१ मिनेट कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा एनसेलले मोबाइलमार्फत हुने कुराकानीको समयावधि पनि बढेको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्म एनसेलको सिम प्रयोग गर्ने प्रति ग्राहकले औषतमा एक महिनामा एक सय ४१ मिनेट कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो समय अघिल्लो वर्षमा सोही अवधिको तुलनामा औषत ४ मिनेटले कम हो । उक्त अवधिमा एक महिनामा प्रतिग्राहक एक सय ४५ मिनेट कुराकानी गरेको प्रतिवेदनले देखाएको । नेपाल दूरसञ्चार प्राधिकराण्को पहिलो तथ्याङ्क अनुसार नेपालमा एनसेलको ग्राहक संख्या एक करोड २१ लाख २ हजार पुगेको छ ।
समीक्षा अवधिमा एनसेलको मुनाफामा पनि करिब ४१ प्रतिशतले बढेको छ । उक्त अवधिमा एनसेलले ७ अर्ब ८५ करोड ८७ लाख सञ्चालन मुनाफा आर्जन गरेको प्यारेन्ट कम्पनीको वेबसाइटमा उल्लेख छ ।
काठमाडौं, सेतोपरेवा संवाददाता
एजेन्सी ।
सीमा विवाद संसारमा भइरहेकै हुन्छ । नेपालमा भारतीय पक्षले सीमा मिच्ने समाचार बारम्बर आइरहेकै हुन्छ । भारत र पाकिस्तानबीच पनि यस्तै विवाद आइरहन्छ ।
तर, एउटा यस्तो घर छ, जुन घरको मुल ढोका नै दुई देशको सीमा बनेको छ । यो घर बेल्जियम र नेदरल्यान्डको सीमामा छ । त्यसैले यो घरको ठेगाना पनि दुईटा छ । दुईटा डोरबेल छ । घन्टी बजाउँदा गल्ती गरेमा अर्को देश पुगिन्छ ।
काठमाडौं । उमेर छिप्पिँदै गए पनि करिश्मा मानन्धर आफूलाई सधैँ ‘हट’ देखाउन लालायित हुन्छिन् । हाल चलचित्रमा खासै डिमान्ड नभएकी करिश्माले आफ्नो बुढ्यौलीको ग्ल्यामर सार्वजनिक कार्यक्रममै पोख्न थालेकी छिन् ।
विशेषत: आफ्नो वक्षस्थलमा खोपेको टाटु सबैले देखून् र सञ्चारमाध्यममा पनि आओस् भन्ने उनको चेष्टा प्रस्टै देखिन्छ । सोमबार करिश्मा अति नै ‘रिभिलिङ’ पोसाकमा एउटा फिटनेस सेन्टरको उद्घाटन गर्न पुगेकी थिइन् ।
अन्तर्राष्ट्रिय कम्पनी भिएलसिसीले खोलेको उक्त सेन्टरको उद्घाटन करिश्मा र नायक आर्यन सिग्देलले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा करिश्माले लगाएको वान पिस गाउनको माथिल्लो भाग ह्वांगै खुलेको थियो । करिश्माको वक्षस्थल प्रदर्शन त त्यतिवेला भयो, जब उनी आर्यनसँगै केक काट्नका लागि निहुरिइन् ।
त्यतिवेला उनको काखीदेखि वक्षस्थलको क्लिभेजसम्म दृष्टिगोचर भएको थियो । उनले एउटा हातले आफ्नो पोसाकलाई सम्हाल्न खोजे पनि सफल भइनन् । साभारः नयाँ पत्रिका दैनिकबाट
विशेषत: आफ्नो वक्षस्थलमा खोपेको टाटु सबैले देखून् र सञ्चारमाध्यममा पनि आओस् भन्ने उनको चेष्टा प्रस्टै देखिन्छ । सोमबार करिश्मा अति नै ‘रिभिलिङ’ पोसाकमा एउटा फिटनेस सेन्टरको उद्घाटन गर्न पुगेकी थिइन् ।
अन्तर्राष्ट्रिय कम्पनी भिएलसिसीले खोलेको उक्त सेन्टरको उद्घाटन करिश्मा र नायक आर्यन सिग्देलले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा करिश्माले लगाएको वान पिस गाउनको माथिल्लो भाग ह्वांगै खुलेको थियो । करिश्माको वक्षस्थल प्रदर्शन त त्यतिवेला भयो, जब उनी आर्यनसँगै केक काट्नका लागि निहुरिइन् ।
त्यतिवेला उनको काखीदेखि वक्षस्थलको क्लिभेजसम्म दृष्टिगोचर भएको थियो । उनले एउटा हातले आफ्नो पोसाकलाई सम्हाल्न खोजे पनि सफल भइनन् । साभारः नयाँ पत्रिका दैनिकबाट
एजेन्सी । प्रेममा परेपछि मानिसले के मात्र गर्दैन ? मानिसलार्इ प्रेमले पागलसमेत बनाउँछ भनिन्छ । जब मानिसलार्इ प्रेममा धोका हुन्छ तब त झनै मानिसले आफैंलार्इ पनि बिर्सने रहेछ । प्रेममा पागल मानिसले आफ्नो जिन्दगीमा कल्पनै नगरेको अवस्थबाट पनि गुज्रनुपर्ने रहे छ ।
भारतमा यस्तै एउटा घटना भएको छ । जहाँ भारतीय वायुसेनाका एकजना अधिकृतलार्इ युवतीको प्रेमले भिखारीसम्म बनाइदिएको छ । भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलार्इ कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हेर्दै भिखारीजस्ता देखिने ती व्यक्तिको नाम पवनकुमार रहेछ । उनी नेहरु नगरमा बस्दै आएका रहेछन् । सिभिल अस्पतालमा आफ्नो भाँच्चिएको खुट्टाको उपचार गर्न भएका ती व्यक्तिलार्इ केही मानिसले भिखारी भनिदिएपछि उनी रिसले आगो भए । भिखारी भन्नेहरुलार्इ जवाफ दिँदै उनले आफू कुनै बेला भारतीय एयर फोर्समा कार्यरत रहेको तथ्य खोले ।भारतमा यस्तै एउटा घटना भएको छ । जहाँ भारतीय वायुसेनाका एकजना अधिकृतलार्इ युवतीको प्रेमले भिखारीसम्म बनाइदिएको छ । भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलार्इ कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg1iTmC3EzwJ0Eb2DrpUytFx7zk4HximZcfUv86LpMXzy51RS0GvAsM-VjcPGxyM0X7wak6B8HPQoTshgDOIhj6wINTdh5QdouuLHEdTuw7L6J6st9Gfm29nYS2UEkVcXi_kcIBTohctm3Q/s1600/pawaan_kumar_Love.jpg)
एयर फोर्समा कार्यरत आफू युवतीको प्रेममा परेर यो अवस्थामा आइपुगेको उनले बताए । युवतीले प्रेममा धोका दिएपछि आफ्नो यस्तो हालत भएको उनको भनाइ थियो । सडकमै बस्दै आएका उनको अहिले पठानकोट अस्पतालमा उपचार चलिरहेको छ । उनको कुरा सुन्न अहिले अस्पतालमा सयौं मानिस जम्मा हुन थालेका छन् ।
९ वैशाख, काठमाडौं । पोर्चुगल पठाई दिन्छु भनि पाँचथरकी एक युवतीलाई ठगेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ बसन्तपुर-२ घर नयाँ बानेश्वर बस्ने २५ वर्षका शेखरभद्र खनाल छन् ।
उनले पाँचथर लुङ्गरुपा २ घर भई थानकोट बस्ने बर्ष २७ की अन्जना राईलाई पोर्चुगलमा राम्रो काममा पठाई दिने भन्दै ४ लाख लिएका थिए ।
तर, रकम लिएपछि सम्पर्कविहीन भएका खनाललाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनलाई आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग तिनकुने काठमाडौंमा पठाइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/04/269270/#sthash.uYA90qUk.dpuf
९ बैशाख, ललितपुर । ललितपुरको जावलाखेल बुधबार बिहान भएको सवारी दुर्घटनामा २१ जना घाइते भएका छन् । मिनिबस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा २१ यात्रु घाइते भएका हुन् ।
बिहान साढे सात बजे भैँसीपाटीबाट आइरहेको बा२ख ३५० नम्बरको मिनिबसले सडकमा गुडिरहेको साइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सोही दिशाबाट आइरहेको बा ४२ प ७१८३ नम्बरको मोटरसाइकलमा ठोक्किएर सो दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।
घाइतेको जावलाखेलस्थित अल्का अस्पताल र लगनखेलस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइते यात्रुमध्ये केहीको अवस्था गम्भीर रहेको परिसरका प्रवक्ता सिंहले बताए ।
तस्वीर साैजन्यः सुविन श्रेष्ठ
Source: onlinekhabar.com
काठमाडौं : वैदेशिक रोजगारीमा कामदार नि:शुल्क पठाउनुपर्ने भए पनि सरकार र म्यानपावर व्यवसायीको मिलेमतोमा उनीहरूसँग लिने शुल्क तोकिएको तथ्य पत्ता लागेको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रावधानअनुसार विदेसिने कामदारसँग कुनै पनि शीर्षकमा रकम असुल्न पाइदैन। रोजगारदाता मुलुकले पनि कामदारसँग कुनै पनि शुल्क लिने गरेका छैनन्।
नेपालले भने कानुनी व्यवस्था गरेरै वैदेशिक रोजगारीमा जाने कामदारसँग पैसा असुल्न छुट दिएको छ। यो अन्तर्राष्ट्रिय कानुनको विपरीत हो। नेपालले आईएलओको प्रावधानको पालना गर्ने प्रतिबद्धता गरेको छ।
कानुन बनाउने बेलामै बद्मासी भएको श्रम तथा रोजगार मन्त्रालयका एक उच्चअधिकारीले बताए। 'कामदारसँग रकम लिनै नपाइने भए पनि सरकारले नै कामदारको लागत खर्च तोकिदिएको छ। यो ठूलो विडम्बना हो,' श्रम तथा राजगार मन्त्रालयका एक उच्चअधिकारीले भने।
वैदेशिक रोजगार ऐन तथा नियमावली बनाउने बेलामा सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको मिलेमतोमा कामदारसँग पैसा असुल्न पाउने व्यवस्था गरिएकाले अहिले विकराल समस्या उत्पन्न भएको ती अधिकारीले बताए।
पछिल्लो समय बहराइन र कतारले आफ्ना मुलुकले नेपाली कामदार नि:शुल्क लिने गरेको जानकारी गराएपछि नेपाल सरकार नैतिक संकटमा परेको छ।
यी दुईमा मात्र होइन, कुनै पनि मुलुकमा जाने कामदारसँग लागत खर्च भनेर रकम उठाउनै पाइँदैन, वैदेशिक रोजगार विभागका उच्चअधिकारी बताउँछन्। 'सरकारले नै शुल्क तोकिदिएकाले हामीले सार्वजनिकरूपमा भन्न मिलेन,' उनले भने।
रोजगारदाता मुलुकले पनि कामदारसँग कुनै पनि शुल्क लिने गरेका छैनन्। नेपालले भने कानुनी व्यवस्था गरेरै वैदेशिक रोजगारीमा जाने कामदारसँग पैसा असुल्न छुट दिएको छ। यो अन्तर्राष्ट्रिय कानुनको विपरीत हो।
वैदेशिक रोजगार ऐन-२०६४ को दफा २४ मा सेवा शुल्क तथा प्रवद्र्धन खर्चका नाममा म्यानपावर कम्पनीले कामदारसँग रकम असुल्न पाउने व्यवस्था छ। यो दफामा सरकारले नै म्यानपावर कम्पनीले लिने शुल्क र प्रवर्द्धन खर्च निर्धारण गर्नेसमेत प्रावधान राखिएको छ।
ऐनअनुसार कामदारको भिसा र टिकटबापतको लागत नै प्रवद्र्धन खर्च हो। यही दफाको दुरुपयोग गर्दै म्यानपावर कम्पनीले विदेसिने कामदारसँग मोटो रकम असुलिरहेका छन् भने सरकार कानुनमा व्यवस्था भएको भन्दै चुपचाप बस्ने गरेको छ।
नेपालमा यस्तो कानुनी व्यवस्था भए पनि कुनै पनि मुलुकका रोजगारदाताले विदेशी कामदारबाट रकम उठाउँदैनन्। रोजगारदाताले नै टिकट र भिसा नि:शुल्क पठाउने गरेका छन्।
तर,म्कामदार लिने र पठाउने मुलुकका दलाल र यानपावर व्यवसायीले भने टिकट र भिसाबापतको खर्च भनेर जाने कामदारसँग मोटो रकम असुल्दै आएका छन्।
एकातिर सरकारले वैदेशिक रुपमै रकम उठाउने छुट दिएको छ भने अर्कोतिर सरकारले तोकेभन्दा तेब्बर बढी रकम असुलेर म्यानपावर र दलालले जाने व्यक्तिलाई थप शोषण गरेका छन्।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम लिन पाउने वा नपाउने भन्नेबारेमा सरकारले अध्ययन थालेको बताए।
'अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधान अनुसार रकम असुल्न पाइदैन। यसबारेमा छिट्टै सरकारले निर्णय गर्नेछ,' उनले भने।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम लिन नपाइने निर्णय गराउने पक्षमा देखिएका छन्।
सरकारले शुल्क तोक्नु नै गैरकानुनी भएको तथा तोकिएको शुल्कमा समेत कामदार जान नपाएकाले अहिले यो प्रावधान नै खारेजी गर्ने निष्कर्षमा श्रम तथा रोजगार मन्त्रालय पुगेको छ।
मन्त्रालयले म्यानपावर कम्पनीले सेवाशुल्कबापत पाँच हजार हाराहारीमा मात्र शुल्क लिन पाउने गरी नयाँ नियम लागू गर्ने तयारी गरेको छ। अन्तिम निर्णयमा भने पुग्न बाँकी भएकाले मन्त्रालयले जानकारी गराएको छ।
म्यानपावर व्यवसायीले भने हाल तोकिएको शुल्क थप बढाउनुपर्ने माग गर्दैआएका छन्। म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढेका कारण एजेन्टलाई पैसा दिएर कोटा ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायीको दाबी छ।
source:: annapurnapost.com